पत्रकारिता पाठशाला

२०६३ जेठ १५ गते अर्थात मे २९, २००६ देखि पाटनढोकामा शुरु भएको हिमाल एसोसिएसन, खोज पत्रकारिता केन्द्रले सञ्चालन गरेको पत्रकारिता पाठशालाको समाज विज्ञान र पत्रकारिता सम्बन्धी तालिमका लागि छानिएका सहभागी उमेदवारहरुको नामावली -

१.बच्चु वि.क. २.वेदप्रकाश तिमिल्सैना ३.विक्रम गिरी ४.विमला पाण्डे ५.डम्बरकृष्ण श्रेष्ठ ६.डम्बरसिं राई ७.देवकुमार सुनुवार ८.धनबहादुर फागो ९.कमला थापा १०.केशव लामिछाने ११.कृष्णबहादुर नेपाली १२.लक्ष्मी साह सोनार १३.लोकबहादुर चौधरी १४.एम.डि.कुलुंग १५.फूलमाया (सीता) सुब्बा १६.राजु शिवा १७.रामबहादुर घिसिंग १८.रामप्रसाद आचार्य १९.रमेशकुमार पौडेल २०.रोहितचन्द्र भटटराई २१.शाहिमान राई २२.शान्ता आंगबुहांग २३.सरस्वती कार्की २४.शिवजी गायक २५.सिद्धराज राई

सवाल जवाफ

सवाल

�सुमित्रा वाङदेल ‘चेली’

दमक, झापा

पश्चिमबाट उदाउने घाम कस्तो होला,

धेरै देखेँ कृष्णहरू राम कस्तो होला,

देश हेर्छु उभिएर सुदूर पूर्वबाट

इलामले सोध्छ सधैँ अछाम कस्तो होला,

हाँगाबाट चुँडालेर फूल टिप्छन् यहाँ

झर्‍या फूल चढाउने घाम कस्तो होला,

मान्छे मात्छन् धन, मान, पद, प्रतिष्ठाले

नपिइकनै भात लाग्ने जाम कस्तो होला,

जवाफ

� रावल कृष्ण

अछाम

पूर्वपश्चिम उदाउने घाम उस्तै त हो

नियतिले लखेटेको राम उस्तै त हो ।

काँडा हाँस्छ झर्दा दुख्छ मेरो पाइलासँग

रोग, भोक, शोक, प्यास अछाम उस्तै त हो ।

मनको ईश्वर कहाँ खोज्छ फूलप्रसाद टिका

पूजा गर्ने भइगो मनको घाम उस्तै त हो ।

कलम छ नि हामीसँग किताब मधुशाला

अक्षर पिई मातौँ हामी जाम उस्तै त हो

Printing press shut, dailies hit

Printing press shut, dailies hit

BED PRAKASH TIMILSINA

ACHHAM, AUG 18 – Half-a-dozen newspapers, both dailies and weeklies, have halted publication here for an indefinite period due to the lack of a printing press.

Three daily newspapers and three weeklies operating from the district headquarters, Mangalsen, halted their production as the only offset press, Kalbhairav Printing Press, in the district downed shutters. The management at the printing press said it was compelled to shut down its operations as operator Prem Chaudhary was on leave. With another printing press in the district also not functioning for months now, all district-based publications rely on Kalbhairav press to print their newspapers.

“We are forced to close down publication as the only offset press is closed,” said Shivaraj Dhungana, executive editor of Ramaroshan daily.

He said Chaudhary is likely to resume work after a month. “We will resume work after he joins after a month-long home leave,” he added.

Meanwhile, FNJ Achham chapter expressed deep concern over the halt in the publication of the newspapers. The FNJ demanded the authorities help journalists publish newspap

Forgotten Sushila

From The Nepali Press
Forgotten Sushila
Bedprakash Timalsina in Kantipur, 27 July
“Sushila Jaisi’s case is complicated. Send one person to hospital to keep watch. Journalists shouldn’t find out about it.” This order was overheard being given by the then police chief of Accham, Dhanbahadur Chand, over the police radio. A few journalists, including myself, headed to the Accham hospital. “She’s in hospital because her genitals and uterus are infected due to an unsuccessful abortion attempt. Her condition is very serious,” the doctor on duty Arjun Sapkota explained. We had to find out why the police wanted to keep Sushila’s case under wraps. No one knew at the hospital, but the police started following her case when they found out that her husband had been living in India for three years and that it was another man’s child.Sushila lay in the hospital bed, delirious, saying only, “Nothing has happened to me. I don’t want to say anything.” A source claimed that Sushila’s pregnancy was the result of rape by a Jwaladal Battalion soldier. Meanwhile, a team of doctors from the Centre for Victims of Torture arrived in Mangalsen from Nepalganj to treat a Maoist-torture victim. Dr Sapkota told us that Sushila needed better care immediately, possibly in Nepalganj. A CVICT doctor told us that if she could be transported to Nepalganj, his organisation would pay for her medical costs. We visited Sushila together and after the doctor said he was from Kathmandu, a reassured Sushila told us this: “I was raped by Dane Mahar, a soldier, who pressured me to abort after he found I had conceived.” CVICT returned to Chalsa, and we faxed the news of Sushila’s rape to Kathmandu.

Shortly after, I misplaced my notebook in a shop. Someone found it and turned it over to the army, who called me promptly that evening to ask me to not talk about the rape. They threatened me with unimaginable consequences if the news were published. The news was published. I was warned in the middle of the marketplace by Major Bishnu Hari Baniya, “Now be prepared to face your punishment.” Sushila’s situation did not improve. The doctors said she had bled too much and the hospital in Accham couldn’t treat her. No one in her family could make the trip to Nepalganj, which required either an army helicopter or the Accham Red Cross ambulance. The army refused to fly Sushila out, and it was late by the time she was put on the ambulance. The ambulance couldn’t make it to Nepalganj due to flooding. Sushila had to go home. A few days later, a student from her village told us of her death. If the army had agreed to fly her to Nepalganj, she would have lived. Her death was unnatural but the army made it natural. The rapist even confessed and asked for forgiveness saying, “Because of me the whole army got a bad name. I made a mistake.” The army wanted to save the rapist instead of saving Sushila. Even worse, no human rights or women’s rights activist in Kathmandu even considered helping the Jaisi family get justice.

VDC OF ACHHAM

null

District Development Committee, Achham

District Development Committee, Achham

Background

With the restoration of multiparty democratic system of government in Nepal in 2046 B.S, the works in the field of decentralization, good governance and local development have opened new dimensions. The parliament under the multiparty system of government promulgated Local Self-Governance Act (LSGA) in 2055. Based on the act, local elected authorities in the VDCs, municipalities and DDCs are making more significant progress to own the development in their respective areas in a transparent manner. LSGA has provided substantial authority, responsibilities and resource to the DDC to plan, implement Co-ordinate and manage local development
District development committee (DDC) is a leading organization for district level development activities. It is considered as the central point of the local development. There are many government and non-government agencies in district for the integrated development. DDC plays an important role for coordinating all the development initiatives implemented by line agencies and I/NGOs. District Council is the supreme body for the formulation of district development plan. The Council should ratify the plans and programmes of line agencies, which are prepared following participatory planning process. District Development Committee is the executive body of the District Council. The Committee conducts its activities in accordance with the decisions and direction of the District Council. The DDC implements its programme within the framework of district periodic plan.

