थप २२ को शव फेला बाढीले हजारौं विस्थापित
28 Aug 2006 1 Comment
in समाचार

थप २२ को शव फेला
बाढीले हजारौं विस्थापित
काठमाडौं, भदौ १२ – - अछाममा ८, डोटीमा ८, बर्दियामा २, बैतडीमा २, बाँकेमा १ र अर्घाखाँचीमा १ शव फेला
- बेपत्ता सयौंको खोजी जारी
- बर्दियामा दस हजार विस्थापित, तीन लाख प्रभावित
- दाचर्ुलामा ३५ परिवार बिचल्लीमा
- नवलपरासीमा ३६ परिवार विस्थापित
- बुटवल-तानसेन सडक अवरुद्ध, सवारी साधन अलपत्र
- लक्ष्मणपुर बाँधको ढोका खोल्न नेपाली टोली भारतमा
- घटनास्थल पुगेका गृहमन्त्रीविरुद्ध नाराबाजी
बाढीपहिरोमा परी विभिन्न जिल्लाका १० हजारभन्दा बढी विस्थापित भएका छन् । डुबेर र पुरिएर सोमबार थप २२ को मृत्यु भएको छ । सयौंको स्थिति
अझै अज्ञात छ भने हजारौं बिचल्लीमा छन् । डुबानमा परेका अधिकांश घर भत्किएका छन् । राजमार्गमा आवगमन बन्द भएका छन् भने विद्युत् पनि अवरुद्ध छ ।
अछाम, डोटी, बर्दिया, बैतडी, बाँके र अर्घाखाँचीमा गरी सोमबार थप २२ को शव फेला परेको हो । कतिपय बेपत्ता भएकाहरू सम्पर्कमा आइरहेका छन् । पूरै गाउँ डुबेकाले उद्धारमा कठिनाइ भएको छ । राहत र उद्धारको पहल नभएको भन्दै पीडितहरूले घटनास्थलको अध्ययनका लागि अछाम पुगेका गृहमन्त्री कृष्णप्रसाद सिटौलाविरुद्ध नाराबाजी र प्रदर्शन गरे । भारतको लक्ष्मणपुर बाँधको ढोका खोल्न र डुबानका विषयमा छलफल गर्न बाँकेका प्रशासनिक अधिकारीहरूको एक टोली भारत गएको छ । सहायक प्रजिअ नरेन्द्रराज शर्माले भने- ‘लक्ष्मणपुर बाँधको ढोका खोल्ने र अरू डुबान प्रभावित क्षेत्रबारे छलफल गर्न टोली पठाएका छौं ।’ दार्चुलाको काटै गाविसमा पहिरो जाँदा ३५ परिवार बिचल्लीमा परेका
छन् । पहिरो गएपछि उनीहरू जोगिन छिमेकी गाउँमा शरण लिन पुगेका छन् ।
पश्चिममा भिषण बाढी पहिरो अछाममा पा“च सय जनाको स्थिति अज्ञात बाँकेमा सात , वर्दियामा ३ रनवलपरासीमा २जनाको मृत्यु
27 Aug 2006 Leave a Comment
in समाचार
पश्चिममा भिषण बाढी पहिरो
अछाममा पा“च सय जनाको स्थिति अज्ञात बाँकेमा सात , वर्दियामा ३ रनवलपरासीमा २जनाको मृत्यु
जनाको मृत्यु
वेदप्रकाश तिमिल्सैना
खप्तड गाविसको वल्याल्ता गाउमा पहिरो आएपछि ९४ घरका पा“च सय बासिन्दाको स्थिति अज्ञात रहेको छ । लगातार चार दिनको बषर्ा पछि आइ वार बिहान तिन वजे पहिरो आएको थियो । पहिरोमा परेका वल्याल्ता गाउका श्याम रावल, नैने साउद र गोकुले खड्कालगायत् सात जना मात्र सर्म्पर्कमा आएका छन् । बिहान तिन वजे पहिरो आए पनि वल्याल्ता गाउका श्याम रावलले दिउसो ठाटी आएर दुइ वजे सशस्त्र प्रहरीको साफेवगर बेसक्याम्प र मंगलसैन स्थित जिल्ल्ाा प्रसासन कार्यालयमा जानकारि गराएका थिए । ‘मलगाएत सात जना बच्यौं, सबै पहिरोमा बगे’, श्याम रावललाई उदृत गर्दै ठाटीका पिसिओ संचालक ललित बोगटीले भने । पहिरोस्थलबाट ठाटी ३ घन्टाको दूरीमा पर्छ ।
