शंकरको पत्रकारिता मिसन्

डोटीको ग्रामीण इलाका लक्ष्मिनगरका उनले माध्यामिक सम्मको पढाइडोटीकै घण्टेश्वर मावि जोरायलमा पुरा गरे । त्यस पछि क्याम्पस पढन् दिपायल हानिए ।डोटीको ग्रामीण इलाकामा हर्ुर्केको ठिटोका निम्ति पत्रकारिता र पत्रकार अनौठो कुरा थियो किन भने डोटीलगाएत सुदुर पस्चिम पहाडका सबै जिल्लामा पत्रकार र पत्रिका दुबै थिएनन । तर आमजनताका पिडा, समस्या, अभावलाई पढाइको सिलसिलामा दिपायल सिलगढी वसाइका क्रममा उनले जान्ने र बुझने मौेका पाए शहर र गाऊ बिचको बिभेद थाहा पाए । र आमजनतामा ब्याप्त पिडा, समस्या, अभावलेनै शंकर थापा ३०,लाई पत्रकार बन्न प्रेरित गर्यो ।

डोटी र डोटीका छिमेकि जिल्ला अछाम , बाजुरा ,बझांग , ,मा स्वास्थ्य शिक्षा भोकमरि लगायत थुप्रै समस्या थिए । २०४९ सालमा सुदुरपस्चिम पहाडका जिल्लामा कहि खान नपायर त कहि औसधि नपाएर मानिस हरु मरिरहेका थिए । तर कहि कतै सुनुवाइ भएन । किनकि उनि हरु पिछडिएका समुदायहरुका थिए । पिछडीएका समुदायहरुका आवाज सम्वन्धित निकायसम्म पुर्याउन पत्रकारिता नै उत्तम विकल्प देखे शंकरले ।
र सुदुरपस्चिम पहाडको पहिलो पत्रकार का रुपमा पत्रकारितामा होमिए । थुप्रै समस्या र चुनौतिको सामना गर्दै उनले अछाम , बझांग , बाजुरा , घुमेर त्याहाका समस्या लाइ राजधानी र मोफसल वाट वाट प्रकासित एक दर्जन बढी दैनिक र साप्ताहिक पत्रपत्रिकाको एक्लो समाचारदाता ऊनले समाचारका माध्म वाट राष्ट्रिय स्थरमा ल्याए र सुदुरपस्चिम पहाडका समस्यालाइ राष्ट्रिय समस्याका रुपमा चिनाऊने काम गरे ।ऊनले आधा दसक सम्म साथि पत्रकार पाएनन् ।पस्चिम पहाडका उकालि ओरालीमा हिडेर गाउ वस्तिमा एक्लै समाचार शंकलन गरे । सुदुरपस्चिमका पहाडि जिल्लामा त्यतिखेरसम्म पत्रिका दर्ता समेत गरिएको थिएन ।बाहिर वाट प्रकासित हुने पत्रपत्रिकामा काम गर्ने पत्रकार पनि शंकर वाहेक अरु थिएनन् ।त्यसताका शंकर राजधानी र मोफसल वाट वाट प्रकासित एक दर्जन बढि पत्रपत्रिकाका एक्लो समाचारदाता थिए । कार्यक्षेत्र थियो डोटी ,अछाम , बाजुरा ,बझांग ।एक्लै पत्रकार थिए मेरोकाम न्यूज एजेन्सि जस्तो ऊनले भने एऊटा समाचार धेरै पत्रपत्रिकाकामा दिनु पर्ने वाध्यता नै थियो ।
डोटीका दिपायल सिलगढी तिर आयोजित पत्रकार सम्मेलनमा शंकर एकलै सहभागि हुन्थे । उनी पत्रकार सम्मेलनमा सहभागी हुन लामो पैदल यात्रा गरेर बझांगको चैनपुर बाजुराको मातर्डर्ीी अछामको सदरमुकाम मंगलसैन सम्म हानीन्थे । एक्लो पत्रकार भएकाले उनले पुग्नु पथ्र्यो आयोजकको मन राख्न पनि ।अरु ठाउमा पत्रकार सममेलनमा धेरै पत्रकार देखेको यता आफु एक्लै हुदा खिन्न मानेर पत्रकार सम्मेलनमा पुग्थे शंकरले भने ।एक जमाना थियो, सुदूरपश्चिमका डोटी, वझांग, वाजुरा, अछाममा समाचार संकलन गर्ने शंकरले यस क्षेत्रवाट एक्लैले पत्रकारको प्रतिनिधित्व गर्थे । । धेरे दिन सम्म उनी एक्लै भए पछि यसक्षेत्रका मानिसहरुले भन्न थाले सि डी ओ पनी एक हुन्छ पत्रकार पनी एक हुन्छ तर धेरै दिन एक्लै पत्रकारिता गनुपर्दा ऊनी निरास थिए । किन भने सुदुरपस्चिम पहाडमा कोही पनि पत्रकारितामा आउन तयार थिएनन ।तर उनले हिम्मत भने हारेनन् ।
उनलाइ अझै सम्झना छ एक पटक २०५४ सालमा काठमाण्डौवाट समाचारसंकनकालागी पत्रकार आए पछी पिपलला बजारका ब्यापारि हरुले शंकरजीको सरुवा भएकि क्याहो भनेर भने पछी संगैै रहेका उनलाइ नराम्ररि बिझ्यो । त्यसपछि एक्ला पत्रकार शंकर लाइ लाग्यो ब्यबसाहीक पत्रकारिताको विकासकालागि सुदुरपस्चिम पहाडमा केहि काम गर्नै पर्छ । स्नातक पास गरे पछि शंकरल आफनै सम्पादनमा २०५४ सालमा डोटेली आवाज साप्ताहिकको प्रकाशन सुरु गरे । २०५४ सालदेखी नियमित प्रकासित हुदै आएको डोटेली आवाज सुदुरपस्चिम पहाडको पहिलो पत्रिका हो। जिल्ल्ाा प्रसासन कार्यालय डोटीमा दर्ता नम्वर एक डोटेली आवाजले सुदूरपश्चिमका पहाडि जिल्ला डोटी, डडेल्धुरा, अछाम, वाजुरा, वझांग र वैतडी सम्मका आवाजलाइ समेटने गरेको छ । डोटेली आवाज सुदूरपश्चिमका पहाडि जिल्लाबाट हाल दिपायलमा अफसेट सञ्चालनमा भएकाले डोटेली आवाज साप्ताहिको प्रकाशन गर्न सजिलो भएको छ ।