साफे देखी कुइका सम्म

साफे देखी कुइका सम्म
वेदप्रकाश तिमिल्सैना
नेपालगञ्ज वाट मोटरसाइकल यात्रा गरेर आएकोले थकित थिए । एक्लै मोटरसाइकल हाकेर साफे पुगेकाले पनि होला बढी थकान महसुुुस भैरहेको थियो । उज्यालैमा साफे पुगेपनि मंगलसैन अर्को बिहान जाने निर्णय गरेर स्थानिय एक होटलमा बस्ने र खाने प्रवन्ध मिलाए । सफेमा विदेशी पर्यटकको चाप बढेकाले होटलमा बास पाउन हम्मे परयो ।त्याहा दुइ कुराले निकै चर्चा बटुलेको थियो । मदिरा मुक्त जिल्ला र अछामले विकास र परिवर्तनमा फडको मारेको कुरा चर्चामा थिए । आजभोली अछाममा गाउटोल शान्त भएका छन । बजार संगै ग्रामिण क्षेत्रका दिदिबहीनीले पनि शान्तीको अनुभुती गरिरहेका छन यस्तै यस्तै कुरा भैरहेका थिए । कुरा सुन्दै गर्दा मलाइ पनि चासो लाग्यो । बुझनको लागी आफुले चिनेजानेका साथीभाइलाइ सोधे । उहाहरु बाट थाहा पाए अचेल त अछाम कागजमा मात्र नभएर ब्यभारिक रुपमै मदिारा निषेधित जिल्ला भएछ । कागजी रुपमा मुलुककै पहिलो र एक मात्र जिल्लाको मदिरा सेवन नगर्ने एक बासिन्दा लाइ यो सुन्नपाउनु ठुलै सफलताको कुरा थियो । म साझतिर दुबै साफे हाटबजार र एअरपोर्ट बजार घुमे । जहा तही मदिराविरुद्धका कुरा मात्रै सुनिने त्यती भएपछि मेरो खुसीको ठेगाननै रहेछन । आजभोली गाउघरका नामुद सुराप्रेमीहरु सामाजिक जागरणको अभियानमा रैछन । मेरोपनि साफेमा हिडदै गर्दा एक समुहसंग जम्काभेट भयो ।उनहिरु ग्रामिणइलाकाका बिद्यालयमा मध्यपान र धुम्रपानका बिषयमा चनचेतना मुलक कार्यक्रम गरेर फर्किदै गरेका रैछन । अछामका ७५ गाविसमा यस्ता समुह क्रियासिल छन । साफेबगरमा मात्र होइन सबै अछाम मदिरा बिरुद्ध छ मैले आफु पत्रकार हु भनेर परिचय गरेपछि समुहका टोलीनेताले मसंग गफिदै भने अव यस पछि हामी अछामका सबै जागरण समुहका सदस्य छिमेकी जिल्लामा जादै छौ । हाम्रोमा भ्याइयो अव बाजुरा जाने टोलीका एक अधबैसै सदस्यले बडो फुर्ती साथ भने चौखुट्टे आसपासका समुह डोटी जान्छन । विनायक सेरोफेरोका समुहका सदस्य दैलेख जान्छन उनि भन्दै गए तुर्माखादका र ढकारीका साथीहरुले पनि खवर पाइसकेका छन उनिहरु सुर्खेत तिर हिदै छन । बारला र कालेकाडाका साथीहरु कालीकोट जान्छन जिल्लामा भएको सञ्चार विकासले पनि हाम्रो अभियानमा सघाएको छ आफुसंग भएको ११ सिम लाग्ने मोवाइल सेट देखाएर टोलीनेताले भने अछाममा ११ वटा दुरसञ्चार कम्पनिले सेवा विस्तार गरेका छन । यसले हामीलाइ मात्रै होइन सबै लाइ सजिलो बनायको छ । सेती मोवाइल मा आएको फोन रिसिभ गर्नु अघि उनले वेलिविस्तार लगाए । हाटवजार बाट एअरपोर्ट बजार फर्किने बेला म उनीहरु संग साफेको पुलवजारमा गफिदै थिए । मदिरा विरुद्ध जागेका पहिलेका सुराप्रेमी संग विदावादी हुदा सम्म साझको आठ बजिसकेको थियो । एअरपोर्ट बजार जान लागेको गुल्जार पुलवजारमा एक छिन रोकीन बाध्य भए । पुलबजारनेर पैदलयात्री लाइ सजिलोका लागी फलडलाइ जडान गरिएको थियो । नेपाल बिद्युत प्रधिकरणको कैलास खोला साना जलविद्युत केन्द्रले पुलतिर फर्काएर लगाएको लाइटको उज्यालाले बढीगंगा नदी ,पुल र पुल वजार गुलजार बनेको थियो । जिर्णपुल लाइ हटाएर जिल्ला बिकास समिति , अछामका राजनिनिज्ञ , राजनितिक दलकोप्रयासमा बनेको नया पुल चम्किरहेको थियो । अनन्तर यात्रामा निरनतर हिडिरहेको बुढीगंगा नदि माथी स्थाइरुपले उभिएको पुल फलडलाइटको उज्यालोमा कम्ती राम्रो देखिएको थिएन । त्यो पुल लाइ नया रुपमा ढाल्न सहयोग गर्ने गृहमन्त्री भिम रावल , अछाम १ का सभासद सेरबहादुर कुवर पुर्व मन्त्री ,भिमबहादुर कडायत पुर्व राज्यमन्त्री गोविन्दबहादुर शाह र अछामका तिन मुख्य राजनितिक दल एनेकपामाओवादी , नेपाली कांग्रेस र नेकपा एमाले लाइ धन्यवाद दिदै स्थानिय जनताका तर्फ वाट बनाएर झुन्डाइएको ब्यानर पनि उज्यालोमा स्पष्ट देखिन्थ्यो । अध्यारो बढदै थियो त्यस लाइ मध्यनजर गर्दै म एअरपोर्ट बजार तिर अघि बढे । बढुीगंगा नदिकिनारमा नदिनियन्त्रण गर्न ब्यवस्थित तटबन्धन बनाइएको छ । त्यस्तै तटबनधन छिपेखोलामा पनि बनाएको छ हाम्र नेता ज्युहरुले धेरै काम गर्नु भो साफेवगर अव नदिकटानको समस्या बाट जोगियो म संग हिडिरहेका एक अपरिचत ब्याक्तीले कुरामा कुरा थपे । एकै छिन पछि होटेल आइपुग्यो म खाना खान तर्फ लागे । साफे पुरै चकमन्न उज्यालो छ । कहिकतै मदिरा सेवन गरेका हरुको आवाज सुनियन । पुरै सान्त छ साफे आफनो नया गति समाउदै छ । मेरो बगलमा बसेर खाना खाइरहेका अपरिचित संग पचिय गर्न मन लाग्यो । मैले खानाखादै तपाइ नया जस्तो देखिनुहुन्छ भने उनले बोल्नसुरु गर्न नपाउदै होटलका साहुजीले उहा एरपोर्टको नया हाकीम भनेर भने । उनि हवाइ प्राधिकरणका साफे एअरपोर्ट इनचार्ज रैछन । एअरपार्ट धेरै ब्यस्त हुन थाले पछि प्राधिकरणले उपसचिवको दरवन्दि कायम गरिउनलाइ साफे पठाएको रहेछ । केही समय अघि पिच भएको साफेबगर बिमानस्थल अचेल निकै ब्यस्त बनेको जानकारी पाइयो । म पनि २ बर्ष पछि आफनो गृह जिल्लामा फिरेको थिए । दुइ बर्षमा त अछाम पुरै बदलिएछ सबै नया । चारै तिर परिवर्तन । खाना खाएर निस्कदै गर्दा एक समुह पनि होटल तिर आयो । विमानस्थल कार्यालयका इन्चार्जको माध्यम बाट म त्यो समुह संग एकाकार भए । उनि हरु निजिक्षेत्रका वायु सेवा कम्पनीका साफेविमानस्थि स्थित कर्मचारी हरु रैछन । उनिहरु बुद्ध एअर ,यती एअर ,सिता एअर जस्ता यात्रु बाहक कम्पनउनी र फिस्टेल एअर ,डाइनेष्टिक एअरका कर्मचारी रैछन । त्यती सुने पछि मेरो खुसीको सिमानै रहेन । साफेबगर बिमानस्थलमा आन्तरिक पर्यटक भन्दा बढी सात समुन्द्र परको बिश्वका बिदेशी पर्यटक आउदा रैछन । खप्तड , रामारोशन क्षेत्र घुमन आउने पर्यटक बिमान बाट साफेआउदा रैछन । धार्मीक यात्रामा निस्किने भारतीय पर्यटकको संख्या पनि उल्लेख्यमात्रामा रहेछ । युरोप , अमेरिका , जापानका पर्यटक पदयात्राका लागी आउदा रहेछन सबैकुरा निजिबायुसेबा कम्पनिका कर्मचारीले बेलीविस्तर लगाएपछि मात्र थाहा भयो । साफेममात्र नभएर कमलबजार विमानस्थ पनि ब्यथस्तेरहेको जानकारी पाइयो । कमल वजार विमानस्थलबाट त झन अन्तराष्ट्रिय उडान पो हुदो रहेछ । त्यसका लागी अछाम २ का सभासद सरदसिंह भण्डारी र पुर्व सांसद रामबहादुर विष्टले निकै मिहिनेत गरेको एकै छिन गफिएर छुट्टीनु अघि थाहा पाए । म पुन आफुबस्ने ब्यवस्था गरेको होटेलमा पुन फर्किए । त्यतीवेला सम्म रातिको ११ बजिसकेको रहेछ । अर्को दिन बिहान मंगलसैन हिडनुपर्ने भएकाले म वेडमा पल्टिए । कैलासखोलामा पाच ठाउमा बिद्युत उत्पादन हुने गरेको र पाच मेगावाटको बुढीगंगा परियोजना सम्पन्न भैसकेकाले होला लोडसेडि· भएको थाहा भएन । अछामका ७५ गाविसका सबै ६ सय ७५ वाडमा बिद्युत पुगीसकेको छ । साफेआसपासका गाउ झिलमिली छन । मैले बिद्युतका वारेमा चासोलितिलए पछि कोठामा पानी राख्न आएका होटेलमा काम गर्नर्े भाइ वाट थाहा पाए अछाममा उत्पादीत बिद्युत त