आइतबार सा“झसम्म्ा पहिरो आएको ठाउ“मा उद्धारका लागि कोहि पुगेका छैनन् । अछामको जिल्ल्ाा प्रशासन कार्यालयले खप्तड राष्ट्रिय निकुन्ज सुुक्षार्थ तैनाथ नेपाली सेनाको टोलीलाई उद्धारका लागि गइदिन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले बताए । सा“फेवगरबाट उत्तर-पश्चिममा पर्ने खप्तडको वल्याल्ता गाउ“ जान खप्तड राष्ट्रिय निकुन्ज सुुक्षार्थ तैनाथ नेपाली सेनाको टोलीलाइ नजिक पर्छ । व्याल्ता जान साफेबगरबाट डेढ दिन र मंगलसेनबाट दर्ुइ दिन लाग्छ । उद्धारका लागि साफेवगरस्थित शसस्त्र प्रहरिको टोली सोमवार विहान जाने जानकारी अछामका थपलियाले दिए ।
प्रमुख जिल्ल्ाा अधिकारी थपलियाले टेलिफोनमा आफूलाई घटनास्थलको स्थितिबारे जानकारी नभएको बताउ“दै भने- हाम्रो टोली भोलि बिहान जानेछ । यसैगरी खप्तड राष्ट्रिय निकु्ञ्जमा अविरल वषर्ा भएपछि आएको बाढीले सिद्धेश्वर गाविसका एक जना १८ वषर्ीय युवालाई बगाएको छ । यसका साथै अछाममा एक विद्युत् पावर हाउस, तीन झुलंगे पुल बगाएको छ । आर्दली गाडका दर्ुइ पुल र बूढी गंगा नदीमाथि बनेको एक पुल बगाएको स्थानीय बासिन्दा खेम कु“वरले टेलिफोनबाट जानकारी दिएका छन् । बाढीले निर्माण सम्पन्न भएर संचालन नभइसकेको वाव्ला गाविसको सिउरणी गाडमा रहेको पर््रदर्शनी विद्युत् आयोजनाको पावर हाउस पनि बगाएको छ । यसको लागत डेढ करोड रुपैया“भन्दा बढी छ ।
भीषण बाढी र पहिरोले आइतबार विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएकेा छ । १२ भन्दा बढी बेपत्ता भएका छन् । केहीको स्थिति अज्ञात छ । बाँकेमा ३ को मृत्यु भएको छ भने सयौं घर भत्किएकोे छ । स्थानीयवासीले रूख चढेर ज्यान जोगाएका छन् । बर्दियामा १२ भन्दा बढी बेपत्ता छन् । पाँच हजार घर डुबानमा परेका छन् । बिजुली बन्द भएको छ भने राजमार्ग अवरुद्ध छ । नवलपरासीमा दुईको मृत्यु भएको छ भने मकवानपुरमा बाढीले वृद्धालाई बगाएको छ । दार्चुलामा विद्युत् गृह पुरिएपछि खलंगा अन्धकारमय भएको छ । बाढीले उदयपुरमा जिप र मोटरसाइकल बगाएको छ ।
नेपालगञ्जका पत्रकार जनक नेपालका अनुसार बाढीले घर भत्किँदा तीन जनाको मृत्यु भएको हो । केहीको अवस्था अज्ञात छ । बाँकेका सयभन्दा बढी घर भत्किएका छन् । डुुबान क्षेत्रबाट उद्धार गरी ३ सय ५० भन्दा बढीलाई भारतीय तटबन्धमा लगिएको छ । शनिबार रातिको भीषण वषर्ापछि आएको बाढीबाट घर भत्किएर मनिकापुर-६ स्थित नयाँबस्तीमा दुई जनाको मृत्यु भएको हो । २२ वषर्ीया रविना महत र उनकी अढाई वषर्ीया छोरी कृति पुरिएका हुन् । उनीहरू आमाछोरी हुन् । रविनाका पति भारतमा मजदुरी गर्न गएका छन् । छ महिनाअघि मात्र ऐलानी जग्गामा घर बनाएर बसेका भिनाजु राजेश सापकोटाले बताए । वनकटवामा १० वषर्ीय बालक सुरेश विकको पुरिएर मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।
डुडुवा नाला र राप्ती नदीमा आएको बाढीले होलिया गाविस पूरै डुबानमा छ । सयौं घर भत्किएका छन् भने अन्नपात बाढीले बगाएको छ । होलियाका अधिकांशले खाना पकाउने र सुत्ने ठाउँसमेत नभएको बताए ।
