साफे देखी कुइका सम्म
28 Sep 2010 Leave a Comment
साफे देखी कुइका सम्म
वेदप्रकाश तिमिल्सैना
नेपालगञ्ज वाट मोटरसाइकल यात्रा गरेर आएकोले थकित थिए । एक्लै मोटरसाइकल हाकेर साफे पुगेकाले पनि होला बढी थकान महसुुुस भैरहेको थियो । उज्यालैमा साफे पुगेपनि मंगलसैन अर्को बिहान जाने निर्णय गरेर स्थानिय एक होटलमा बस्ने र खाने प्रवन्ध मिलाए । सफेमा विदेशी पर्यटकको चाप बढेकाले होटलमा बास पाउन हम्मे परयो ।त्याहा दुइ कुराले निकै चर्चा बटुलेको थियो । मदिरा मुक्त जिल्ला र अछामले विकास र परिवर्तनमा फडको मारेको कुरा चर्चामा थिए । आजभोली अछाममा गाउटोल शान्त भएका छन । बजार संगै ग्रामिण क्षेत्रका दिदिबहीनीले पनि शान्तीको अनुभुती गरिरहेका छन यस्तै यस्तै कुरा भैरहेका थिए । कुरा सुन्दै गर्दा मलाइ पनि चासो लाग्यो । बुझनको लागी आफुले चिनेजानेका साथीभाइलाइ सोधे । उहाहरु बाट थाहा पाए अचेल त अछाम कागजमा मात्र नभएर ब्यभारिक रुपमै मदिारा निषेधित जिल्ला भएछ । कागजी रुपमा मुलुककै पहिलो र एक मात्र जिल्लाको मदिरा सेवन नगर्ने एक बासिन्दा लाइ यो सुन्नपाउनु ठुलै सफलताको कुरा थियो । म साझतिर दुबै साफे हाटबजार र एअरपोर्ट बजार घुमे । जहा तही मदिराविरुद्धका कुरा मात्रै सुनिने त्यती भएपछि मेरो खुसीको ठेगाननै रहेछन । आजभोली गाउघरका नामुद सुराप्रेमीहरु सामाजिक जागरणको अभियानमा रैछन । मेरोपनि साफेमा हिडदै गर्दा एक समुहसंग जम्काभेट भयो ।उनहिरु ग्रामिणइलाकाका बिद्यालयमा मध्यपान र धुम्रपानका बिषयमा चनचेतना मुलक कार्यक्रम गरेर फर्किदै गरेका रैछन । अछामका ७५ गाविसमा यस्ता समुह क्रियासिल छन । साफेबगरमा मात्र होइन सबै अछाम मदिरा बिरुद्ध छ मैले आफु पत्रकार हु भनेर परिचय गरेपछि समुहका टोलीनेताले मसंग गफिदै भने अव यस पछि हामी अछामका सबै जागरण समुहका सदस्य छिमेकी जिल्लामा जादै छौ । हाम्रोमा भ्याइयो अव बाजुरा जाने टोलीका एक अधबैसै सदस्यले बडो फुर्ती साथ भने चौखुट्टे आसपासका समुह डोटी जान्छन । विनायक सेरोफेरोका समुहका सदस्य दैलेख जान्छन उनि भन्दै गए तुर्माखादका र ढकारीका साथीहरुले पनि खवर पाइसकेका छन उनिहरु सुर्खेत तिर हिदै छन । बारला र कालेकाडाका साथीहरु कालीकोट जान्छन जिल्लामा भएको सञ्चार विकासले पनि हाम्रो अभियानमा सघाएको छ आफुसंग भएको ११ सिम लाग्ने मोवाइल सेट देखाएर टोलीनेताले भने अछाममा ११ वटा दुरसञ्चार कम्पनिले सेवा विस्तार गरेका छन । यसले हामीलाइ मात्रै होइन सबै लाइ सजिलो बनायको छ । सेती मोवाइल मा आएको फोन रिसिभ गर्नु अघि