टाढाटाढा पुगेको रहेछ । माथीतिर हुम्लामा चिनको सिमा सम्म उज्यालो दिने हाम्रै कैलाश र बुढीगंगाको उत्पादन रहेछ । त्यसपछि अर्को बिहान साफेबगरमा गुडने मोटरको आवाजले मेरो निन्द्रा भंग भयो । म पनि चाडो तयार भएर आफनो मोटरसाइकल स्टार्ड गरेर अघिबढी रहेको थिए । साफेबगरमा पर्यटकका ठुला तिन समुह देखे । दुइ समुह जसमा युरोप अमेरीका तिरका मानिस हरु पदयात्रामा खप्तड र रामारोशन तिर हिडने सुरु गर्दै थिए । भारतिय पर्यटक भने पबित्र धार्मीकस्थल बाबा बैजनाथको दर्षनका खातीर बैजनाथक्षेत्रमा जान तयार थिए । कोही पर्यटक छिपेखोला र बुढीगंगाका तस्विर आफनो क्यामरामा कैद गर्न ब्यस्त थिए । त्यो हेरे पछि मोटरसाइकल पुर्न स्टार्ड गरेर साफेबगर बाट अघि बढे । एक मिनेटमै साफेबगरबाट छुट्टीएपछि ६ लेनको साफेमंगलसैन मार्गमा प्रवेस गरे । सुबीधा सम्पन्न त्यस्तो सडकमा यात्रागर्ने अवस नेपालमा अछाममा मात्रै सम्भव छ । मुलुकभरमा अर्को यस्तो सम्पन्न सडक छैन । भारतसरकारको सहयोगमा बज्रगुरु कन्ट्रक्सनलेले युरोपिएन मापददण्डमा निर्माण गरेको सडकमा यात्रागर्न पाउनुत खप्रमै लेखेर आउनु पर्छ । म पनि ६ लेनको सडकमा हुइकिदा यस्तै यस्तै सोचिरहेको थिए यस्तो सुविधा मेरो अछाममा मात्रै सम्भव छ अन्त कहा । यस्तै यस्तै कल्पना गदैगर्दा मैले १ घण्टा भित्रमा मंगलसैन छुए । मंगलसैन जाने राजमार्ग र आहोदोहर गरिरहेका गाडी देख्दा टेलिभिजन देखीने युरोपको स्वीजरल्यान्डमा देखीने जस्तै दृश्य । त्याहा गएका लाइ बढी थाहा होला तर मैले भिमा देखे अनुसार ठयाक्कै त्यस्तै । यति राम्रो सडक बनाएपछि क्यावात बज्रगुरु कन्ट्रसन नभन्ने कोहोला । त्यस अघि बाटोमो बयलपाटा र जयगढमा केही मिनेट परिचितहरु संग साच्क्षातकार गर्ने मौका पाएको थिए । मंगलसैन पुग्दा बाटोभरी नै दुइ बर्षमा अछाम पुर्ण रुपमा ब्यभारमानै मदिरा निषेधित जिल्ला भएको र जिल्लाले विकासमा फडको मारेको चर्चा चलिरहेको थियो । त्यसको उदाहरण अछामले यती चाडै विकासमा कसरी फडको मारयो र अछाम जिविसले कसरी आफुलाइ भ्रष्टाचार सुन्यबनायो भनेर बुझन संयुक्त राष्ट्र संघको नेतृत्वमा एक टोली पनि मंगलसैन जनाका लागी बाटोमा थियो । त्यस टोलीमा सुरक्षा परिषदका स्थाइ तथा अन्य सदस्य देशका प्रतिनिध थिए ।उनीहरु सवार गाडी र म संग संगै थियौ । उनिहरुको जिविसमा पुग्नका लागी आएको कैलास खोलामा एकै छिनको बसाइमा उनिहरुका दोभासे एक जना नेपालीलेनै सुनाएका थिए । अछाम जिविस बिश्वकै भ्रष्टनचार नहुने संस्थामा सुचिकृत रहेछ ।तेश्रो बिश्वको एक मात्र संस्था रहेछ अछाम जिविस भ्रष्टाचार नहुनेमा । युएनको त्यो टोली अछाम जिविसले गर्न सकेको आर्थीक पार्दषिर्ता र आर्थीक मित ब्ययीता यहा बुझेर आफनो संस्थामा लागु गर्ने पनि दोभासे नेपाली बाट थाहा भयो । यति सुने पछि मेरा शिर पनि गर्वले उचो भयो । क्या वात अव युएनले पनि भ्रष्टाचार रोक्न अछाम बाट सिक्ने भयो यही हो महान उपलब्धी मलाइ त्यस बखत लाग्यो । भ्रष्टाचारमा मात्र कमी आएको छैन अचेल हाम्रा दाजुभाइहरुको आचरणमा पनि सुधार आएको छ सभ्यतामा गतिलो पर्गती भएको छ ।मैले बाटो भरीमा पहिलेजस्ता मदिरा सेवनगर्नेका समुह र पसलमा गफगरेर उर्जावान समय त्यतीकै खेरफाल्नेहरु कही कतै देखेन । बाटो भरी म्यारिज र कलविरेक खेल्नेका झुंडपनि पहिलेका स्थानमा थिएनन । थिएत केवल आफना काममा संलग्न हरु जो आफनो दक्षता अनुसारको काम गरिरहेका थिए । सफा सडकमा पहिलझै मदिराका खाली बोतल र गुटका खैनीका खाली पुरीया थिएनन । राजमार्ग बाट सदरमुका मंगलसैन वजार क्षेत्र प्रवेस गर्ने सडक झन चौडा बनाइएको पाइयो । म ६ लेनको राजमार्ग बाट मंगलसन वजार क्षेत्र जोडने ८ लेनको सडकमा प्रवेस गरेर बजारको मुख्य चौकमा पुगे मंगलसैन बजारको ढल निकास गर्ने कार्य मुलुकमै उदाहरणीय रहेछ । कस्तो गजवको ढलनिकास गरिएकोे त्यसको वारेमा बुझना मुलककम अरु जिल्ला बाट अध्यनभ्रमण टोली मंगलसैन मा आएको समेत देखीयो । सदरमुकाममा पुग्ने वित्तिकै त्याहा पनि नौलो ठाउमा पुगेको अनुभव भैरहेको थियो । किनकि मंगलसैन वजार पनि मदिराका समस्याबाट मुक्त भैसकेको रहेछ । आजभोली सदरमुकाममा होटेलका ग्राहक दारुको साटो दहि दुध घिउ लगाएत सितन -दुग्दपदार्थ) को माग बढेको पाइयो । सदरमुकाममा सितन -दुग्दपदार्थ) को माग बढे पछि आसपासका गोठ छानाले पनि नया जिवन पाएका छन । सदरमुकाममा कामका लागी आएर मदिरा सेवन गरी तान्डव देखाउनमा चर्चित रहेका शिक्षक हरु र विकास आयोजनाका उपभोक्ता समितिका अध्यक्षहरु आजभोली पहिले नै होटलमा फोन गरेर दहि दुधको अर्डर गरि राख्दा रहेछन । अछाममा दशकौमा सुधार नभएको कुरा दुइ बर्षमा नै भएछ गजवको गतिलो परिवर्तन देख्न पाइयो । शिक्षक हरुले जिल्ला शिक्षा कार्यालयमा हालै बुझाएको एक ज्ञापनपत्रमा मद्यपान र धुर्मपानले गर्ने असरका बिषयमा एक बिषय थप गर्न उल्लेख गरेकोकुराको चर्चा सदरमुकाममा जहतही सुनीन्छ । सदरमुकामको रुप फेरिएको छ । बजार क्षेत्र सफा छ । फोहर कहिकतै देखिदैन अछामका राननितिक दल र उद्योबाणीज्य संघको नेतृत्वमा सदरमुकामको रुप फेरिएको कुरा सबैले गर्वसाथ सुनाउछन । बजार क्षेत्रमा सार्वजनिक सौचालय पनि अहिले १० जति बढी बनाइएको पाइयो । १० वटा सौचालयमा महिला र पुरुषका लागी फरक फरक सौचालय बनाइएको देख्न पाइयो । मंगलसैन संग जोडिएको अछामी राजाको दरवार पुन निर्माण भएर राज्यले त्यसलाइ अछाम संग्राहलयमा परि गरिसकेको देख्न पाइयो । पुननिर्माणमा संलग्न निर्माण यवसाहीले तय समय भन्दा अघि नै काम सम्पन्न गरेकाले दरवार लाइ संग्राहलय बनायएर यति चाडै पर्यटकका लागी खुल्ला गर्न सम्भव भएको हो । कुनै वेला सदरमुकामको सडक राम्रोभएन भनेर सडक रोपाइ गरेर गरेको विरोध पर्दषनमा सहभागी मेरा लागी शहरी विकास कार्यालय डोस डोटी र मंगलसैन नगरविकास समितिको सहकार्यमा निर्माण सम्पन्न ८ लेनको बजारक्षेत्रको सडकमा मैले एक फन्को लगाए । सदरमुकाम को स्वरुप फेरेकोमा मैले मनमनै अछाम स्थित मुख्य राजनितिक दलहरुलाइ बधाइ दिए । मंगलसैनमा डुल्दै गर्दा भेटिएका अछामका प्रहरी प्रमुखले दुइ बर्षयता अछाममा मदिराका कारण कुनै उजुरी प्रहरीमा नआएको र मदिरा मुक्त भए पछि अछाम शान्त रहेको जानकारी पाइयो । अनि अछाममा स्वास्थ्य क्षेत्रमा पनि उपलव्धी फेला पारियो । अहिले जिल्लामा एक दर्जन जति चिकित्सक हरु नियमित उपस्थित पाइयो । सबै अछामीले स्वास्थय सुवीधा पाइरहेका स्वय सर्बसाधारणका मुख सुनीयो ।सदरमुकाममा पनि पहिले झै बिद्युत संकट रहेनछ । रातदिन कम्पयुटरमा ब्यस्त मदिनिस पनि त्यतिकैमा भेटिए । पहिले दुइ बर्ष अघि लोडसेडि·मा बिद्युत समस्याले फुर्सदिला देखिने मेरा सञ्चारकर्मी मित्रहरु आजभोली समस्या मुक्त रहेका छन । मैले पनि त त्यो समस्या पहिले उनीहरु संगै भोगेको हु । अव म पनि नया अवस्थामा साथीहरु संग कृयासिल हुने छु । अछामको सञ्चार अभियानमा साथीभाइहरु संग हास्टेमा हैसे गर्ने छु ।