होलियाको चौफेरीलगायत गाउँको स्थिति आइतबार साँझसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । केही संघसंस्थाको सक्रियतामा होलियाका छिटाइपुर्वा, टेपरी, सिम्रहवा गाउँका ३ सय ५० भन्दा बढीलाई ढुंगाबाट उद्धार गरी भारतीय तटबन्धमा राखिएको छ । होलिया बजारका सबै घर भत्किएका छन् । नदीको भेल गाउँ भएर बगेको छ । घरमा खाने र बस्ने ठाउँ नभएपछि स्थानीय बासिन्दा सडकमा आएका छन् । मध्यरातबाट सुरु भएको बाढीबाट जोगिन सर्वसाधारण घरको धुरीमा चढेका
थिए । केहीले रूखमा चढेर ज्यान जोगाएको बताए । यो ४० वर्षपछिको सबैभन्दा ठूलो बाढी भएको वृद्ध घिराउ पठानले बताए ।
कम्दीको लालपुर, लोडियागाउँ, कण्ठीपुर र खालेमसाहका सयौं गाउँले बाढीबाट प्रभावित छन् । केहीलाई आइतबार दिउँसो सरकारी सेना र माओवादी सेनाले उद्धार गरेका थिए । मनिकापुर र बेतहनीमा पनि सयभन्दा बढी सुकुम्बासीका घर डुबानमा परेका छन् । उनीहरूमध्ये अधिकांशले घर छाडेका छन् । डुबानमा परेकाहरूलाई सेना, प्रहरी र माओवादीका सेनाले उद्धार सहयोग गरेका थिए । तर अति प्रभावित क्षेत्रमा उद्धार गर्न भने कोही पुगेको छैन । प्रशासन र प्रहरीका अधिकारीहरू बाढीग्रस्त क्षेत्र वरपर पुगे पनि राहतको कुनै पहलसम्म भएको छैन । होलिया लगायतका डुबान क्ष्ाेत्रका ११ हजार बढीलाई तत्काल उद्धार र राहत गनर्ुपर्ने माग डुबान बचाऊ संघर्ष समितिका सचिव रिजवान अहमदले बताए ।
नेपालगन्ज पनि जलमग्न छ । होचा क्षेत्रका घरहरूमा पानी पसेको छ । बसपार्क र मुक्तिपुर वरपरका क्षेत्रबाट एक दर्जनभन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ । कन्ट्रोल रूममा पानी पसेपछि विद्युत् प्राधिकरणले विद्युत् बन्द गरेको छ ।
बर्दीयाका पत्रकार कमल पन्थीका अनुसार बार्दियामा बबई र कणर्ालीको बाढीले आइतबार १२ भन्दा बढी बेपत्ता भएका छन् । बाढी गाउँ-गाउँमा पस्दा पाँच हजारभन्दा बढी घर डुबानमा परेका छन् । जिल्लाभर विद्युत् सेवा बन्द छ । डुबानले नेपालगन्ज-गुलरिया र पूर्व-पश्चिम राजमार्गको सुदूरपश्चिम जोड्ने सडक आवागमन बन्द भएको छ । राजापुर जोड्ने एक मात्र जलमार्ग कोठियाघाटमा चल्ने स्टिमर पनि बन्द भएको छ ।
भारतले बबई नदीमा बनाएको बाँधको ढोका बन्द गरेकाले गाउँहरू डुबानमा परेको आरोप स्थानीयवासीले लगाएका छन् । त्यसबारे भारतीय अधिकारीहरूसँग सम्पर्क राख्ने प्रयास भइरहेको प्रशासनले जनाएको छ ।
सेना र प्रहरी टोलीले बाढीको बहाव ठूलो भएकाले उद्धारमा लाग्न कठिन भएको जनाएको छ । प्रशासनिक ढिलासुस्तीका कारण अबेर आएको हेलिकप्टरलाई समेत उद्धारमा लगाउन सकिएको छैन । शनिबार रातिदेखि परेको अविरल वषर्ापछिको बाढीले महम्मदपुर गाविसको टडवा र सूर्यगौढीमा पाँच जनालाई बगाएको स्थानीयवासीले टेलिफोनबाट जानकारी दिएका छन् । उनीहरूको नाम थाहा हुनसकेको छैन ।

