रंगीन रारा

रंगीन रारा
छिनछिनमा रंग बदल्ने रारा जति मोहक छ, जैविक विविधताले भरिपूर्ण यो क्षेत्रको यात्रा पनि उत्तिकै रोमाञ्चक हुन्छ।
शैली बस्नेत
रारा ताल
संसारमा सबैभन्दा नीलो पानी कहाँ छ भनेर कसैले सोध्यो भने रारा पुगेको जोसुकैले उत्तर दिन्छ- रारा तालमा। रारा नेपालको सबैभन्दा ठूलो तालमात्र होइन, सबैभन्दा बढी कविता लेखिएको ताल पनि हो। भनिन्छ, यहाँ पुगेपछि ढुङ्गाको मन भएकालाई पनि कविता फुर्छ। राराको पानी सधैँ नीलो हुँदैन, पानीले घरीघरी रंग फेरिरहन्छ। आजसम्म कसैलाई पनि थाहा छैन, ताल भित्र बसेर पानीमा थरीथरीका रंग घोल्ने काम कसले गरिरहेको छ? अर्को अचम्म त के छ भने, तालको पृष्ठभूमि पनि सधैँ एउटै देखिँदैन, बदलिइरहन्छ, सिनेमाको फ्रेम बदलिए जस्तो।

दश हजार फिटको उचाइमा दश वर्गकिलोमिटरमा फैलिएको यो ताल हेर्दा पानीको निकास देखिँदैन। तालको पश्चिमी सतहको तुलनामा पूर्वी किनारा होचो छ, तर पश्चिमतिरकै अग्लो किनाराबाट पानी बाहिर निस्किन्छ। पहिलो पटक रारा दहमा पुग्दा कुनै दैवी लोकमा आए झै लागेको थियो पर्यटन व्यवसायी कर्ण शाक्यलाई। रारा पुगेपछि सास पनि रोकेर प्रकृतिमै हराइरहौं जस्तो हुन्छ, सास फेर्दा पनि हल्ला भएजस्तो लाग्छ शाक्यले राराको वर्णन गर्छन्। विषय विविध पुस्तकमा उल्लेख भएअनुसार, डा. हर्क गुरुङलाई घुर्चीलेकबाट रारा हेर्दा बिहानीपख अनन्त आकाश ‘र्लने, एउटा ठूलो ऐना जस्तो लागेको थियो।

मुगुको ताल्चा विमानस्थल।
ताल वरिपरि फन्को लगाउनका लागि गोरेटो पनि छ। स्नो ट्राउट माछा देखिने राराको कञ्चन पानीमा हाँस, जलेवा, कर्‍याङकुरुङ जस्ता चराहरू जलक्रीडामा मग्न हुन्छन्। यात्राको थकाइ मेट्न र बिहानदेखि बेलुकीसम्म राराले फेर्ने विभिन्न रुपको रस लिन एक दिन रारा ताल छेउ विताउनै पर्ने हुन्छ। तालबाहेक निकुञ्ज क्षेत्र पनि घुम्नका लागि राम्रो गन्तव्य हो। यहाँ गुराँस, ब्ल्याक जुनिपर, हिमालयन स्प्रुस, ‘क, हिमालयन साइप्रस जस्ता फूलमात्र होइन, कस्तुरी मृग, हिउँ चितुवा, थार, वन भेडा जस्ता दुर्लभ जनावर र स्नो कक, कोग्मु डाँफे, च्याँर, लरुवा, प्युरा जस्ता पन्छीको पनि दर्शन पाइन्छ।

कसरी पुग्ने?
रारा ताल पुग्ने सबैभन्दा सजिलो बाटो मुगुको ताल्चा विमानस्थल हो। नेपालगञ्जबाट जहाजमा ताल्चा ‘र्लिन सकिन्छ। यहाँबाट जम्मा तीन घण्टाको हिँडाइमा रारा पुगिन्छ। तर, राराका साथमा प्रकृतिका अरू छटा र जीवनलाई पनि नजिकबाट नियाल्ने हो भने जुम्लाबाट रारातर्फ पैदल यात्रा गर्नु बेस हुन्छ। नेपालगञ्जबाट जुम्लाको बाटो जाने हो भने लगभग पाचौं दिनमा रारा पुग्न सकिन्छ।