सदरमुकाममा सक्रिय हुनु अघि मेरो आफ्नो गाउ कुइका पुग्ने कार्यक्रम भएकाले त्यही साझ ठुलासैन तिर बढे । साफे मंगलसैन मार्ग जस्तै ठुलासैन भएर विनायक जाने मध्य पहाडी राजमार्ग पनि निकै ब्यवस्थितरैछ । मैले पहिले सबै भन्दा बढी मोटरसाइकल यात्रा गरेको मंगलसैन देखी ठुलासैनको पहिले र अहलेको यात्रामा धेरै फरक अनुभुति गरे । ६ लेनको सडकमा हुइकिदै ठुलासैन पुगे पछि मेरो स्मृतीपटलमा ति दिन ताजा भैगए । जतिबेला म सुचना बाट टाढा रहेका अछाम र अछामी लाइ सञ्चारको मुलपर्वाहमा ल्याउने उद्धेश्य लिएर त्यस डाडामा पुगेको थिए । जहा मैले मेरा साथीहरु संग मिलेर अछामा एफ. एम. रेडियो बजाउने सपना लाइ सकारपारेको थिए । जिवनको उर्जावान समय विताएको ठुलासैन मेरा लागी नौलो नएपनि म भने केही अलग अनुभुति गरिरहेको थिए । पहिले त्याहा पानी थिएन अचेल ठुलाठुला धारा पडकीरहेका छन । पानी पुगे पछि ठुलासैन वजारको रुपैफेरिएको छ । सुन्दर ठुलासैनमा पहिले भन्दा जनघनत्वबढे पछि झनै सुन्दरता थपिएको छ । त्यही साझ म केही घण्टा ठुलासैन रोकिएर अघि बढे । फराकीलो सडकमा रमाइलो यात्राका अनुभव सगाल्दै तत्कालका लागी मेरो पुरानो कर्मभुमी बाट ओझेल भए । नजिकैको चिण्डेको जंगलमा गाइ, भैसी , गोरु र बाख्रका बथान भेटिए । त्याहाको त माहौल नै फेरिएको । अछाममा मदिरा लाइ जनताले नकारे पछि सितन -दुग्ध पदार्थ ) र मासुको माग बढेकाले त्याहा ब्वसाहीक पसु पालनका लागी भैसी र्फम र गाइ गोरु र्फम र बाख्रा र्फम खुले छन । लोपोन्मुख नौमुठे गाइले चिन्डेमा नया विनपो पाएछ । मैले चिण्डेमा गाइगोरु ,भैसी र बाख्रका बथान देखै पछि ८० को गतिमा रहेको मोटर साइकल रोकेर पसुपालनका कारेमा र्फमवाला हरु संग गफ गर्न सुरु गरे । सडक किनार नजिकैको र्फममा जादा त्याहा रहेको टेलिभिजन सेटमा एउटा नेपाली सेटेलाइट च्यानलमा पसुपालन सम्वन्धि आइरहेको कार्यक्रम हेर्न सबै ब्यसत थिए । अछामीले मदिरा त्यागे पछि जिल्लामा पसुपालन बढेको उनिहरुले उत्साहीत हुदै सुनाए । त्याहा केही मिनेट अघि बढे पछि म मोटर साइकल स्टार्ड गरेर विनाइक तिर हुइकिए जहा बाट मलाइ कुइका जानु पथ्र्यो । ठाटी खादमा चिया खान सुरले रोकिए । एक होटलमा गएर चिया पिउदै साहुजी लाइ दारुको वारे साधे उनले त त्यो कुरा सुन्नै चाहेनन् । क्या गजव रैछ तयाहा सबैले दारु सेवन गर्नत परैजाओस कुरा गर्न पनि नचाहने । त्याहा चिया खादै गर्दा काठमांडौ बाट प्रसारित नेटवर्क रेडियोको समाचार बजीरहेको थियो । सुरुमै अछामको समाचार रैछ । अन्तराष््रिय एजेन्सि हरुले गोप्य रुपमा बिश्वभरी गरेको अध्यनअनुसनधान मा चिट नचोरेर पास हुने बिद्यार्थी अछामका मात्रै रहेको र यो अछाममा शिशु कक्षा देखी उच्चमावी हुदै स्नातक सम्ममका बिद्यार्थीलाइ चिट चार्ने अर्थात नकलगर्ने वारे थाहा नभएको पनि समाचारमा उल्लेख भएको थियो । त्यसैले संयुक्त राष्ट्रसंघको महासभाले अछाम लाइ सम्मान प्रदान गरेका पनि समाचारमा उल्लेख भयो । म चिया खाए पछि म अगाडी बढे । म लाइ मेरो घर पुग्न गैरीटार बाट सजिलो हुने भए पनि विनायक जानै पर्ने मन मान्दैन म गैरीटार बाट बिनायक गए । किनकी विनायक बाट पनि कुइका जोडने सडक बनिसकेको छ । अछाममा त चम्तकारै भएछ जता ततै परिवर्तन भएको वास्तवमै चमत्कारिक परिवर्तन । विनायक पुगे पछि मदिराबिरुद्ध कुरा हनेनै भयो । अछाम र अछामी लाइ मदिरा बाट मुक्त गरेर छिमेकी जिल्लामा मदिरा विरोधमा अभियान छेडन जाने दर्जनौ समुह विनायक वजारमा जुटीरहेका थिए । अर्को विहान उनिहरुका समुह अबिढने रहेछन दैलेख , सुर्खेत र कालीकोट तिर । त्याहा छलफल गरेर अघि बढन खोजेका रहेछन । ढकारी देखी तुर्माखाद सम्मका सबै विनायकमा जुटेका थिए । उनि हरुको गतिविधि लाइ कमलवजार विनायभएर रयाफटि·का लागी कणर्ाली नदि तिर जान लागेका पर्यटक हरु पनि अफना लक्जरी बस रोकेर रमाइलो मानी तस्विर लिदै अघि बढदै थिए । सात समुन्द्र पारीका पर्यटक बास्तवमै अछाममा मदिराको एक थोपा नपाइने कुराले अचम्ममा परेका थिए । यहा मात्रै दुधजन्य पदार्थ पाइन्छ पर्यटक हरुका दोभासे उनिहरुलाइ बुझाउनमा लागेका थिए । विनायक बजारमा सबै भन्दा आकर्षक पञ्चदेवललाइ विचमा पारेरे बनाइएको पार्कर्को सुन्दरता राती झन बढी हुदो रहेछ । नेपाल बिद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन जोडिदिए पछि विनायक झिलिमिली छ । विद्युतको उज्यालोको प्रकासले पञ्जदेवल आकर्षक देखिएको छ । जति अध्यारो बढदै छ विद्युतको उज्यालोले विनायक लाइ रंगिन बनाइरहेको छ । विद्युत पुगेपछि विनायकले सञ्चारमा पनि फडको मारेको त्यहा जडान गरिएका नेपाल टेलिकम र निजि मोवाइल सेवा प्रदायककम विटिएस देखिए पछि थाहा भयो । विनायकको आकासमा ११ बटा मोवाइल कम्पनीका तरंगको पहुच बिस्तार भएको रहेछ । अझ थप गरिवी निवारण कोषको सहयोगमा कालीकाआइटी मार्फत गंगोत्री ग्रामिण विकास मञ्चले बयलपाटामा मुख्य केन्द्र राखेर सुरु गरेको वाइफाइ प्रविधिको इनटरनेट विनायका पनि पुगेको पाइयो । युरोपको भन्दा पनी तिब्रगतिको भनी दावी गरिएको इनटरनेट सेवा एकै छिन भए पनि मैले चलाए । बिदेशी पर्यटकका लागी भनेर गंगोत्रीले विनायमा खोलेको साइवरक्याफेमै इन्टरनेटको मजालिइयो । विनायकको आकासमा पनि बोइङ्ग र एअरवस क्पनी द्धारा निर्मित ठुला जहाज मज्जाले देखे । कमलवजार विमानस्थलमा अवतरण हुन लागेको विमानकको आवाज तरंगित हुनेरैछ त्यो विनायका सुन्न पाइयो । यति मात्रै कहा हो कमलवजारमा रातीको समयमा पनि विमान अवतरण भएको देखीयो । यो अमेरीकी विमान हुनुपर्छ यतिखेर न्ययोर्क बाट आउने जहाज आइपुग्छ मोटरसाइकलको पछि बसेका मेरा एक आफन्तले भने ।होइनन जापानको ओसाकाको जहाज पनि त यतिखेरै आउछ त्यती मात्रै कहा हो रात दिन गरेर २४ घण्टा भित्र दुइ दर्जन जति जहाज अवतरण गर्ने र उडान भर्ने गर्दछन उनि भन्दै गए । कमलकजार जहाज कमलबजार एअरपोर्टमा अन्तराष्ट्रिय स्थरको सुविधा प्रदान गरिएको जानकारी विनायकमा नै पाइयो । त्यसैले विनायकमा जापान , युरोप र अमेरीकातिरका एअरलाइन्सले सेल्स कार्यालयनैै खोलेको पनि देख्ने मौका मिल्यो । मैले ति सेल्स कार्यालय अघि उभिएर साथीको सहयोगमा आफनो केही स्नयाप फोटो पनि खिचे ।रातिको नौ वजे कमलवजार विमानस्थलमा अवतरण हुन लागेको वोइ·को लाइट हेरी फोटो कैद गरिसके पछि मध्यपहाडी राजमार्ग बाट कुइकाको रि· रोड समातेर मोटरसाइकलमा घर तिर जादै थिए एकाएक नेपालगञ्ज पुस्पलालचौक नेपालगञ्ज झर्नोस भनेको आवाज सुनियो म झस्किय यसो हेछु मत कियागाडीमा पो रहेछु । धनगडीबाट नेपालगञ्ज आउनका लागी बिहानै बान्तारोक्न ३ टयावलेट डेभोमिन औषधी खाएर कियामा वसेको भुसुक्कै निदाएर सपना पो देख्न थाले छु । बिउझिए पछि रुमालले मुख र आखा पुछदै किया गाडी बाट नेपालगञ्जमा उत्रियएर अर्को गन्तब्यमा पुग्न रिक्सा खोज्न थाले ।