यस्तै गुलरिया नपा-६ बालापुरकी छोटकी थारूले गाउँबाट एक वृद्धा र तीन बालबालिका बगेको देखे पनि आफूले उद्धार गर्न नसकेको बताइन् । बबई नदीको बाढीले गुलरिया नगरपालिकाको बालापुर, सन्तोषी टोल, कोठिया गाउँ, पर्सिया, थारू पर्सिया र रत्नपुर गाउँ डुबानमा परेको छ । उद्धारका लागि सेना र प्रहरी आए पनि बाढीको बहावले त्यसतर्फ जान सकेनन् । तर बालापुरबाट टोलीले २५ जनालाई उद्धार गरेको छ । बाढीले १२ जनाभन्दा बढीलाई बगाएको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत तीर्थराज भट्टराईले बताए । बाढीको बहाव घटेपछि मात्र क्षतिबारे थाहा हुने उनले बताए ।
यसैगरी कणर्ालीमा आएको बाढीले राजापुर टप्पुको एघार गाविस डुबानमा परेको राजापुर निवासी उमाकान्त दाहालले टेलिफोनमा जानकारी दिए । बाढीले टप्पुका एक लाख व्यक्ति प्रभावित भएका छन् । ठाकुरद्वारा, सूर्य पटुवा र नेउलापुर गाविसमा हजारभन्दा बढी घर डुबानमा परेका छन् ।
प्रशासनिक ढिलासुस्तीका कारण उद्धारका लागि हेलिकप्टर अबेर मात्र आएको थियो । हेलिकप्टर अवतरण भए पनि उद्धारमा प्रयोग गरिने लाइफ ज्याकेट, र्याफटिङ
-प्लास्टिकको डुंगा० नभएकाले पुनः सदरमुकामदेखि ५० किमि पश्चिम ठाकुरद्वारातर्फ गएको थियो । साँझ साढे पाँच बजे हेलिकप्टर फर्केको छ । बाढीपीडितको उद्धार नथालिनु प्रशासनको लापरबाही भएको स्थानीय दिनेश श्रेष्ठले बताएका छन् ।
नगरपालिका वरपरका करिब २ हजार जनालाई उद्धार गरी स्थानीय क्याम्पस, विद्यालय र कर्मचारी मिलन केन्द्रमा राखिएको छ । उनीहरूलाई लायन्स क्लबले बेलुकीको खाना खुवाएको छ । भारतले बबई नदीमा बनाएको बाँधको ढोका बन्द गरेकाले गाउँहरू डुबानमा परेको पूर्वमेयर गोविन्द पाण्डेले बताए । सीमावर्ती गोपिया ब्यारेजका सबै ढोका बन्द गरिएकाले गाउँहरू डुबानमा परेकोबारे भारतीय समकक्षीसँग सम्पर्क राख्ने प्रयास भइरहेको प्रजिअ शिवप्रसादले बताए । भारत सीमावर्ती बहराइच जिल्ला मिहिपुरवा निवासी गुरवचन सिंहले आफ्नो क्षेत्रमा बाढी नआएको बताएका छन् ।
बाढीले ३३ केभी विद्युत् प्रसारण लाइनको पोल बगाएकाले जिल्लाभर विद्युत् सेवा बन्द भएको छ । यसैगरी खानेपानी कार्यालयले आइतबार साँझ विद्युत् अवरोधका कारण गुलरियाका केही ठाउँमा आपूर्ति बन्द गरेको छ । यस्तै मकवानपुरको मनहरि गाविस-८ रजैयाकी ६० वर्षे ठूलीमाया गुरुङको घरछेउको खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको छ । आइतबार बिहान दिसापिसाब गर्न घरबाट निस्केकी गुरुङलाई घर नजिकको खोल्साको बाढीले बगाएको थियो ।
यसैगरी उदयपुरमा त्रियुगा नदीको बाढीले जिप र मोटरसाइकल बगाएको छ । बा१झ ६९८० नम्बरको जिप सदरमुकाम गाईघाटबाट भुल्केतर्फ जाँदै गर्दा नदी तर्नेक्रममा बगेको थियो । जिपमा चार यात्रु थिए । उनीहरूलाई घटनास्थलमा पुगेका सेना, प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरे । बगाएको जिपलाई करिब डेढ घन्टापछि झिकिएको थियो । यसैगरी एक मोटरसाइकल पनि बगाएको छ । चालकलाई सकुशल उद्धार गरिएको छ ।