उनले वेलिविस्तार लगाए । हाटवजार बाट एअरपोर्ट बजार फर्किने बेला म उनीहरु संग साफेको पुलवजारमा गफिदै थिए । मदिरा विरुद्ध जागेका पहिलेका सुराप्रेमी संग विदावादी हुदा सम्म साझको आठ बजिसकेको थियो । एअरपोर्ट बजार जान लागेको गुल्जार पुलवजारमा एक छिन रोकीन बाध्य भए । पुलबजारनेर पैदलयात्री लाइ सजिलोका लागी फलडलाइ जडान गरिएको थियो । नेपाल बिद्युत प्रधिकरणको कैलास खोला साना जलविद्युत केन्द्रले पुलतिर फर्काएर लगाएको लाइटको उज्यालाले बढीगंगा नदी ,पुल र पुल वजार गुलजार बनेको थियो । जिर्णपुल लाइ हटाएर जिल्ला बिकास समिति , अछामका राजनिनिज्ञ , राजनितिक दलकोप्रयासमा बनेको नया पुल चम्किरहेको थियो । अनन्तर यात्रामा निरनतर हिडिरहेको बुढीगंगा नदि माथी स्थाइरुपले उभिएको पुल फलडलाइटको उज्यालोमा कम्ती राम्रो देखिएको थिएन । त्यो पुल लाइ नया रुपमा ढाल्न सहयोग गर्ने गृहमन्त्री भिम रावल , अछाम १ का सभासद सेरबहादुर कुवर पुर्व मन्त्री ,भिमबहादुर कडायत पुर्व राज्यमन्त्री गोविन्दबहादुर शाह र अछामका तिन मुख्य राजनितिक दल एनेकपामाओवादी , नेपाली कांग्रेस र नेकपा एमाले लाइ धन्यवाद दिदै स्थानिय जनताका तर्फ वाट बनाएर झुन्डाइएको ब्यानर पनि उज्यालोमा स्पष्ट देखिन्थ्यो । अध्यारो बढदै थियो त्यस लाइ मध्यनजर गर्दै म एअरपोर्ट बजार तिर अघि बढे । बढुीगंगा नदिकिनारमा नदिनियन्त्रण गर्न ब्यवस्थित तटबन्धन बनाइएको छ । त्यस्तै तटबनधन छिपेखोलामा पनि बनाएको छ हाम्र नेता ज्युहरुले धेरै काम गर्नु भो साफेवगर अव नदिकटानको समस्या बाट जोगियो म संग हिडिरहेका एक अपरिचत ब्याक्तीले कुरामा कुरा थपे । एकै छिन पछि होटेल आइपुग्यो म खाना खान तर्फ लागे । साफे पुरै चकमन्न उज्यालो छ । कहिकतै मदिरा सेवन गरेका हरुको आवाज सुनियन । पुरै सान्त छ साफे आफनो नया गति समाउदै छ । मेरो बगलमा बसेर खाना खाइरहेका अपरिचित संग पचिय गर्न मन लाग्यो । मैले खानाखादै तपाइ नया जस्तो देखिनुहुन्छ भने उनले बोल्नसुरु गर्न नपाउदै होटलका साहुजीले उहा एरपोर्टको नया हाकीम भनेर भने । उनि हवाइ प्राधिकरणका साफे एअरपोर्ट इनचार्ज रैछन । एअरपार्ट धेरै ब्यस्त हुन थाले पछि प्राधिकरणले उपसचिवको दरवन्दि कायम गरिउनलाइ साफे पठाएको रहेछ । केही समय अघि पिच भएको साफेबगर बिमानस्थल अचेल निकै ब्यस्त बनेको जानकारी पाइयो । म पनि २ बर्ष पछि आफनो गृह जिल्लामा फिरेको थिए । दुइ बर्षमा त अछाम पुरै बदलिएछ सबै नया । चारै तिर परिवर्तन । खाना खाएर निस्कदै गर्दा एक समुह पनि होटल तिर आयो । विमानस्थल