जुम्लाबाट हिँड्नेहरूका लागि डाँफे लाङ्गनामा पहिलो बास उपयुक्त हुन्छ। घुमर्ती हुँदै सिस्नामुलको बाटो लागेेपछि पहिलो दिन नै जङ्गलको रमाइलो लिन सकिन्छ। दोस्रो दिनको गन्तव्य चौथा हो। थारमारा, सिंजा खोलाको किनार हुदै न्याउरेका आलु र गहुँको खेत हेर्दै कभ्रा पुगिन्छ। कभ्रामा एउटा ठूलो ढुङ्गाबाट ढुङ्गाको पसिना भनिने औषधीय गुण भएको शिलाजित निक्लेको समेत देख्न सकिन्छ। गहुँको खेतको बीचमा रहेको तिब्बती गाउँ भरा हुँदै चौथा पुगिन्छ।

प्रवेशः नेपालगञ्ज
यातायातः हवाईजहाज
बासः होटेल, क्याम्प
अवधिः ५ देखि १२ दिन
आकर्षणः जैविक विविधता
उचित समय: वैशाखदेखि असोज
खर्चः लगभग रु.१२,०००
उचाइः २,९८० मि.
तेस्रो दिनको यात्रा धोतु पुगेर टुङ्गिन्छ। यहाँबाट भुलभुले पुगेपछि रारा निकुञ्ज शुरु हुन्छ, तीन घण्टाको हिँडाइ। ताल वरपरको क्षेत्रमा सुरक्षा क्याम्पमात्र छैन, पन्ध्रजनासम्म बस्न मिल्ने होटल पनि छ। होटल पाइएन भने पनि चिन्ता नलिनुस्, पाल टाँगेर रात बिताउनका लागि यो निकै उत्तम ठाउँ मानिन्छ।

एक दिनको विश्रामपछि राराबाट जुम्ला आएकै बाटो फर्कन पनि सकिन्छ तर राष्ट्रिय निकुञ्जको आनन्द लिँदै फर्कने हो भने तालको पश्चिमतर्फबाट खट्यार खोला भएर मजगठ्ठा हुँदै गोरोसिंहा, मल्ल वंशको राजधानी सिंजा र अन्त्यमा जल्जला चौरमा एक-एक रात बिताउँदै जुम्ला पुग्न सकिन्छ। यो यात्रामा कम्तीमा पाँच जनाको समूह भएमा रमाइलो र सुरक्षित हुने पर्यटन व्यवसायी शिवराम बस्नेत बताउँछन्। स्वास्थ्य सेवा, पर्याप्त खाद्यान्न, बास बस्ने ठाउँ, उद्धार सेवा र यातायातको कमीका कारण यो क्षेत्रको भ्रमण अलि महँगो छ। आवतजावत गर्ने खर्चबाहेक प्रति दिन लगभग हजारदेखि पन्ध्र सय रुपैयाँ जति खर्च हुने हुनाले यसै अनुसार तयारी गर्नु आवश्यक हुन्छ।

राराबाट हिँड्दै सिमिकोट निक्लिएर नेपालगञ्ज पुग्न पनि सकिन्छ। रारा पुग्न र फर्कन सुर्खेतस्थित विमानस्थल पनि प्रयोग गर्न सकिन्छ।

२. सा-कर्णाली

गन्तव्य
२. सा-कर्णाली
एउटा रारा, जहाँको पानीमा माछाको चलखेल नाङ्गो आँखाले देखिन्छ। अर्को से-फोक्सुन्डो, जहाँ कुनै जीवको अस्तित्व सम्भव छैन। तर, दुवै एउटै कर्णालीमा!