नवलपरासीमा पनि बाढीबाट दुईको मृत्यु भएको छ । खजुराह खोलाको बाढीले बगाएर जमुनिय गाविसका कृष्ण पाठकको मृत्यु भएको हो । उनको शव नौ किमिपर फेला परेको थियो । घरबाट दाउन्ने जान हिँडेका पाठक बासेपुल तर्दातर्दै पुलसँगै बगेका थिए । यस्तै धनेवा र मुरहीको बाढीले रामपुर खडैया गाविस डुबानमा पर्दा आवतजावत ठप्प्ा भएपछि उपचार नपाएर शनिबार राति एक व्यक्तिको मृत्यु भएको छ ।
गाविस निवर्तमान अध्यक्ष सुमान अलि अन्सारीका अनुसार गाविस-९ बस्ने बुटी पटनकारलाई उपचारका लागि गाउँबाहिर ल्याउन नसक्दा
मृत्यु भएको हो । उनी निमोनियाबाट पीडित थिए ।
यस्तै दाचर्ुलामा तीन दिनदेखिको अविरल वषर्ापछिको बाढीले विद्युत् गृहमा क्षति पुग्दा सदरमुकाम खलंगा अन्धकारमय छ । आइतबार खोलामा बाढी आउँदा सदरमुकामको सिरानमा रहेको विद्युत् गृह बाढीले पुरिएको हो । विद्युत् गृह खलंगाबाट पाँच सय मिटर टाढा छ ।
लास्कु खोलाबाट एक दशकअघि २ सय ५० किलोवाट बिजुली निकालिएको थियो । यहाँबाट उत्पादित बिजुलीले सदरमुकामवासीले बिजुली बाल्न सकेका थिए । विद्युत् उत्पादन गरे पनि विद्युत् प्राधिकरणले दाचर्ुला विद्युत् प्रालिलाई २० वर्षका लागी भाडामा दिएको थियो । ुवषर्ासँगै खोलामा एक्कासि बाढी आयो, हेर्दाहेर्दै विद्युत् गृह पुरिन पुग्यो ।ु उक्त प्रालिका अध्यक्ष ग्याल्बु सिंह बोहराले टेलिफोनमा भने- ुचार-पाँच दिनसम्म दाचर्ुलावासीले अन्धकारमै बस्नुपर्ने भयो ।
छैंठौं कमैंया मुक्ति दिवस
18 Jul 2006 Leave a Comment
in समाचार
छैंठौं कमैंया मुक्ति दिवस
बाँकेमा एक हजार बढि सरकारी सुबिधाबाट बञ्चित
नेपालगञ्जर् इ-बुलेटिन
प्रेमनगर शिविर -बाँके) , १ साउन – रझेना-७ का ९५ बर्षा बुधन थारुको जवानी कमैंया लागेर बित्यो । बुढेसकालमा वास खोज्दै उनी जंगलमा कटेरो बनाएर बसेका छन ।
२०५७ सालमा निलो कार्ड पाएका लालदास थारुले पनि सरकारबाट जग्गा पाउन सकेनन् । सरकारले वेवास्ता गरेपछि परिवार पाल्न मुक्तिपछि पनि कमैंया लागेको बताउने लालदासले कमैंया लाग्न छाडेको २ बर्षमात्र भएको छ ।
उनी प्रेमनगर शिविरमा कटेरो बनाएर ज्याला मजदूरी गरेर परिवार पालिरहेको बताउँछन् । उनी भन्छन्-सरकारले कार्ड दिएपछि जग्गा त दिनु पर्छ ।”
बुधन र लालदास मात्र होइन सरकारी सुविधा नपाएका बाँकेका करिव सात सय मुक्त कमैंयाहरुको जंगलमा वास भएको छ ।
पुनर्स्थापना नहुँदा सुविधाविहिन मुक्त कमैंयाहरुले सरकारलाई दवाब दिन सरकारी बनको जग्गा कब्जा गरेर बसेका हुन् । रझेना गाविस-४ प्रेमनगरमा ६ सय १५ र महादेवपुरी-५ ढकेरीमा ७० परिवारले अस्थायी बसोवास गरेका छन ।
२०५७ साल असार २ गते सरकारले कमैंयालाई मुक्त गर्दा प्रति परिवार ५ कठ्ठा जग्गा, घर बनाउन १० हजार रुपंैया र ३५ क्यूफिट काठ दिने घोषणा गरेको थियो ।