‘गान्धीजी मौलिक विचारक हुनुहुन्थ्यो’

‘गान्धीजी मौलिक विचारक हुनुहुन्थ्यो’
२०६६ आश्विन १८ – यो अन्तर्वार्ता नेहरू स्मारक पुस्तकालय तथा सङ्ग्रहालयको मौखिक इतिहास विभागका लागि डा. हरिदेव शर्माले बीपीसाग १९७६ फेब्रुवरी २६ र २७ मा लिएका हुन् । उक्त पुस्तकालयबाट पदमबहादुर थापाले प्राप्त गरेको उक्त अन्तर्वार्ता कांग्रेस नेता प्रदीप गिरीले अनुवाद गरेका हुन् । अन्तर्राष्ट्रिय अहिंसा दिवस एवं १ सय ४० औं गान्धी जयन्तीको अवसरमा उक्त अप्रकाशित अन्तर्वार्ताको एक अंश प्रस्तुत गरिएको छ ।

तपाईंको प्रारम्भिक राजनीतिक संलग्नता के थियो ?
सन् १९२१ मा धेरै सानो थिएँ । म सात वर्षको थिएँ होला । तर, त्यस समयका दुईवटा ठूला घटनाको मलाई सम्झना छ । एउटा, बनारसमा बेलायती राजकुमारको भ्रमणको अवज्ञा भएको घटना थियो । त्यहाँ पूरै हडताल भएको थियो । कांग्रेसले त्यो हडतालको आह्वान गरेको थियो । तसर्थ, त्यस दिन पूरै सहर मरेजस्तै सुनसान थियो । अनि, अत्यन्त कौतूहल लागेर मैले झ्याल खोलेर बाहिर हेर्न खोजें । तर मलाई रोकियो । हडताललाई भावनाबाटै हेर्नुपर्छ भनियो । झ्यालहरू बन्द थिए । त्यस दिन बनारस सहर पूरै सुनसान थियो ।
हरेक साँझ नगरको सभागृहअगाडि विदेशी लुगा जलाइँदा अर्को छाप परेको थियो । उनीहरू अङ्ग्रेज मान्छेजस्तो देखिने छत्रेटोपी लगाएको पुत्ला बनाउँथे र विदेशी कपडा निकालेर त्यसैका साथमा जलाउँथे । हाम्रो परिवारका महिला सदस्यहरू आफ्ना राम्रा लुगाहरू त्यहाँ लगेर जलाउन इच्छुक थिएनन् । त्यसैले यस सम्बन्धमा घरमा बहस
चल्थ्यो । तर अन्त्यमा त्यसका लागि सबैजना सहमत भएका थिए ।
गान्धीजीले एक करोड रुपैयाँको कोष जुटाउन आह्वान गर्नुभएको थियो । मलाई सम्झना छ, हाम्रो घरमा आमा र मेरा नातागोतासँग थोरै मात्र गहना थिए । तर उहाँहरू कोष जम्मा गर्दै सडकमा आएका मानिसतर्फ आफ्ना गहना फ्याँक्दै हुनुहुन्थ्यो । कोष जम्मा गर्न एउटा फराकिलो खास्टो सडकमा फैलाइएको थियो । अनि, मानिसहरू आफूसँग जे-जे छ, पैसा, गहना त्यसमाथि फ्याँक्थे । यो मेरो सम्झनामा रहेको अर्को घटना हो ।
अनि, जतासुकै खुला सभा हुने गर्थे । त्यस समय नगरको सभागृहमा माइक थिएन । स्पिकरबाट धेरै चर्को आवाज आउँथ्यो । म गान्धीजीको प्रवचन पनि अझै सम्झन्छु । उहाँ धेरै बिस्तारो तर प्रभावकारी रूपमा बोल्नुहुन्थ्यो । मानिसहरूले उहाँको भनाइ धेरै टाढाबाट राम्ररी सुन्न सक्थे । शिवप्रसाद गुप्ता ठूलो आवाजका साथ गर्जन्थे । मलाई याद छैन, सायद शौकत अली र महम्मद अली पनि त्यसरी नै गर्जन्थे होला ।
तपाईं नेपालको भएर पनि भारतको स्वतन्त्रताका लागि लड्न किन इच्छुक हुनुभयो ?
त्यसका दुई कारण थिए । पहिलो, हामी नेपालबाट निष्कासित भएका थियौं । हाम्रा लागि नेपालमा बस्न अप्ठ्यारो भएपछि भारत आउनुपर्‍यो । भारतको बनारस र बिहारमा रहँदा क्रान्तिकारी आन्दोलनका मानिसको सम्पर्कमा आयौं । हाम्रो सुरुवात यसरी भयो । अनि, जबसम्म भारतले स्वतन्त्रता प्राप्त गर्दैन, तबसम्म नेपाली प्रणालीको प्रजातान्त्रिकीकरण सम्भव छैन भन्ने निष्कर्षमा पुग्यौं । मैले सन् १९४४ मा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना गर्दा पनि एउटा नारा ‘भारतको स्वतन्त्रता प्राप्त नगरी नेपालमा प्रजातान्त्रिक आन्दोलन सम्भव छैन’ भनेको नै थिएँ ।
त्यस समय नेपालको सत्तामा सुधार गर्न, सत्तालाई नरम र प्रजातान्त्रिकीकरण गर्नबाट रोकिराखेको त्यही शक्तिले भारतलाई पनि आफ्नो अधीनमा राखेको थियो । तसर्थ, हाम्रो दृष्टिमा नेपालको प्रजातन्त्रको लडाइँ र भारतको स्वतन्त्रताको लडाइँ एउटा सिक्काका दुई पाटा थिए । आजसम्म यस सम्बन्धमा हाम्रो पार्टीमा छलफल हुने गर्छ । हामीले सन् १९४७ मा पार्टी खोल्दा मैले त्यसो भनेको थिएँ र अहिलेसम्म पनि मेरो निष्कर्ष त्यही छ । तिनताका भारतीय स्वतन्त्रतालाई हाम्रो आन्दोलनको पूर्वसर्तको रूपमा हामीले लिएका थियौं ।
तपाईं युवा विद्यार्थी हुँदा कम्युनिस्टको प्रभावमा पर्नुभयो । अनि, किन कम्युनिस्ट पार्टीमा चाहिँ प्रवेश गर्नुभएन त ?
उनीहरू तुरुन्तै सदस्यता दिँदैनथे । कम्युनिस्टले परीक्षणकालमा राखेर मात्र सदस्यता दिन्छन् । यो तीसको दशकको सुरुको कुरो हो । त्यससमय कहिले म परिवारका साथमा रहन्थेँ, कहिले बाहिर रहन्थेँ । भारतमा स्वतन्त्रताका लागि ठूलो आन्दोलन चलिरहेको थियो । कम्युनिस्ट आन्दोलन बेसुरको थियो । मेरो परिवार कांग्रेसमा रहेकाले भावनात्मक रूपमा कम्युनिस्टसँग तालमेल मिलाउन पनि म सक्दिनथेँ । हामी गान्धीजीको भूमिकाका बारे छलफल गथ्र्यौं । मेरा पिताले गया सम्मेलनमा भाग लिइसक्नुभएको थियो । त्यहाँ यथास्थितिवादी, परिवर्तनका हिमायतीलगायतका विषयमा छलफल भएको थियो । त्यस सम्बन्धमा त देशबाहिर र भित्र होइन, स्कुल र कलेजमा समेत छलफल भएको
थियो । तसर्थ, म पनि राष्ट्रिय सरोकारको सामान्य चासोबाट मुक्त रहन सकिनँ । त्यो कम्युनिस्ट आन्दोलनमा चाख राख्न थालेपछिको कुरो हो । मेरो राजनीतिक चिन्तनलाई स्टालिन र ट्राटस्कीको लडाइँले प्रभावित बनायो । म स्टालिनभन्दा धेरै बढी ट्राटस्कीतर्फ आकषिर्त भएँ । कम्युनिस्ट आन्दोलनमा मलाई आकृष्ट गर्ने व्यक्तिको नाम लिनुपर्‍यो भने म ट्राटस्कीकै नाम लिन सक्छु । उनी लेखाइ र व्यक्तित्वमा अभूतपूर्व व्यक्ति थिए । उनीभन्दा पछि लेनिन आउँछन् तर स्टालिन होइन । सन् १९२९ को सत्ताको लडाइँबाट स्टालिन उच्च तहमा पुगेपछि त्यहाँ हत्या भएका समाचार आउँदा मलाई ठूलो चोट पुग्यो । तसर्थ, मैले त्यो कम्युनिस्ट पार्टी नै त्यागें । मैले पार्टी छोड्नुका दुई स्थानीय कारण पनि थिए । पहिलो, उनीहरूले आफूलाई राष्ट्रिय भावना वा आन्दोलनमा अनुकूल बनाउन सकेका थिएनन् । भारत स्वतन्त्र भएपछिको कम्युनिस्ट आन्दोलनमा आलोचनात्मक कुरा पच्न सक्तछ तर त्यसबेला त्यसो गर्नु असम्भव थियो ।
तपाईंले कांग्रेस समाजवादी पार्टीमा लागेपछि वैचारिक सन्तुष्टि पाउनुभयो ?
हो, पाएँ । त्यसपछि नै मैले समाजवादी सिद्धान्तको ज्ञान पाएँ । र, त्यस पार्टीमा लाग्दा हाम्रो राष्ट्रिय स्वतन्त्रताको आन्दोलनमा भूमिका खेल्नबाट मैले वञ्चित हुनुपरेन । मलाई लाग्छ, मेरा लागि र धेरै व्यक्तिका लागि यही नै मुख्य आकर्षण थियो । हामीहरू राष्ट्रिय तरङ्गबाट अलग भएका थिएनौं । तसर्थ, यही कारणले म कांग्रेस समाजवादी पार्टीप्रति आकषिर्त थिएँ । यो एक त राष्ट्रिय आन्दोलनकै एउटा अङ्ग थियो । यो, त्यही समय माक्र्सवादी समाजवादी आन्दोलन नामको एउटा ठूलो अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको अङ्ग पनि थियो । तसर्थ, यसले हामीलाई दोहोरो सन्तुष्टि प्रदान गर्‍यो । कम्युनिस्ट आन्दोलनबाट त्यो सम्भव थिएन । त्यसका दुई कारण थिए । पहिलो, त्यसले आफूलाई राष्ट्रिय भावनाबाट अलग्याएको थियो । दोस्रो, ट्राटस्की र स्टालिनको शक्तिको नाङ्गो लडाइँबाट यसको सिद्धान्तविहीनता उदाङ्गो भइसकेको थियो ।
तपाईं समाजवादी कांग्रेस पार्टीको ँसैद्धान्तिक धङधङी’ माक्र्सवाद नै थियो भन्न सक्नुहुन्छ ?
मेरो हकमा थिएन । समाजवादी आन्दोलनमा लागेका हामी अधिकांशमध्ये जयप्रकाश नारायण भने बढी माक्र्सवादी हुनुहुन्थ्यो भन्ने मलाई लाग्छ ।
त्यसबेला त्यो पार्टी माक्र्सवादी-लेनिनवादी थियो ?
माक्र्सवादी-लेनिनवादी भनेको के हो ? पछिल्लो कालमा त्यतातर्फ केही झुकाव बढ्दै गएका कारण उनीहरूले यसलाई माक्र्सवादी-लेनिनवादी भन्न थालेका थिए । तर त्यससमय यो पार्टी माक्र्सवादी मात्र थियो । उनीहरू यसलाई लेनिनवादी भन्दैनथे । मलाई लाग्छ, माक्र्सवादी-लेनिनवादी भन्ने विशेषण भर्खरै उत्पन्न भएको हो, तिनताक यो विशेषण प्रचलनमा आइसकेको थिएन ।
तपाईंलाई अहिले वर्षौंपछि जीवनको समग्र दृष्टिकोणमा माक्र्सवादको छाप परेको छजस्तो लाग्छ ?
हो, केही हदसम्म छ । कसैले पनि समग्र सत्य बुझेको भने हुँदैन भन्ने मेरो धारणा छ । ठूला-ठूला विचारकले समेत सत्यको एउटा अंश मात्र देखेका छन् । ममाथि माक्र्सबाट ठूलो प्रभाव परेको छ । उनको तरिकाबाट आज पनि म प्रभावित छु । उनले आफ्नो निष्कर्षमा भनेजस्तो भने सधैं हुँदैन, तर उनी त्यस निष्कर्षमा कसरी पुग्छन् भन्ने प्रक्रिया महत्त्वपूर्ण कुरो हो । समाजको बन्दोबस्त र मनोविज्ञानमा आर्थिक अवस्थाले कसरी ठूलो असर पार्छ, क्रान्ति कसरी हुन्छ र समाजमा रहेका शक्तिहरू कसरी क्रान्तिमा एक हुन्छन् भन्ने उहाँको धारणा महत्त्वपूर्ण छ । इतिहासको आर्थिक प्रस्तुतीकरण मौलिक विचार थियो । इतिहास समग्र रूपमा आर्थिक विकासमा मात्र निर्भर रहन्छ भन्ने मलाई लाग्दैन । त्यस्तो भएको छैन । तर हामीले आर्थिक पक्षको मूल्याङ्कन गर्नैपर्छ ।
तर, मलाई लाग्छ, त्यो नै उहाँको एउटा मुख्य विश्वासमध्ये थियो ?
हो, त्यो सत्य हो । उहाँ हरेक वस्तुलाई मूलतः आर्थिक दृष्टिबाट हेर्नुहुन्थ्यो । निश्चय पनि अर्थतन्त्र इतिहासको उत्प्रेरक शक्ति हो । तर, कुनै एउटा कारणलाई औंल्याएर त्यसले मात्र इतिहासलाई अघि बढाउँछ भन्न तपाईं सक्नुहुन्न । यसअघि यस कारणलाई महत्त्व दिइएको थिएन । यसैले यो उहाँको मौलिक योगदान थियो । अनि, समाज एक रूपबाट अर्को रूपमा कसरी रूपान्तरण हुन्छ भन्ने सम्बन्धमा उहाँको क्रान्तिको विवेचना महत्त्वपूर्ण थियो । मलाई लाग्छ, सबै महान् विचारकमध्ये उहाँले मात्र समाजको गतिशीलताको महत्त्वलाई गहिरोसँग बुझ्नुभएको थियो । समाज गतिहीन हुँदैन, समाजभित्र निरन्तर रूपमा परिवर्तन आइरहेको हुन्छ । र, अन्ततः उसको परिमाणात्मक परिवर्तन गुणात्मक परिवर्तनमा रूपान्तरित हुन्छ । मलाई लाग्छ, उहाँले यो कुरो धेरै प्रस्टसँग बताउनुका अरू दुई कारण थिए । त्यस सम्बन्धमा मैले पनि लेखेको छु । उहाँले क्रान्तिमा भाग लिएर आफ्नो अवधारणालाई वास्तविक राजनीतिमा समेत प्रयोग गर्न खोज्नुभयो । । तसर्थ, उहाँको लेखनमा धेरै स्पष्टता र प्रभावकारिता छ ।
गान्धीले कुन प्रकारबाट तपाईंलाई प्रभावित बनाउनुभएको थियो ?
म कार्लमाक्र्ससँग गान्धीको तुलना गर्दिनँ । माक्र्स आफैंमा एउटा विशिष्ट कोटिमा हुनुहुन्थ्यो । त्यस्तै, गान्धी पनि एउटा अर्को विशिष्ट कोटिमा हुनुहुन्थ्यो । तर, बीसौं शताब्दीका राजनीतिक विचारकमध्ये गान्धीजी नै सबैभन्दा बढी मौलिक विचारक हुनुहुन्थ्यो । मलाई लाग्छ, यसबेला माक्र्सभन्दा पनि बढी सान्दर्भिक गान्धी हुनुहुन्छ । गान्धीवाद कसरी असफल भयो भन्ने सन्दर्भमा केही वर्षपहिले मैले एउटा प्रवचन दिएको थिएँ । मैले त्यसमा गान्धीवादको आलोचना गरेको थिएँ । तर मैले क्रमशः गान्धीसँग एउटा नितान्त नौलो सोच रहेछ भन्ने बोध गर्दै गएँ । उहाँको सोच लेनिनको भन्दा पनि महान् थियो । अरू कुनै क्रान्तिकारीको भन्दा महान् सोच थियो, त्यो । मैले माओका सन्दर्भमा धेरै पढेको छैन । म उनलाई पनि उच्च्ाकोटिमा राख्छु । तर, मलाई थाहा नभएकाले उनको मूल्याङ्कनचाहिँ गर्न सक्तिनँ । गान्धीजीको धेरै आलोचना भए । प्रारम्भका ती आलोचकमध्येका जयप्रकाश आफैं पनि प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । अब, गान्धीको मृत्युपश्चात्चाहिँ उहाँले दिनुभएको विचार र त्यसलाई व्यवहारमा प्रयोग गर्नुभएको प्रक्रियालाई जयप्रकाशजस्ता आलोचकहरूले पछ्याइरहेका छन् ।
अब, तपाईंको आफ्नै सन्दर्भमा माक्र्सवादबाट गान्धीवादमा परिवर्तन हुन कसरी सम्भव भयो ?
त्यसो होइन । मैले आज पनि माक्र्सवादलाई पूरा त त्यागेकै छैन । माक्र्सवादमा मेरो विचारका धेरै महत्त्वपूर्ण तत्त्व छन् । म माक्र्सवादलाई पूरै त्याग्न सक्तिनँ ।
तपाईले गान्धीजीलाई भेट्नुभएको थियो । कोसित जानुभयो भेट्न ?
हाम्रो आन्दोलनप्रति गान्धीजीको पनि चाख रहेको कुरा त्यतिखेर लोहियाजीले थाहा पाउानुभएको रहेछ । अनि सन् १९४८ जनवरी २८ का दिन अर्थात् गान्धीजीको हत्या हुनुभन्दा दुई दिनअघि म उहाँको साथ लागेर गान्धीजीलाई भेट्न गएको थिएँ । उहाँले गान्धीजीसित मेरो परिचय गराउनुभयो । मैले त्यो दिन उहाँसँगै बिताएँ ।
उहाँले के भन्नुभएको थियो ?
गान्धीजीले भन्नुभएको थियो, ‘म तपाईंलाई सहयोग गर्न सक्दिनँ ।, जब आफ्नै मानिसले भारतमा मेरो कुरा सुन्दैनन् भने राणाले सुन्लान् भन्ने आशा कसरी गरौं, म कुनै सहयोग गर्न सक्तिनँ’- उहाँका शब्दहरू यस्ता थिए । उहाँ धेरै निराश अवस्थामा हुनुहुन्थ्यो । अनि, मैले उहाँलाई भनको थिएँ, ‘म तपाईंकहाँ कुनै ठूलो सहयोगको आशा लिएर आएको होइन, म त तपाईंको नैतिक समर्थन र आशीर्वाद चाहन्छु ।’ अनि, उहाँले भन्नुभएको थियो, ‘तपाईंलाई मेरो आशीर्वाद छ । जब मानिसहरूले आफ्नो अधिकारका लागि वा शोषण र दमनका विरुद्ध लड्छन्, म उनीहरूको साथमा हुन्छु ।’ म दिनभरि नै त्यहाँ बसें । उहाँले कस्तो भोजन, कसरी गर्नुहुन्थ्यो भन्ने देखें । उहाँ दिउँसोको खाना खानासाथ त्यही ठाउँमा केहीबेर झकाउनुभएको थियो । उहाँ एउटा सानो तन्ना ओछ्याएर त्यही ठाउँमा सुत्नुभएको थियो । उहाँ उठ्नुहुँदा केही विदेशी पत्रकारहरू आइपुगेका थिए ।
गान्धीजीको सन्दर्भमा पुनः मूल्याङ्कन गर्न समयको कुन बिन्दुमा पुगेर, कसरी थाल्नुभयो ?
भर्खरै हो । मैले दुई-तीन कारणले गान्धीजीको पुनर्मूल्याङ्कन गर्न थालेको हुँ । पहिलो, भारत स्वतन्त्र भएपछि यसले पारेको नैतिक र आध्यात्मिक प्रभाव हो । तपाईं हामीलाई प्राप्त भएको आजको वातावरण गान्धीजीकै उपहार हो । राजेन्द्रप्रसाद, जवहारलाल नेहरू र अरू सबै, अर्थात् त्यो हराउँदै गएको पुस्ता गान्धीवादको प्रत्यक्ष अनुपालक र समर्थक थियो । तर, विश्वका अरू मुलुकका भन्दा भारतको राजनीति राम्रो छैन । यो अझ खराब छ । तसर्थ, यो गान्धीवादको असफलता हो त ? के, गान्धीवादले भारतीय राजनीतिमा कुनै नैतिक गुण दिएन ? तर, जब हामी विकल्प के थियो त भनेर सोच्न थाल्छौं, समाधान के हुनसक्छ भनेर सोच्न थाल्छौं, तब हामी माक्र्सवादतर्फ हेर्छौं । अनि, त्यसले पनि धेरै कारगर समाधान दिन सकेको पाउँदैनौं ।
दोस्रो, औद्योगिकीकरणले उत्पन्न गरेका समस्याले पनि गान्धीको विचारलाई अति सान्दर्भिक बनाएको छ । हाम्रा लागि र अतिविकसित राष्ट्रका लागि मात्र होइन, उहाँ सबै राष्ट्रका लागि सान्दर्भिक हुनुभएको हो ।
‘समाज कसरी सङ्गठित हुन्छ, यो कसरी विकेन्दि्रत हुन्छ, कसरी आवश्यकता पूरा गर्नुपर्छ, कसरी उद्योगको विकेन्द्रीकरण गर्न सकिन्छ, र सम्पत्ति नै सुख र खुसीको एक मात्र र अन्तिम वस्तु होइन’ भन्ने देखाउन सक्ने अर्को कुनै विचार हामीसँग छैन । अहिले पश्चिमी जगत्ले औद्योगिकीकरणका कारण प्राकृतिक स्रोतको विनाश भएको, पारिस्थितिकी बिग्रेको, प्रदूषणलगायतका समस्या बढेको अनुभव गर्न थालेका छन् । यी समस्याहरू अहिलेसम्म भारतका लागि गम्भीर समस्या नभए पनि समस्या बढ्दै गएका छन् । सम्भवतः ऊर्जा र पेट्रोलियम पदार्थको अभावका कारण हामीले आफ्नो आर्थिक नीतिको पुनर्मूल्याङ्कन गर्न बाध्य हुनुपर्नेछ । हामी कस्तो किसिमको समाज निर्माण गर्न चाहन्छौं ? हामीसँग अमेरिकी नमुना मात्र छ । रूसले पनि अमेरिकी नमुना नै प्रयोग गरिरहेको छ । यसै वर्षभित्र अमेरिकाको स्तरमा पुग्छौं, उनीहरू भन्दै छन् । उनीहरू आफ्नो उत्पादनको स्तरलाई अमेरिकाको उत्पादन स्तरसाग तुलना गर्छन् । तसर्थ, विश्वमा अमेरिकी नमुना मात्र छ र जवहारलालजीले पनि त्यही नमुना अपनाए । के त्यो नै प्रशंसनीय नमुना हो त ? अमेरिकाको विश्वको छ प्रतिशत जनसङ्ख्याले विश्वको साठी प्रतिशत प्राकृतिक स्रोतको उपयोग गरिरहेको छ । हामी त्यसको स्तरमा कहिल्यै उक्लन सक्दैनौं । त्यो सम्भव नै छैन ।
तपाईंले नेपाली कांग्रेसको स्थापना गर्न सहयोग लिनका लागि जयप्रकाश नारायण र राममनोहर लोहियालाई नै किन छान्नुभएको हो ?
म अरू कोसँग जान सक्थें त ? यसको पहिलो कारण, म भारतको राष्ट्रिय आन्दोलनमा आबद्ध भइरहेको थिएँ । तसर्थ, म उहाँहरूसँग एउटै आन्दोलनमा थिएँ । हुन त, त्यतिखेर अरू राष्ट्रवादी नेताहरूसँग मेरो सम्पर्क थियो । तर उहाँहरूका आफ्नै सीमा थिए । उहाँहरू सरकारमा भएको हुँदा हामीलाई प्रत्यक्ष रूपमा सहयोग गर्न सम्भव
थिएन । मैले जवाहरलाल नेहरूसँग आफ्ना समस्या लिएर मेरठ कांग्रेसमा पहिलोपल्ट भेट गर्दा उहाँको मप्रति पूर्ण सहानुभूति थियो । तर उहाँ त्यसबेला भाइसरायको ‘कार्यपरिषद्’ को उप-सभापति हुनुहुन्थ्यो । तसर्थ, उहाँबाट धेरै सहयोग प्राप्त हुने सम्भावना भएन ।
उहाँले त्यसबेला के भन्नुभएको थियो ?
उहाँले भन्नुभएको थियो, ‘मेरो तपाइर्ंलाई पूर्ण सहानुभूति छ, तर सरकारमा भएका नाताले हामीले नेपाल सरकारसँग सरकारकै रूपमा व्यवहार गर्नुपर्छ । तसर्थ, हामी यस अवस्थामा बढी सहयोगी हुन सक्तैनाैं । तपाईंले आफ्नो आन्दोलन उठाएपछि, हामी तपाईंलाई सहयोग गर्न सकौंला ।’ त्यतिखेर जयप्रकाश स्वतन्त्र हुनुहुन्थ्यो । मैले जयप्रकाशलाई लोहियाले पनि मलाई सहयोग गर्दै हुनुहुन्छ भन्ने जानकारी गराउँदा उहाँले भन्नुभयो- ‘ठीक छ, लोहिया अनुभवी हुनुहुन्छ, तपाईंले उहाँको सहयोग लिनु उपयुक्त हुन्छ । मेरो सहयोगको खाँचो पर्दा तपाईं जतिखेर पनि मकहाँ आउन सक्नुहुन्छ ।’
सङ्गठन निर्माणका क्रममा लोहियाले कस्तो भूमिका निर्वाह गर्नुभएको थियो ?