कार्यालयका इन्चार्जको माध्यम बाट म त्यो समुह संग एकाकार भए । उनि हरु निजिक्षेत्रका वायु सेवा कम्पनीका साफेविमानस्थि स्थित कर्मचारी हरु रैछन । उनिहरु बुद्ध एअर ,यती एअर ,सिता एअर जस्ता यात्रु बाहक कम्पनउनी र फिस्टेल एअर ,डाइनेष्टिक एअरका कर्मचारी रैछन । त्यती सुने पछि मेरो खुसीको सिमानै रहेन । साफेबगर बिमानस्थलमा आन्तरिक पर्यटक भन्दा बढी सात समुन्द्र परको बिश्वका बिदेशी पर्यटक आउदा रैछन । खप्तड , रामारोशन क्षेत्र घुमन आउने पर्यटक बिमान बाट साफेआउदा रैछन । धार्मीक यात्रामा निस्किने भारतीय पर्यटकको संख्या पनि उल्लेख्यमात्रामा रहेछ । युरोप , अमेरिका , जापानका पर्यटक पदयात्राका लागी आउदा रहेछन सबैकुरा निजिबायुसेबा कम्पनिका कर्मचारीले बेलीविस्तर लगाएपछि मात्र थाहा भयो । साफेममात्र नभएर कमलबजार विमानस्थ पनि ब्यथस्तेरहेको जानकारी पाइयो । कमल वजार विमानस्थलबाट त झन अन्तराष्ट्रिय उडान पो हुदो रहेछ । त्यसका लागी अछाम २ का सभासद सरदसिंह भण्डारी र पुर्व सांसद रामबहादुर विष्टले निकै मिहिनेत गरेको एकै छिन गफिएर छुट्टीनु अघि थाहा पाए । म पुन आफुबस्ने ब्यवस्था गरेको होटेलमा पुन फर्किए । त्यतीवेला सम्म रातिको ११ बजिसकेको रहेछ । अर्को दिन बिहान मंगलसैन हिडनुपर्ने भएकाले म वेडमा पल्टिए । कैलासखोलामा पाच ठाउमा बिद्युत उत्पादन हुने गरेको र पाच मेगावाटको बुढीगंगा परियोजना सम्पन्न भैसकेकाले होला लोडसेडि· भएको थाहा भएन । अछामका ७५ गाविसका सबै ६ सय ७५ वाडमा बिद्युत पुगीसकेको छ । साफेआसपासका गाउ झिलमिली छन । मैले बिद्युतका वारेमा चासोलितिलए पछि कोठामा पानी राख्न आएका होटेलमा काम गर्नर्े भाइ वाट थाहा पाए अछाममा उत्पादीत बिद्युत त टाढाटाढा पुगेको रहेछ । माथीतिर हुम्लामा चिनको सिमा सम्म उज्यालो दिने हाम्रै कैलाश र बुढीगंगाको उत्पादन रहेछ । त्यसपछि अर्को बिहान साफेबगरमा गुडने मोटरको आवाजले मेरो निन्द्रा भंग भयो । म पनि चाडो तयार भएर आफनो मोटरसाइकल स्टार्ड गरेर अघिबढी रहेको थिए । साफेबगरमा पर्यटकका ठुला तिन समुह देखे । दुइ समुह जसमा युरोप अमेरीका तिरका मानिस हरु पदयात्रामा खप्तड र रामारोशन तिर हिडने सुरु गर्दै थिए । भारतिय पर्यटक भने पबित्र धार्मीकस्थल बाबा बैजनाथको दर्षनका खातीर बैजनाथक्षेत्रमा जान तयार थिए । कोही पर्यटक छिपेखोला र बुढीगंगाका तस्विर आफनो क्यामरामा कैद गर्न ब्यस्त थिए । त्यो हेरे पछि मोटरसाइकल पुर्न स्टार्ड गरेर साफेबगर बाट अघि बढे । एक मिनेटमै साफेबगरबाट छुट्टीएपछि ६ लेनको साफेमंगलसैन