आज मु्क्त भएको छैठौं बर्षपुगेको छ । बाँकेमा एक हजार भन्दा बढि मुक्त कमैंया सरकारी सुविधाबाट बञ्चित रहेका छन । ८ सय ९९ जनाले २०५९ सालको छुट लगतमा परिचय पत्र त पाएका छन तर कुनै पनि सरकारी राहात नपाएको मुक्त कमैंयाहरुको छाता संगठन मुक्त कमैंया समाज बाँकेले जनाएको छ ।
छुट नाम दर्ताकालागि १ हजार ८ सय ३४ जनाको निवेदन परेकोमा फत्तेपुर, बैजापुर, नौवस्ता, वनकटवा, कचनापुर, महादेवपुरी लगायतका गाविसका करिव आधा जतिको छानबिन हुन नै बाँकी छ ।
जिल्ला भूमि सुधार कार्यालय मुक्त कमैंया फाँटका कुलप्रसाद उपाध्यायले छानबिन हुन बाँकी रहेका मध्ये बढिमा दर्ुइ सय मात्र वास्तविक कमैंया भएको अरु प्रक्रिया नपुगेका, गैरमुक्त कमैंयाका साथै कतिको पूरानो लगतमा नाम भएकाहरु भएको दावी गरे ।
मुक्त कमैंया समाजका जिल्ला सचिव गणेश थारु भन्छन-”सय जनाले त अझैं परिचय पनि पाएका छैनन् । पाउनेहरु पनि खुसी छैनन् ।”
हाम्रो उद्देश्य बन कब्जा गर्ने होइन । सरकारलाई दवाब दिने हो । रझेनाको प्रेमनगरमा रहेको मुक्त कमैंया शिविरमा सोमवार विहान पुगेका संवाददातासँग समाजका सचिव थारुले भने- हामीलाई यहाँ बस्ने रहर छैन । उचित ठाउँमा पुनर्स्थापना गरे र्सन तयार छौं ।”
सरकारले २०६० सालमा परिचय पत्र वितरण गरेका मुक्त कमैंयाहरुलाई निःशुल्क ५ कठ्ठा जग्गा दिनुको साँटो ऋणमा जग्गा उपलब्ध गराउन भूमि बैंकको अवधारणा ल्याएको छ । यहाँका मुक्त कमैंयाहरुले भूमि बैकको विरोध गर्दै मुक्ति गर्दा घोषणा गरे अनुरुपकै सुविधा दिनु पर्ने माग राखेर बन कब्जा गरेका हुन् । उचित पुनर्स्थापना नभएसम्म वस्ती नछोड्ने उनीहरुको अडान छ ।
टेलिभिजन क्षेत्रीय प्रसारण कोहलपुर एकमहिनाभित्र
18 Jul 2006 Leave a Comment
in समाचार
टेलिभिजन क्षेत्रीय प्रसारण कोहलपुर एकमहिनाभित्र
नेपालगञ्जर् इ-बुलेटिन
कोहलपुर, १ साउन – माओवादी आक्रमणपछि बन्द भएको नेपाल टेलिभिजनको कोहलपुर प्रशारण आगामी एक महिनाभित्र सञ्चालनमा आउने भएको छ ।
कोहलपुरमा रहेको नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण तथा कार्यक्रम उत्पादन केन्द्र माओवादीले ०६१ फागुन १३ गते आक्रमण गरेपछि बन्द भएको थियो ।
केन्द्रले मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रका लागि कार्यक्रम उत्पादन र प्रशारण गर्दै आएको थियो । सञ्चालनकालागि नेपाल टेलिभिजनले विजय वर्मा संयोजक रहेको एक सदस्यीय अध्ययन समिति कोहलपुर पुगेको छ ।
वर्माको समितिले यस क्षेत्रका ८ राजनीतिक दल, नागरिक समाज, पर्ूव कार्यक्रम उत्पादक, सञ्चालक र र्सवसाधारणसँग भेट गरी यहाँको आवश्यकता बारे प्रतिवेदन पेश गर्दैछन ।
उनले संवाददातासँगको भेटमा भने-अब एक महिनाभित्रै सञ्चालन हुन्छ । शुरुमा समाचार, कृषि, धार्मिक र हाम्रो चिनारी नामको कार्यक्रम सञ्चालन हुन्छ ।”
कार्यक्रम प्रशारणकालागि समाचारदातासहितको करिव ५ सदस्यीय टोली काठमाण्डौंबाट कोहलपुर आउने भएको छ ।