सुरुमा उहाँले हामीलाई ठूलो सहयोग गर्नुभयो । हामी नेपालका अनुभवहीन मानिस थियौं । मैले भारतको आन्दोलनमा भाग लिइसकेका कारण म मात्र केही अनुभवी थिएँ । मलाई वक्तव्य निकाल्ने, जनतामा पुग्नेलगायतका सङ्गठनका तरिका थाहा थियो । तर अरूहरू भने धेरै कच्चा थिए । तसर्थ, लोहियाले हामीलाई के-कस्तो वक्तव्य कुन समय निकाल्नु उपयुक्त हुन्छ र कुन दृष्टिकोणबाट वक्तव्य निकाल्नुपर्छ भन्ने कुरा सिकाउनुभयो । उहाँले हाम्रो आन्दोलनप्रति गान्धीजीको पनि चाख रहेको कुरा त्यतिखेर थाहा पाउनुभएको रहेछ । अनि, सन् १९४८ जनवरी २८ का दिन, अर्थात् गान्धीजीको हत्या हुनुभन्दा दुई दिनअघि म लोहियाको साथमा लागेर गान्धीजीलाई भेट्न गएँ । उहाँले गान्धीजीसँग
मेरो परिचय गराउनुभयो । मैले त्यो दिन उहाँसँगै बिताएँ ।
लोहिया पनि साथसाथै हुनुहुन्थ्यो ?
हो । हामी बिहान नौ बजेतिर बिड्ला भवन पुगेका थियौं र साँझ चार-पाँच बजेतिर मात्र फर्कियौं ।
लोहिया पनि दिनभरि नै त्यहाँ बस्नुभयो ?
लोहिया केहीबेरमा हिँड्नुभयो । मैले गान्धीजीलाई भेट्नुभन्दा अघिल्लो दिन उहाँले मलाई जवाहरलालजीसँग भेट गराउन पनि लैजानुभएको थियो । लोहिया भेट गर्न कहिल्यै पनि समय लिएर जानुहुन्नथ्यो । त्यस दिन पनि गान्धीजीकहाँ जस्तै एकाएक पुगेर उहाँ नेहरूको कोठामा पस्नुभयो । तर, नेहरूलाई हामीले भेट्न सकेनौं । उहाँ कार्यालयमा हुनुहुन्थ्यो, इन्दिराजीचाहिँ घरमै हुनुहुन्थ्यो । त्यतिखेर उहाँ तीनमूर्ति भवनमा सरिसक्नुभएको थिएन ।
उहाँ मोतीलाल नेहरूमार्गमा बस्नुहुन्थ्यो ?
होइन । त्यो मोतीलाल नेहरूमार्ग थिएन । त्यसको अर्को कुनै नाम थियो । हामी त्यहाँ पुग्दा दिउँसोको खाना खाने समय भएको थियो । खाना पनि तयार थियो । तर, जवाहरलालजीले आफ्नी छोरीसँग हाम्रो विषयमा फोनमा कुरा गर्नुभयो र आफू खाना खान नआउने बताउनुभयो । तसर्थ, मैले उहाँलाई
भेट्न पाइनँ । लोहिया हाम्रो साथमा निरन्तर रूपमा रहनुहुन्थ्यो र हामीलाई प्रेरणा दिनुहुन्थ्यो । म र हाम्रो आन्दोलनका अरू नेतालाई मात्र होइन, सर्वसाधारणलाई पनि उहाँ पे्ररणा दिनुहुन्थ्यो । उहाँमा मानिसलाई आकषिर्त गर्ने अभूतपूर्व क्षमता थियो । तसर्थ, सुरुका दिनमा उहाँ हाम्रा लागि ठूलो सहयोगी हुनुभयो । त्यसपछि आन्दोलन सुरु भयो र म पक्राउ परें । यस सम्बन्धमा जवाहरजीलाई पनि सूचित गर्नुपर्छ भन्ने मेरा मानिसलाई लाग्यो ।
पक्कै पनि त्यसबेला लोहियाले नेहरूसँग मतभेद राख्न थालिसक्नुभएको थियो । विशेषगरी, जवाहरलालसँग लोहिया र अरू केही समाजवादीहरू टाढिनुभएको थियो ।
त्यो कुन सालतिरको कुरो हो ?
त्यो सन् १९४९-५० तिरको कुरो हो । म सन् १९४८ मा पक्राउ परें । जवाहरलालसँग सुषुप्त रूपमा भए पनि उहाँको ठूलै मतभेद थियो । मेरा अर्कै समस्या थिए । जवाहरलालजी पनि राष्ट्रिय आन्दोलनका हाम्रै नेता हुनुहुन्थ्यो । अझ, उहाँ त त्यसबेला प्रधानमन्त्रीसमेत बन्नुभएको थियो । तसर्थ, नेपालमा हुने कुनै पनि ठूलो आन्दोलनले भारतीय प्रधानमन्त्रीको सहयोग पाउन सक्नुपथ्र्यो । हामी जवाहरलालजीको पनि सहयोग चाहन्थ्यौं । त्यसका लागि जयप्रकाश नारायणलाई हामीले उपयोग गर्‍यौं । म नेपालमा भोकहडतालमा थिएँ । म मृत्युशय्यामा थिएँ । तसर्थ, मेरा आफन्तहरू जयप्रकाशजीकहाँ गए । मलाई मुक्त गर्न र मेरा माग पूरा गराउन नेपालका राणा प्रधानमन्त्रीलाई दबाब नदिने हो भने म मर्नेछु भन्ने उनीहरूलाई लागेको थियो । त्यसबेला जयप्रकाशजी गम्भीर दुर्घटनामा परेर अस्पतालमा उपचार गराउँदै हुनुहुन्थ्यो । उहाँको हड्डी भाँच्चिएको थियो र ब्यान्डेज लगाएर अस्पतालमै बस्नुभएको थियो । तसर्थ, मेरी श्रीमती र केही साथीहरू जयप्रकाशजीलाई भेट्न पटनाको त्यही अस्पतालमा पुगे । उहाँले अस्पतालबाटै नेहरूलाई फोन गर्नुभयो । अनि, नेहरूले राणा प्रधानमन्त्रीलाई मेरा सम्बन्धमा टेलिग्राम पठाउनुभयोे । हाम्रा लागि त्यो घटना ठूलो नैतिक प्रोत्साहन थियो भने राणाहरूका लागि अपमान थियो । हामीमध्ये कसैलाई मार्न सक्दा आन्दोलनलाई दमन गर्न सकिनेछ भन्ने उनीहरूले सोचेका थिए । हाम्रो आन्दोलनप्रति चासो राख्नुहुँदा जवाहरलाल नेहरू अन्तर्राष्ट्रिय प्रतिष्ठाको शिखरमा हुनुहुन्थ्यो । उहाँ ती दिनमा विशेषगरी दोस्रो विश्वमा अत्यन्त प्रतिष्ठित हुनुहुन्थ्यो । लोहियालाई भने नेहरूसँगको राम्रो सम्पर्क मन परेको थिएन । मेरो रिहाइपछि त्यही विषयलाई उहाँले कलकत्तामा एउटा मुद्दा बनाउनुभयो । त्यसबेला मैले लोहियाजीलाई भनेको थिएँ- ‘तपाईं गल्ती गर्दै हुनुहुन्छ । उहाँ प्रधानमन्त्री हुनुहुन्छ । हामीले उहाँलाई जतिसुकै घृणा गरे पनि वा जतिसुकै मन नपराए पनि उहाँ प्रधानमन्त्री हुनुहुन्छ र हामीले उहाँबाट आफ्नो काम लिनुपर्ने हुन्छ ।’ अनि उहाँले भन्नुभयो- ‘हेर्नुहोस्, तपाईं उनको सहयोग लिन चाहनुहुन्छ भने तपाईंले मलाई दुरुपयोग गर्न थाल्नुपर्छ, लोहियाको दुरुपयोग गर्न थाल्नुपर्छ ।’ मैले सोधें- ‘किन ?’ उहाँको जवाफ थियो- ‘त्यसो गर्नुभयो भने मात्र उनी खुसी हुनेछन् । र, तपाईंलाई सहयोग गर्न उनी खुसीसाथ तयार हुनेछन् । जबसम्म तपाईं मसँग रहनुहुन्छ वा म तपाईंको आन्दोलनको पक्षमा हुन्छु, उनले सहयोग गर्नेछैनन् ।’ मैले भनें- ‘यो त अति भयो । जे भए पनि हाम्रो आन्दोलन स्वतन्त्र आन्दोलन हो । तपाईंहरूबीच भारतीय राजनीतिमा जस्तोसुकै मतभेद भए पनि म तपाईं र जवाहरजी दुवैको सहयोग चाहन्छु । म तपाईंलाई छोड्नुपर्ने सर्तमा जवाहरजीको सहयोग कदापि पनि लिन्नँ ।’
यसबेला पनि अर्थात् आजको हिन्दुस्तानमा (१९७६ इसं) जयप्रकाश नारायणलाई लिएर त्यस्तै समस्या छ । जयप्रकाश नारायण र यहाँको संस्थापन पक्षबीच मतभेद छ भन्दैमा म त्यो मित्रतालाई कसरी त्याग्न सक्छु ? यसरी मसँग २००७ सालमा भने लोहियाको सन्दर्भमा केही समस्या उठे । अनि मैले भनें- ‘लोहियाजी, तपाईं कति तल्लो स्तरबाट बोल्दै हुनुहुन्छ भन्ने तपाईंले बुझ्नु नै भएको छैन ।’
म मन्त्री बनेपछि ममाथि लोहियाजी जमेरै खनिन थाल्नुभयो । सार्वजनिक सभामा समेत उहाँले ममाथि झूटो आक्षेप लगाउनुभयो । यसरी अन्ततः हामी एक-अर्काबाट टाढियौं । अनि, एउटा त्यस्तो बेला पनि आयो, हामीबीच बोलचालसमेत बन्द भयो ।
मैले गृहमन्त्री हुँदा एकपल्ट दिल्लीको औपचारिक भ्रमण गरेको थिएँ । त्यतिबेला मैले ठानेको थिएँ- जे भयो भइगयो, अब उहाँसँग सम्बन्ध सुधार्नुपर्छ । उहाँ त्यसबेला बाह्रखम्बारोडमा आफ्ना साथीहरूका साथ बस्नुहुन्थ्यो । तसर्थ, म कुनै सूचना नदिई उहाँकहाँ पुगें । म गृहमन्त्री थिएँ । तर, उहाँले मलाई सद्भाव देखाउनुभएन । उहाँ आउनुभयो र मेरो साथमा रहेका व्यक्तिलाई भेट्नुभयो । तर मलाई बस्समेत भन्नुभएन । उहाँले मलाई कुनै ऐरे-गैरेजस्तो व्यवहार गर्नुभयो । त्यसपछि म उहाँकहाँ कहिल्यै गइनँ, उहाँलाई कहिल्यै भेटिनँ । तर जब उहाँ पटना वा बनारस आउनुहुन्थ्यो, त्यतिखेर मेरी श्रीमतीलाई बोलाउनुहुन्थ्यो, उनलाई कफी बनाउन र बाहिरफेर जान आग्रह गर्नुहुन्थ्यो । कलकत्तामा पनि मेरी श्रीमती वा परिवारका कुनै सदस्य त्यहीँ छन् भन्ने उहाँलाई जानकारी भयो भने उनीहरूलाई भेट्नुहुन्थ्यो ।
तर, तपाईंलाई चाहिँ होइन ?
वास्तवमा उहाँले मलाई चिन्नै छाड्नुभएको थियो । तर त्यस घटनाको केही समयपछि उहाँले मसँग भेट्ने एउटा प्रयत्न गर्नुभयो । तपाईं भोला चटर्जीलाई त चिन्नु नै हुन्छ । उनी उहाँकै चेला थिए । तसर्थ, जयप्रकाश र लोहियाको विवादमा उनी लोहियाको पक्षमा थिए । उनले मकहाँ आएर भने- ‘लोहिया तपाईंसँग सम्बन्ध सुधार्न चाहनुहुन्छ, यस्तै-यस्तै ।’ मैले भनें- ‘बहुत राम्रो, म सम्बन्ध सुधार्न तयार छु । तर यसपटक उहाँ नै मेरोमा आउनुपर्छ, म उहाँकोमा जान्नँ । किनभने, मसँग तीतो अनुभव छ । यदि उहाँ मकहाँ आउनुहुन्न भने म पनि उहाँकहाँ जान्नँ ।’ यो स्कुले केटाकेटीको झगडाजस्तो सानो कुरा थियो । उहाँ मकहाँ आउनुभएन र म पनि उहाँकहाँ गइनँ । उहाँ मार्बलहाउसमा बस्नुहुन्थ्यो । म भने जनरल सुवर्णशमशेरको साथमा बसेको थिएँ । पछि सन् १९६० मा म पक्राउ परे । उहाँले त्यतिबेला पनि मप्रति सहानुभूति राख्नुभएन । मैले सात वर्ष जेलमा बिताएपछि भने उहाँले एकाएक गल्ती स्वीकार गर्नुभयो रे । उहाँले आफ्ना कार्यकर्ता कर्पुरी ठाकुरलाई र अरूलाई भन्नुभएको थियो- ‘हामीले गलत बुझेछौं । हामी उहाँलाई गलत बुझ्दै रहेछौं । ऊ लर्तरो मान्छे होइन रहेछ । उहाँ सात वर्षसम्म जेलमा बस्नुभयो र पनि विचलित हुनुभएको छैन । ऊ सानो मान्छे होइन । हामीले उहाँलाई सहयोग गर्नुपर्छ आदि ।’ उहाँले समाजवादी पार्टीमा सर्कुलर जारी गरेर हामीलाई सहयोग गर्न र हाम्रा कामको प्रचार गर्न निर्देशन दिनुभयो । तर, म जेलमुक्त हुनुअगाडि नै उहाँ दिवंगत भइसक्नुभएको थियो ।