मार्गमा प्रवेस गरे । सुबीधा सम्पन्न त्यस्तो सडकमा यात्रागर्ने अवस नेपालमा अछाममा मात्रै सम्भव छ । मुलुकभरमा अर्को यस्तो सम्पन्न सडक छैन । भारतसरकारको सहयोगमा बज्रगुरु कन्ट्रक्सनलेले युरोपिएन मापददण्डमा निर्माण गरेको सडकमा यात्रागर्न पाउनुत खप्रमै लेखेर आउनु पर्छ । म पनि ६ लेनको सडकमा हुइकिदा यस्तै यस्तै सोचिरहेको थिए यस्तो सुविधा मेरो अछाममा मात्रै सम्भव छ अन्त कहा । यस्तै यस्तै कल्पना गदैगर्दा मैले १ घण्टा भित्रमा मंगलसैन छुए । मंगलसैन जाने राजमार्ग र आहोदोहर गरिरहेका गाडी देख्दा टेलिभिजन देखीने युरोपको स्वीजरल्यान्डमा देखीने जस्तै दृश्य । त्याहा गएका लाइ बढी थाहा होला तर मैले भिमा देखे अनुसार ठयाक्कै त्यस्तै । यति राम्रो सडक बनाएपछि क्यावात बज्रगुरु कन्ट्रसन नभन्ने कोहोला । त्यस अघि बाटोमो बयलपाटा र जयगढमा केही मिनेट परिचितहरु संग साच्क्षातकार गर्ने मौका पाएको थिए । मंगलसैन पुग्दा बाटोभरी नै दुइ बर्षमा अछाम पुर्ण रुपमा ब्यभारमानै मदिरा निषेधित जिल्ला भएको र जिल्लाले विकासमा फडको मारेको चर्चा चलिरहेको थियो । त्यसको उदाहरण अछामले यती चाडै विकासमा कसरी फडको मारयो र अछाम जिविसले कसरी आफुलाइ भ्रष्टाचार सुन्यबनायो भनेर बुझन संयुक्त राष्ट्र संघको नेतृत्वमा एक टोली पनि मंगलसैन जनाका लागी बाटोमा थियो । त्यस टोलीमा सुरक्षा परिषदका स्थाइ तथा अन्य सदस्य देशका प्रतिनिध थिए ।उनीहरु सवार गाडी र म संग संगै थियौ । उनिहरुको जिविसमा पुग्नका लागी आएको कैलास खोलामा एकै छिनको बसाइमा उनिहरुका दोभासे एक जना नेपालीलेनै सुनाएका थिए । अछाम जिविस बिश्वकै भ्रष्टनचार नहुने संस्थामा सुचिकृत रहेछ ।तेश्रो बिश्वको एक मात्र संस्था रहेछ अछाम जिविस भ्रष्टाचार नहुनेमा । युएनको त्यो टोली अछाम जिविसले गर्न सकेको आर्थीक पार्दषिर्ता र आर्थीक मित ब्ययीता यहा बुझेर आफनो संस्थामा लागु गर्ने पनि दोभासे नेपाली बाट थाहा भयो । यति सुने पछि मेरा शिर पनि गर्वले उचो भयो । क्या वात अव युएनले पनि भ्रष्टाचार रोक्न अछाम बाट सिक्ने भयो यही हो महान उपलब्धी मलाइ त्यस बखत लाग्यो । भ्रष्टाचारमा मात्र कमी आएको छैन अचेल हाम्रा दाजुभाइहरुको आचरणमा पनि सुधार आएको छ सभ्यतामा गतिलो पर्गती भएको छ ।