माओवादीले आक्रमणको क्रममा लगेका उपकरणहरु फिर्ता नभएसम्म केन्द्रले विगतको जस्तो कार्यक्रम उत्पादन भने गर्नेछैन । केन्द्रबाट उत्पादन गरिएका कार्यक्रम मात्र प्रशारण हुनेछन् । वर्माले माओवादीसँग लगेका उपकरण फिर्ता गर्न आग्रह पनि गरेका छन ।
टेलिभिजन सञ्चालनका बारेमा सोमवार कोहलपुरमा सात दल, नागरिक समाज, पर्ूव कार्यक्रम सञ्चालक, कार्यक्रम निर्माता, सञ्चारकर्मीहरु बीच छलफल गरिएको थियो ।
सहभागी वक्ताहरुले प्रशारण केन्द्र सञ्चालनको आवश्यकता रहेकोमा प्रष्ट पार्दै आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । विगतको जस्तो राज्यकै नियन्त्रणमा नरही स्वायत्त र स्वतन्त्र संस्थाको रुपमा विकास गर्न सहभागीहरुले जोड दिए ।
केन्द्रले मध्य र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिंदै जनमोर्चा नेपालका केन्द्रीय सदस्य आई.पी.खरेलले भने-विगतमा हामीले यसको स्वाद पाएनौं । अब सत्ता पक्ष र विपक्षका विचारले पनि स्थान पाउनर्ुपर्छ ।”
दियालो परिवारका नन्द देबकोटाले प्रशारण केन्द्र सञ्चालन भएमा आफूहरुले ६ महिनासम्म स्वयंसेवकको रुपमा काम गर्न तयार रहेको बताए । नागरिक समाजकी राधा महतले समावेशीकरण गरेर मात्र प्रशारण केन्द्र सञ्चालन गर्नु पर्ने बताईन ।
टेलिभिजन सञ्चालनकालागि आठ राजनीतिक दल, नागरिक समाजको प्रतिनिधित्व रहेको ११ सदस्यीय समिति गठन गरिएको छ ।
बज्न छाडे सहनाइ र दमाहाहरू
09 Jul 2006 Leave a Comment
in समाचार
बज्न छाडे सहनाइ र दमाहाहरू
बेदप्रकाश तिमिल्सैना
अछाम
पुरै शरीर ढाक्ने सेतो झकुल्लो -जामा) र टाउकोमा पगरी गुथेेर समुहको बीचमा दमाहा बजाउ“थे-पैला दास । कर्ुइका-गाविस वडा नंं. २ का उनलेे दमाहा बजाएरै घर चलाएका थिए । तर अहिले उनी गाउ“मा छैनन् । दमाहा घरमा थन्काएर भारतको मुर्म्बई पुगेका दास चौकीदारी गर्छन् ।
सहनाइ बजाएर परिवार पाल्दै आएका मालाकोलका र्सजने दमाईको सहनाइले पनि विश्राम पाएको छ । दौरा-सुरुवाल र कोटमा ठा“टिएर सहनाई बजाउने उनी अचेल गाउ“मा भारी बोक्छन् । उनी भन्छन्-बाजा बजाएर परिवार पाल्ने ती दिन गईगए । व्यापारीका भारी बोकेर परिवार पाल्छु ।
कर्ुइकाका पैला दास र मालाकोलका र्सजने मात्र होइनन्, अछाममा हुने चाडवाड, विवाह र जात्रा-उत्सवमा परम्परागत बाजा बज्न छाडेपछि बाजा बजाउनेहरूको रोजीरोटी खोसिएको छ । धेरैजसोले यी दर्ुइले भै+m अर्कै काम थालेका छन् ।
हिंसात्मक द्वन्द्वबाट धेरै प्रभावित अछाममा विवाह, ब्रतबन्ध, छैटी र देवीदेवताका पूजामा पहिलेजस्तो उत्साह उमंग देखिन्न । बाजा बजाउने चलनै हराउन थालेको छ । त्यसैले, बाजा बजाएर स“स्कृति र दैनिकी धान्दै आएका यहा“का बिपन्न दमाईहरू विस्थापनको मारमा परेका हुन् ।ँउत्सवै हुन छाडे । कहा“ बाजा बजाउने –पैला दास गुनासो पोख्छन् ।