तर शंकरलेे सुरुवातमा निकै दुख गरेर कहिलेधनगढी त कहिले नेपालगञ्जमा छपाएर भए पनि पस्चिम पहाडका बासिन्दा लाइ समाचार पस्किए । बिज्ञापन पाइदैनथ्यो घरवाट रुपैया ल्याएर पनि पत्रिका छपाए शंकर भन्दछन । डोटेली आवाजको प्रकासन सुरु भए पछि मात्रे यस क्षेत्रका अधिकांस युवा पत्रकारिताका पेसा प्रति आकषिर्त भएकाहुन । डोटी ,अछाम, वाजुरा, वझांगका केहि युवाहरुले शंकरलाइ भेटेर पत्रकारितामा लाग्ने इच्छा देखाए । आफनो सर्म्पर्कमा आऊने हरुलाइ पत्रकारितामा लाग्न सजिलोका लागी उनले डोटी ,अछाम, वाजुरा, वझांगमा एकल प्रयासलेे आधार भुत पत्रकारिता तालिम सञ्चालन गरे । शंकर भन्दछन तालीम दिदाताका त निकै दौडधुप गरियो नि । त्यसपछि डोटी ,अछाम, वाजुरा, वझांग जिल्लामा समेत पत्रकारको ससक्त ऊपस्थिति देखियो । अहिले सबै जिल्लामा काठमांडौ वाट प्रकासित हुने पत्रिकाका अखवारका पत्रिनिधि छन । स्थानिय स्थरमा पनि पत्रिका प्रकासित हुन्छन ।यती मात्र होइन सबै जिल्लामा नेपाल पत्रकार महासंघका साखा समेत छन ।
। शंकरको अभियान यतिमै रोकीएन । एक गाउ एक पत्रकार भएमा शान्ति, बिकास र सुशासनको पक्षमा समुदायलाइ सुसुचित गराउन भित्तेपत्रिका पं्रकाशन गराइने र यसले समुदायलाई वलियो वनाउन र सुसंगत हुन महत्वपर्ुण्ा भूमिका निर्वाह गर्ने उनको ठम्याई छ । त्यसैले उनी बिकास सञ्चार समुह नामक सस्था मार्फ अहिले डोटी ,अछाम , बझांग , वाजुरामा एक गाऊ एक पत्रकारको अभियान सञ्चालन गरिरहेका छन ।अहिले शंकर एक गाऊ एक पत्रकारको अभियान सफल बनाउन लागि परेका छन । एक गाउ एक पत्रकारको अभियानमा उनी सुदुरपस्चिमका गाउ वस्ति डुलिरहेका हुन्छन । शंकर कहिले अछामको मैगलसैन भेटिन्छन त कहिले बझांगको चैनपुर ।शंकरको व्यस्थता अहिले पनि घटेको छैन । उनको एक गाउ एक पत्रकारको अभियानले अचम्म लाग्दो सफलता प्राप्त गरेको छ । आधारभुत तालिम, भित्ते पत्रिका लेखन सिप तालिम, भित्तेपत्रिका तालिम, फिचर तालिम,शान्ति पत्रकारिता तालीम,तथा पत्रकारीता सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम लगायत पत्रकारहरुको गुणात्मक विकास हुने सबै तालिम गाउ गाउमा दिदंै आएका छन । शंकर थापा सुदुरपस्मि पहाडका मोवाइल पत्रकारिता प्रसिक्षक पनि भउका छन । आफुले सिकेको सिप वाड्दा के फरक पर्छ र सरलस्वभावका उनि भन्छन यो मेरो कर्तव्यनै हो ।
उनले दर्ुइ बर्षअघि डोटी जिल्ल्ाा वाट एक गाउ एक पत्रकारको अभीयान सुरु गरेका थिए । अहिले डोटीका ३५ गाऊ विकास समिति मा ४० वटा पाक्षिक भित्ते पत्रिका नियमित प्रकासित हुन्छन । भित्ते पत्रिकाका प्रकाशन गर्ने ४० समुहका १सय ५० बढी युवा पत्रकारीता संग सम्बद्ध छन । ति भित्ते पत्रिकामा गाऊका र राष्ट्रियस्थरका खवर हुन्छन मुलधारको पत्रकारीत गर्नेहरुको नजर नपुगेका समाचार । माने वाजेऊको ९वाजेको०े विरामी छोरा देखी धौली फुपुको बिरामी बाख्राले औसधि नपाएका समाचार देखी रानधानीका राजनीतिक गतिबिधि र डोटी जिल्लाका गतिबिधि समेत गाउका समाचार गाउकै भाषमा ति भित्ते पत्रिकाले सुचना र संचारको पहुचवाट टाढा रहेका ग्रामीण क्षेत्रका वासिन्दालाई पस्किन्छन । दशरथ काउजऊलाई ९कान्छावुवालाई ० दुधदिने भैसी चाहियो भन्ने बिज्ञापनपनि ति भित्तेपत्रिकाहरुले छुटाएका हुदैनन । दर्ुइ बर्षअघि शंकरले एक गाऊ एक पत्रकारको अभीयान सुरु गर्दा शंकरजी अस्मभव कुरा गर्दछन एक गाऊमा एक पत्रकार सम्भव छैन भनेर आलोचना गर्ने पनि कम थिएनन् ।शंकरले आलोचनाको वास्ता गरेनन् आफनोकाममा निरन्तर डटिरहे । प्रतिफल एक गाऊमा एक मात्र होईन भित्तेपत्रिका मार्फ प्रत्यकएक गाऊमा करिवएक दर्जनजति पत्रकार कृयासिल छन ।