मैले बाटो भरीमा पहिलेजस्ता मदिरा सेवनगर्नेका समुह र पसलमा गफगरेर उर्जावान समय त्यतीकै खेरफाल्नेहरु कही कतै देखेन । बाटो भरी म्यारिज र कलविरेक खेल्नेका झुंडपनि पहिलेका स्थानमा थिएनन । थिएत केवल आफना काममा संलग्न हरु जो आफनो दक्षता अनुसारको काम गरिरहेका थिए । सफा सडकमा पहिलझै मदिराका खाली बोतल र गुटका खैनीका खाली पुरीया थिएनन । राजमार्ग बाट सदरमुका मंगलसैन वजार क्षेत्र प्रवेस गर्ने सडक झन चौडा बनाइएको पाइयो । म ६ लेनको राजमार्ग बाट मंगलसन वजार क्षेत्र जोडने ८ लेनको सडकमा प्रवेस गरेर बजारको मुख्य चौकमा पुगे मंगलसैन बजारको ढल निकास गर्ने कार्य मुलुकमै उदाहरणीय रहेछ । कस्तो गजवको ढलनिकास गरिएकोे त्यसको वारेमा बुझना मुलककम अरु जिल्ला बाट अध्यनभ्रमण टोली मंगलसैन मा आएको समेत देखीयो । सदरमुकाममा पुग्ने वित्तिकै त्याहा पनि नौलो ठाउमा पुगेको अनुभव भैरहेको थियो । किनकि मंगलसैन वजार पनि मदिराका समस्याबाट मुक्त भैसकेको रहेछ । आजभोली सदरमुकाममा होटेलका ग्राहक दारुको साटो दहि दुध घिउ लगाएत सितन -दुग्दपदार्थ) को माग बढेको पाइयो । सदरमुकाममा सितन -दुग्दपदार्थ) को माग बढे पछि आसपासका गोठ छानाले पनि नया जिवन पाएका छन । सदरमुकाममा कामका लागी आएर मदिरा सेवन गरी तान्डव देखाउनमा चर्चित रहेका शिक्षक हरु र विकास आयोजनाका उपभोक्ता समितिका अध्यक्षहरु आजभोली पहिले नै होटलमा फोन गरेर दहि दुधको अर्डर गरि राख्दा रहेछन । अछाममा दशकौमा सुधार नभएको कुरा दुइ बर्षमा नै भएछ गजवको गतिलो परिवर्तन देख्न पाइयो । शिक्षक हरुले जिल्ला शिक्षा कार्यालयमा हालै बुझाएको एक ज्ञापनपत्रमा मद्यपान र धुर्मपानले गर्ने असरका बिषयमा एक बिषय थप गर्न उल्लेख गरेकोकुराको चर्चा सदरमुकाममा जहतही सुनीन्छ । सदरमुकामको रुप फेरिएको छ । बजार क्षेत्र सफा छ । फोहर कहिकतै देखिदैन अछामका राननितिक दल र उद्योबाणीज्य संघको नेतृत्वमा सदरमुकामको रुप फेरिएको कुरा सबैले गर्वसाथ सुनाउछन । बजार क्षेत्रमा सार्वजनिक सौचालय पनि अहिले १० जति बढी बनाइएको पाइयो । १० वटा सौचालयमा महिला र पुरुषका लागी फरक फरक सौचालय बनाइएको देख्न पाइयो । मंगलसैन संग जोडिएको अछामी राजाको दरवार पुन निर्माण भएर राज्यले त्यसलाइ अछाम संग्राहलयमा परि गरिसकेको देख्न पाइयो । पुननिर्माणमा संलग्न निर्माण यवसाहीले तय समय भन्दा अघि नै काम सम्पन्न गरेकाले दरवार लाइ संग्राहलय बनायएर यति चाडै पर्यटकका लागी खुल्ला गर्न सम्भव भएको हो । कुनै वेला सदरमुकामको सडक राम्रोभएन भनेर सडक रोपाइ गरेर गरेको विरोध पर्दषनमा सहभागी मेरा लागी शहरी विकास कार्यालय डोस डोटी र मंगलसैन नगरविकास समितिको सहकार्यमा निर्माण सम्पन्न ८ लेनको बजारक्षेत्रको सडकमा मैले एक फन्को लगाए । सदरमुकाम को स्वरुप फेरेकोमा मैले मनमनै अछाम स्थित मुख्य राजनितिक दलहरुलाइ बधाइ दिए । मंगलसैनमा डुल्दै गर्दा भेटिएका अछामका प्रहरी प्रमुखले दुइ बर्षयता अछाममा मदिराका कारण कुनै उजुरी प्रहरीमा नआएको र मदिरा मुक्त भए पछि अछाम शान्त रहेको जानकारी पाइयो । अनि अछाममा स्वास्थ्य क्षेत्रमा पनि उपलव्धी फेला पारियो । अहिले जिल्लामा एक दर्जन जति चिकित्सक हरु नियमित उपस्थित पाइयो । सबै अछामीले स्वास्थय सुवीधा पाइरहेका स्वय सर्बसाधारणका मुख सुनीयो ।सदरमुकाममा पनि पहिले झै बिद्युत संकट रहेनछ । रातदिन कम्पयुटरमा ब्यस्त मदिनिस पनि त्यतिकैमा भेटिए । पहिले दुइ बर्ष अघि लोडसेडि·मा बिद्युत समस्याले फुर्सदिला देखिने मेरा सञ्चारकर्मी मित्रहरु आजभोली समस्या मुक्त रहेका छन । मैले पनि त त्यो समस्या पहिले उनीहरु संगै भोगेको हु । अव म पनि नया अवस्थामा साथीहरु संग कृयासिल हुने छु । अछामको सञ्चार अभियानमा साथीभाइहरु संग हास्टेमा हैसे गर्ने छु ।सदरमुकाममा सक्रिय हुनु अघि मेरो आफ्नो गाउ कुइका पुग्ने कार्यक्रम भएकाले त्यही साझ ठुलासैन तिर बढे । साफे मंगलसैन मार्ग जस्तै ठुलासैन भएर विनायक जाने मध्य पहाडी राजमार्ग पनि निकै ब्यवस्थितरैछ । मैले पहिले सबै भन्दा बढी मोटरसाइकल यात्रा गरेको मंगलसैन देखी ठुलासैनको पहिले र अहलेको यात्रामा धेरै फरक अनुभुति गरे । ६ लेनको सडकमा हुइकिदै ठुलासैन पुगे पछि मेरो स्मृतीपटलमा ति दिन ताजा भैगए । जतिबेला म सुचना बाट टाढा रहेका अछाम र अछामी लाइ सञ्चारको मुलपर्वाहमा ल्याउने उद्धेश्य लिएर त्यस डाडामा पुगेको थिए । जहा मैले मेरा साथीहरु संग मिलेर अछामा एफ. एम. रेडियो बजाउने सपना लाइ सकारपारेको थिए । जिवनको उर्जावान समय विताएको ठुलासैन मेरा लागी नौलो नएपनि म भने केही अलग अनुभुति गरिरहेको थिए । पहिले त्याहा पानी थिएन अचेल ठुलाठुला धारा पडकीरहेका छन । पानी पुगे पछि ठुलासैन वजारको रुपैफेरिएको छ । सुन्दर ठुलासैनमा पहिले भन्दा जनघनत्वबढे पछि झनै सुन्दरता थपिएको छ । त्यही साझ म केही घण्टा ठुलासैन रोकिएर अघि बढे । फराकीलो सडकमा रमाइलो यात्राका अनुभव सगाल्दै तत्कालका लागी मेरो पुरानो कर्मभुमी बाट ओझेल भए । नजिकैको चिण्डेको जंगलमा गाइ, भैसी , गोरु र बाख्रका बथान भेटिए । त्याहाको त माहौल नै फेरिएको । अछाममा मदिरा लाइ जनताले नकारे पछि सितन -दुग्ध पदार्थ ) र मासुको माग बढेकाले त्याहा ब्वसाहीक पसु पालनका लागी भैसी र्फम र गाइ गोरु र्फम र बाख्रा र्फम खुले छन । लोपोन्मुख नौमुठे गाइले चिन्डेमा नया विनपो पाएछ । मैले चिण्डेमा गाइगोरु ,भैसी र बाख्रका बथान देखै पछि ८० को गतिमा रहेको मोटर साइकल रोकेर पसुपालनका कारेमा र्फमवाला हरु संग गफ गर्न सुरु गरे । सडक किनार नजिकैको र्फममा जादा त्याहा रहेको टेलिभिजन सेटमा एउटा नेपाली सेटेलाइट च्यानलमा पसुपालन सम्वन्धि आइरहेको कार्यक्रम हेर्न सबै ब्यसत थिए । अछामीले मदिरा त्यागे पछि जिल्लामा पसुपालन बढेको उनिहरुले उत्साहीत हुदै सुनाए । त्याहा केही मिनेट अघि बढे पछि म मोटर साइकल स्टार्ड गरेर विनाइक तिर हुइकिए जहा बाट मलाइ कुइका जानु पथ्र्यो । ठाटी खादमा चिया खान सुरले रोकिए । एक होटलमा गएर चिया पिउदै साहुजी लाइ दारुको वारे साधे उनले त त्यो कुरा सुन्नै चाहेनन् । क्या गजव रैछ तयाहा सबैले दारु सेवन गर्नत परैजाओस कुरा गर्न पनि नचाहने । त्याहा चिया खादै गर्दा काठमांडौ बाट प्रसारित नेटवर्क रेडियोको समाचार बजीरहेको थियो । सुरुमै अछामको समाचार रैछ । अन्तराष््रिय एजेन्सि हरुले गोप्य रुपमा बिश्वभरी गरेको अध्यनअनुसनधान मा चिट नचोरेर पास हुने बिद्यार्थी अछामका मात्रै रहेको र यो अछाममा शिशु कक्षा देखी उच्चमावी हुदै स्नातक सम्ममका बिद्यार्थीलाइ चिट चार्ने अर्थात नकलगर्ने वारे थाहा नभएको पनि समाचारमा उल्लेख भएको थियो । त्यसैले संयुक्त राष्ट्रसंघको महासभाले अछाम लाइ सम्मान प्रदान गरेका पनि समाचारमा उल्लेख भयो । म चिया खाए पछि म अगाडी बढे । म लाइ मेरो घर पुग्न गैरीटार बाट सजिलो हुने भए पनि विनायक जानै पर्ने मन मान्दैन म गैरीटार बाट बिनायक गए । किनकी विनायक बाट पनि कुइका जोडने सडक बनिसकेको छ । अछाममा त चम्तकारै भएछ जता ततै परिवर्तन भएको वास्तवमै चमत्कारिक परिवर्तन । विनायक पुगे पछि मदिराबिरुद्ध कुरा हनेनै भयो । अछाम र अछामी लाइ मदिरा बाट मुक्त गरेर छिमेकी जिल्लामा मदिरा विरोधमा अभियान छेडन जाने दर्जनौ समुह विनायक वजारमा जुटीरहेका थिए । अर्को विहान उनिहरुका समुह अबिढने रहेछन दैलेख , सुर्खेत र कालीकोट तिर । त्याहा छलफल गरेर अघि बढन खोजेका रहेछन । ढकारी देखी तुर्माखाद सम्मका सबै विनायकमा जुटेका थिए । उनि हरुको गतिविधि लाइ कमलवजार विनायभएर रयाफटि·का लागी कणर्ाली नदि तिर जान लागेका पर्यटक हरु पनि अफना लक्जरी बस रोकेर रमाइलो मानी तस्विर लिदै अघि बढदै थिए । सात समुन्द्र पारीका पर्यटक बास्तवमै अछाममा मदिराको एक थोपा नपाइने कुराले अचम्ममा परेका थिए । यहा मात्रै दुधजन्य पदार्थ पाइन्छ पर्यटक हरुका दोभासे उनिहरुलाइ बुझाउनमा लागेका थिए । विनायक बजारमा सबै भन्दा आकर्षक पञ्चदेवललाइ विचमा पारेरे बनाइएको पार्कर्को सुन्दरता राती झन