दमाईहरू उत्सवमा बाजा बजाएर जीविको धान्दै आएका थिए । आयआर्जनको यो एक मात्र उपाय थियो । त्यसैबाट घरर्-खर्च चलाउ“थे । कोही नगद दिन्थे त, कोही अन्नपात । उनीहरूलाई फाइदै थियो । तर, अहिले यो सबै पुराना कुरा भएका छन् ।
र्सजने दमाई भन्छन्-ँपहिले राम्रो थियो । बाजा बजाएरै घरर्-खर्च चल्थ्यो । अहिले समस्यामा परियोेेे । पेशा नै हरायो । कि भारी बोक्नर्ुपर्छ, हैन भने बर्म्बई जानर्ुपर्छ ।
विवाहकोे महिना मौसम सकीदैछ। । पहिला-पहिला विवाहका लागि चैत्रभित्रैै बाजाको बन्दोबस्त गरिसक्नुपथ्र्यो । कुन गाउ“का दमाई बोलाउने भनेर टुंगो लगाइसक्नुपथ्र्यो । दमाईहरू वर्षरि नै बाजा बजाउनमा व्यस्त हुन्थे । फुर्सदै कहा“ पाईन्थ्यो र –अर्का दमाहा वाद्यक भन्छन् ।
तर बैशाख छिप्पिइसक्दा पनि गाउ“-बस्तीमा विवाहको चर्चा कहीं-कतै सुनिएन । किनभने गाउ“मा युवाहरू नै छैनन् । विवाह गर्ने उमेरका अधिकांश युवाहरू गाउ“बाट पलायन भएका छन् । उच्च र मध्यम वर्गीयहरू पढ्न शहर छिरेका छन् भने बिपन्नहरू रोजगारी खोज्दै भारततिर लागेका छन् ।
गाउ“बस्तीमा विवाह हुन छाडे पनि रोकिएको भने कहा“ हो र – धेरैले सुटुक्क विवाह गर्न थालेका छन् । त्यो पनि गाउ“बाहिर । ब्रतबन्ध, छैटीलगायतका धार्मिक कर्म काण्ड पनि सुटुक्कै हुन्छन् । ती सबैको मार परम्परागत संगीतकर्मी दमाईमाथि परेको छ । अचेल उनीहरूको
वास्तासमेत कसैले गर्दैन । ँकोही वास्ता गर्दैनन । कर्ुइका-गाविस वडा नं. २ का परमे दास भन्छन्-ँपहिले कामबाट फुर्सद हुन्थेन । इज्जतै थियो । अहिले काम न नाम ।
अछाममा बढीजसो दमाहा, नरसिहा, ढोल, सहनाइ, हुड्को एवम् बाजा बजाईन्थ्यो । पर्व र उत्सवअनुसार गुञ्जिने लोकधुनले मनै आनन्द पाथ्र्यो । संगसंगै, दमाई जातिले रोजगारीको राम्रो माध्यम पाएका थिए । खेतवारीको उब्जनीले धेरैजसो दमाईलाई तीन महिना पनि खान पुग्दैन । बाजा बजाएरै अन्न एवम् लुगाफाटो जुटाउने र केटाकेटी पढाउने गर्थे ।
ँउनीहरू ठूलो आर्थिक संकटमा परेका छन् ।- लोकस“स्कृतिमा दखल राख्ने स्थानीय शिक्षक पदमबहादुर धामी जानकारी दिन्छन् । संगसंगै, लोकस“स्कृतिमा विराम लाग्ने खतरा देखेका धामीले थपे-ँयो दमाईको मात्र समस्या हैन, सबैको हो । पेशा त जसले जे अंगाले पनि हुन्छ । तर मौलिक स“स्कृति लोप हुने स्थितिमा पुगेको छ ।
लामो समयदेखि थन्किएका दमाहा, नरसिहा, सहनाइ, ढोल र हुडका मध्ये केही त कामै नलाग्ने भइसकेका छन् । ँआइमाई केटाकेटीले बाजाको सरसफाइ गर्न जान्दैनन् । धेरै जनाका बाजा ब्रि्रंदैछन ।फेरिबाजा बजाउने दिन आउला-नआउला, र्सजनेले भने आशा मारेका छैनन् । उनी भन्छन्-ँम त भारी बोक्न फूर्सद पाएको दिन सहनाइ सफाइ गर्छर्ुु
द्धन्दको शुरुवात संगै व्यावसायिक रूपमा बाजा बजाउन रोकिएको हो । त्यसले लोकस“स्कृति र परम्परा नराम्ररी बिथोलिएको छ । देशमा स्थायी शान्ति नआएसम्म स्थितिमा सुधार आउने संकेत पनि छैन । अछामी सा“स्कृतिका जानकार शिक्षक धामी थप्छन्-ँत्यतिञ्जेलसम्म अछामी स“स्कृति हराउनसक्छ ।’