अछामको एक गाउँका बासिन्दाले खानेपानी अभाव भएपछि कुवामा ताला लगाएका छन्

वेदप्रकाश तिमिल्सेना
अछाम: अछामको एक गाउँका बासिन्दाले खानेपानी अभाव भएपछि कुवामा ताला लगाएका छन् ।

खडेरीका कारण गाउँका पानीका मुहान सुकेपछि जिल्लाको रिडकोट गाविसका बासिन्दाले खानेपानी वितरणमा कोटा प्रणाली लगाउन ताला लगाएका हुन् । रिडिकोटको १, २ र ३ वडाका बासिन्दाको अधिकांश पानीका मुहान सुकेका छन् । पानीका धारा र नाउला -कुवा० सुक्न थालेपछि गाउँमा झगडा हुन थाल्यो । व्यवस्थित तरिकाले खानेपानी वितरण गर्न कुवामा ताला लगाइएका हौँ, रिडिकोट २ का इन्द्र कडायतले भने । रिडिकोटका तीन वडाका ६२ घरधुरीमध्ये हरेकलाई प्रत्येक दिन बिहान २० लिटर र साँझ २० लिटर पानी दिने नियम बनायका छन् । एक परिवारले दैनिक ४० लिटर पानीले पुर्याउनुपर्छ, स्थानीय रवि स्वाँरले भने । पानीको कोटा प्रणालीलाई व्यवस्थित गर्न गाउँलेहरूले स्थानीय युवा क्लबलाई जिम्मेवारी दिएका छन् । युवा क्लबका स्वयंसेवकले बिहान ७ देखि ९ बजेसम्म र साँझ ७ देखि ९ बजेसम्म मात्र कुवा खुल्ला गर्ने गरेका छन् । रिडिकोटका तीन वडाका बासिन्दा नुहाउन र घरमा पालेका चौपायालाई पानी खुवाउन टाढाको बुढीगंगा र छिपेखोला धाउने गरेको स्वाँरले बताए । यसैगरी अछाममा खडेरीका कारण खानेपानीका अधिकांश मुहान सुकेपछि जिल्लामा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको सदरमुकाम मंगलसेन, जैगड, बयलपाटा, विनायक, ठुलासैन, गैटाण, तुर्माखाँद, ढकारीलगायत ४० गाविसमा निकै समस्या रहेको सरसफाइ तथा सबडिभिजन कार्यालय अछामले जनाएको छ । अछाममा खानेपानीको हाहाकार भएको छ, जिल्ला सरसफाइ तथा सबडिभिजन कार्यालयका प्रमुख विनोद विश्वकर्माले भने, मुहानै सुकेपछि के गर्ने ? अछामका ग्रामीण बजारका अधिकांश होटल पानीको अभावमा बन्द भएका छन् ।

कठिनमय सुदूरपश्चिमको पत्रकारिता

कठिनमय सुदूरपश्चिमको पत्रकारिता
दिपायल – डिलबहादुर सिंह (०८ जनवरी २००७ १०:१९ बजे

सात दिन भयो राष्ट्रिय समाचार समितिका स्थानीय समाचारदाता चक्र कठायतले दुई पानाको एउटा समाचार लेखेको । दिनहुँ लेखेको समाचार हातमा लिएर उनी पिसिओ अगाडि कुरिरहेका हुन्छन । बिगत एक महिनादेखि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा टेलिफोन लाईन नियमित नहुँदा उनी मात्र होइन विभिन्न साचार माध्यमका लागि काम गर्ने सुदुरपश्चिमका पहाडी जिल्लाका पत्रकारहरुले यस्तै पीडा भोग्नु परेको छ ।

द्वन्द्वका क्रममा समेत सहज रुपमा साचालन भएका डोटी डडेल्धुरा र बैतडी सदरमुकामका फोनहरु हाल आएर दिनहुँ अवरुद्ध हुन थालेपछि यहाँ कार्यरत सञ्चारकर्मीहरूले सास्ती झेल्नु परेको छ ।

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पत्रकारिता गर्न निकै कठिन छ । एकातर्पु भौगोलिक विकटताका कारण पत्रकारहरुले समस्या भोग्नुपरेको छ भने अर्कोतर्फ साचार सुविधासमेत छैन भन्दा हुन्छ । कठायत भन्छन्- ूटेलिफोन लाइन आउने र जाने कुनै समय हुँदैन त्यसैले समाचार तयार पार्ने भन्दा पनि कसरी आफू कार्यरत साचारमाध्यमसम्म पुर्‍याउने भन्ने समस्या बढी छ ।ू

कठायतकै जस्तो पीडा अछामका बिनोद थापाको पनि छ । थापा रेडियो नेपालका लागि अछामबाट कार्यरत छन् । २०५८ सालमा ध्वस्त भएको टेलिफोन हालसम्म पनि सुचारु नहुँदा एक पाना समाचार फ्याक्स गर्न तीन घण्टासम्म पिसिओमा लाइन लाग्नु परेको दुखेसॊे उनी पोख्छन् ।

थापा भन्छन्- ूद्वन्द्वका क्रममा अवरुद्ध भएको टेलीफोन हालसम्म पनि सुचारु हुन सकेको छैन । साचारका साधनको अभावमा यस क्षेत्रका समाचारसमेत बाहिरका पत्रकारहरुले लेखि दिनु परेको छ ।

अछाममा कार्यरत पत्रकारहरुले टेलीफोन सेवा सुचारु गर्न एक महिना अगाडि मङ्गलसेनस्थित दूराचार कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । साचार सेवा केही समयभित्रै उपलब्ध गराउने कार्यालयका प्रमुखले आश्वासन दिएपछि ताला खोलिएको अछामस्थित नेपाल पत्रकार महासङ्घका सदस्य वेदप्रकाश तिमिल्सेना बताउँछन् । उनी भन्छन्- उतिबेला साचार सेवा दिने भने थाहा छैन अहिलेसम्म टेलिकमले दिने हो समस्या ज्यँू का त्यँू छ ।

बझाङमा कार्यरत पत्रकार लक्ष्मीराज जोशी साचार माध्यममा काम गरेको आम्दानीभन्दा बढी खर्च फोन र पुयाक्सको बिलमा गएपछि उक्त पेसा नै छोडेर हाल शिक्षण पेसा अँगालेका छन् । रेडियो नेपालका लागि बझाङबाट कार्यरत जोशी पत्रकारिता छोडेर बिगत छ महिनादेखि धनगढीस्थित निजी स्कुलमा अध्यापन गराउँदै आएका छन् ।

साचार सुविधा उपलब्ध भए पुनः पत्रकारितामा लाग्ने ईच्छा रहेको बताउने जोशी सदरमुकाम चैनपुरमा बसेर पत्रकारिता गरेर बाँच्न गाह्रो भएपछि आफूले शिक्षण पेसा अँगालेको बताउँछन् ।

नेपाल पत्रकार महासङ्घ डोटी अछाम शाखाका सभापति उद्धविसंह ढाँट पटक-पटक दूरसाचार कार्यालयसँग आग्रहगर्दा समेत टेलिफोन सेवा सुचारु हुन नसकेको बताउँछन् । सभापति ढाँट भन्छन्- ूदेशका बिगत बाह्र बर्षदेखि चलेको द्वन्द्वका कारण यस क्षेत्रका पत्रकारहरु साचार सुविधाबाट विाचत भएका थिए । हाल आएर पनि साचार सेवा सहज नहुँदा कार्यलाई्र निरन्तरता दिन सकेका छैनन् ।

दूरसाचार कार्यालय राजपुर दिपायलले डडेल्धुराको गाङखेत गाविसमा रहेको टेलिफोनको रिपिटर टावरमा आएको खराबीका कारण टेलिफोन सेवामा समस्या आएको बताएको छ ।

Previous Older Entries

Follow

Get every new post delivered to your Inbox.