बढी हुदो रहेछ । नेपाल बिद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन जोडिदिए पछि विनायक झिलिमिली छ । विद्युतको उज्यालोको प्रकासले पञ्जदेवल आकर्षक देखिएको छ । जति अध्यारो बढदै छ विद्युतको उज्यालोले विनायक लाइ रंगिन बनाइरहेको छ । विद्युत पुगेपछि विनायकले सञ्चारमा पनि फडको मारेको त्यहा जडान गरिएका नेपाल टेलिकम र निजि मोवाइल सेवा प्रदायककम विटिएस देखिए पछि थाहा भयो । विनायकको आकासमा ११ बटा मोवाइल कम्पनीका तरंगको पहुच बिस्तार भएको रहेछ । अझ थप गरिवी निवारण कोषको सहयोगमा कालीकाआइटी मार्फत गंगोत्री ग्रामिण विकास मञ्चले बयलपाटामा मुख्य केन्द्र राखेर सुरु गरेको वाइफाइ प्रविधिको इनटरनेट विनायका पनि पुगेको पाइयो । युरोपको भन्दा पनी तिब्रगतिको भनी दावी गरिएको इनटरनेट सेवा एकै छिन भए पनि मैले चलाए । बिदेशी पर्यटकका लागी भनेर गंगोत्रीले विनायमा खोलेको साइवरक्याफेमै इन्टरनेटको मजालिइयो । विनायकको आकासमा पनि बोइङ्ग र एअरवस क्पनी द्धारा निर्मित ठुला जहाज मज्जाले देखे । कमलवजार विमानस्थलमा अवतरण हुन लागेको विमानकको आवाज तरंगित हुनेरैछ त्यो विनायका सुन्न पाइयो । यति मात्रै कहा हो कमलवजारमा रातीको समयमा पनि विमान अवतरण भएको देखीयो । यो अमेरीकी विमान हुनुपर्छ यतिखेर न्ययोर्क बाट आउने जहाज आइपुग्छ मोटरसाइकलको पछि बसेका मेरा एक आफन्तले भने ।होइनन जापानको ओसाकाको जहाज पनि त यतिखेरै आउछ त्यती मात्रै कहा हो रात दिन गरेर २४ घण्टा भित्र दुइ दर्जन जति जहाज अवतरण गर्ने र उडान भर्ने गर्दछन उनि भन्दै गए । कमलकजार जहाज कमलबजार एअरपोर्टमा अन्तराष्ट्रिय स्थरको सुविधा प्रदान गरिएको जानकारी विनायकमा नै पाइयो । त्यसैले विनायकमा जापान , युरोप र अमेरीकातिरका एअरलाइन्सले सेल्स कार्यालयनैै खोलेको पनि देख्ने मौका मिल्यो । मैले ति सेल्स कार्यालय अघि उभिएर साथीको सहयोगमा आफनो केही स्नयाप फोटो पनि खिचे ।रातिको नौ वजे कमलवजार विमानस्थलमा अवतरण हुन लागेको वोइ·को लाइट हेरी फोटो कैद गरिसके पछि मध्यपहाडी राजमार्ग बाट कुइकाको रि· रोड समातेर मोटरसाइकलमा घर तिर जादै थिए एकाएक नेपालगञ्ज पुस्पलालचौक नेपालगञ्ज झर्नोस भनेको आवाज सुनियो म झस्किय यसो हेछु मत कियागाडीमा पो रहेछु । धनगडीबाट नेपालगञ्ज आउनका लागी बिहानै बान्तारोक्न ३ टयावलेट डेभोमिन औषधी खाएर कियामा वसेको भुसुक्कै निदाएर सपना पो देख्न थाले छु । बिउझिए पछि रुमालले मुख र आखा पुछदै किया गाडी बाट नेपालगञ्जमा उत्रियएर अर्को गन्तब्यमा पुग्न रिक्सा खोज्न थाले ।