सवाल जवाफ
11 Oct 2010 Leave a Comment
सवाल
�सुमित्रा वाङदेल ‘चेली’
दमक, झापा
पश्चिमबाट उदाउने घाम कस्तो होला,
धेरै देखेँ कृष्णहरू राम कस्तो होला,
देश हेर्छु उभिएर सुदूर पूर्वबाट
इलामले सोध्छ सधैँ अछाम कस्तो होला,
हाँगाबाट चुँडालेर फूल टिप्छन् यहाँ
झर्या फूल चढाउने घाम कस्तो होला,
मान्छे मात्छन् धन, मान, पद, प्रतिष्ठाले
नपिइकनै भात लाग्ने जाम कस्तो होला,
जवाफ
� रावल कृष्ण
अछाम
पूर्वपश्चिम उदाउने घाम उस्तै त हो
नियतिले लखेटेको राम उस्तै त हो ।
काँडा हाँस्छ झर्दा दुख्छ मेरो पाइलासँग
रोग, भोक, शोक, प्यास अछाम उस्तै त हो ।
मनको ईश्वर कहाँ खोज्छ फूलप्रसाद टिका
पूजा गर्ने भइगो मनको घाम उस्तै त हो ।
कलम छ नि हामीसँग किताब मधुशाला
अक्षर पिई मातौँ हामी जाम उस्तै त हो