एक गाऊमा एक पत्रकार अभियानको सफलता पछि अहिले ऊनका आलोचक हरु पनि प्रसंसकमा बदलीएका छन ।भन्दछन शंकर जिले राम्रो सुरुवात गर्नु भएको रहेछ । डोटीको सफलता पछि शंकर एक गाऊ एक पत्रकारको अभियान डोटीका छिमेकी सुदुर पस्चिम पहाडका जिल्ला अछाम , बझांग र वाजुरामा बिस्तार गरेका छन । अभियानलाई ब्यापक बनाउदै छौ एक साझ अछामको सदरमुकाम मंगलसैनमा भेटिएका शंकरले नेपाल संगको भेटमा भने मेरो दिर्घकालिन कार्यक्रम त सुदुरपस्चिम पहाडमा एक टोल उक पत्रिका प्रकाशन गर्ने हो

Mawobadi Leader Ranbahadur Thapa (Badal)

माआवादीको मेस

माआवादीको मेस
विनाएकको धामि गाउंमा आफनो रात्रि मेसमा खाना खादै माओवादी कार्यकर्ता । धामी गाउमा बसेर खाने ठाउको अभावमा माओवादी कार्यकर्ता हरुले राति अभिएरे खाना खाएका थिए ।
तस्विर वेदप्रकाश तिमील्सैना

Follow

Get every new post delivered to your Inbox.