कुन्द दीक्षित
हुम्लाको सदरमुकाम सिमीकोट
देशको सबैभन्दा ठूलो अञ्चल कर्णाली, सबैभन्दा ठूलो जिल्ला डोल्पा, सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा गहिरो ताल फोक्सुन्डो, सबैभन्दा विकट जिल्ला कालीकोट, सबैभन्दा कम औसत आयु भएको जिल्ला हुम्ला, सबैभन्दा लामो नदी कर्णाली! कर्णालीमा यस्ता धेरै चिज छन्, जसका अघिल्तिर सबैभन्दा झुण्ड्याउन सकिन्छ। एकातिर रारा, अर्कोतिर से-फोक्सुन्डो, बीचमा कर्णाली। एउटा रारा, जहाँको पानीमा माछाको चलखेल नाङ्गो आँखाले देखिन्छ। अर्को से-फोक्सुन्डो, जहाँ कुनै जीवको अस्तित्व सम्भव छैन। तर, दुवै एउटै कर्णालीमा!
दैलेखको राकम कर्णाली काटेर अहिले मोटर कालीकोट, जुम्ला पुगिसकेको छ। हिजोसम्म कर्णाली पुग्ने जम्मा दुई वटा बाटा थिए, कि पैदल, कि चील गाडी। चल्न त अढाई सय किलोमिटर लामो कर्णाली राजमार्गमा बस र जीप पनि चल्छन्, तर यो राजमार्गमा राज्य चाहिँ ट्याक्टरको चल्छ। ६ पाङ्ग्रे नै सही, कर्णालीमा अहिले गाडी चल्छ। तपाईं सडक, जहाज वा पैदल, बाटो रोजेर कर्णाली पुग्न सक्नुहुन्छ।

कर्णालीमा जुम्लाको स्याउ छ, दार्चुलाको यार्सागुम्बा, विकट पहाडी जीवन छ। नागबेली पारेर सजाइएको नीलो डोरीजस्तो कर्णाली छ। साँच्चिकै नेपाल चिन्ने हो भने एकपटक कर्णाली पुग्नै पर्छ। यो नेपाली भाषा र सभ्यताको उद्गमस्थल। काठमाडौंकै घनत्वमा वस्ती बसाउने हो भने एउटै डोल्पा जिल्लामा पूरै नेपाली अटाउन सक्छन्। तर, शहर अझ्ै कर्णाली छिर्न भ्याएको छैन।

प्राकृतिक सम्पदा र ग्रामीण जीवनको सुवासले कर्णाली मगमग छ। तर, निकै थोरै मानिसमात्र कर्णाली पुग्छन्। यसैले कर्णाली चिनाउन फ्रान्सबाट एरिक भ्याली आउनुपर्छ। कर्णालीका सयौं हिमचुली, नदीनाला, ताल र जङ्गलमा हिम चितुवादेखि डाँफेको वास छ। लालीगुराँसले त कर्णालीसँग मीत लगाएको छ, हरेक डाँडामा फुलिरहेको देखिन्छ। स्याउलेदेखि चिसापानीसम्म कर्णाली नदीमा विश्वस्तरको र्‍याफ्िटङको स्वाद लिन सकिन्छ।

दुर्गम र विकटको संज्ञा पाएको कर्णाली पुग्ने सबैभन्दा सजिलो बाटो चाहिँ आकाशे बाटो हो। नेपालगञ्जदेखि जुम्ला, डोल्पाको जुफाल, हुम्लाको सिमीकोट र मुगुको ताल्चामा जहाज ‘र्लिन्छन्। कर्णालीमा दुई वटा राष्ट्रिय निकुञ्ज छन्- रारा र से-फोक्सुन्डो (यसलाई से-फोक्सुम्डोे पनि भन्ने गरिएको छ)। यसका साथै जुम्लादेखि दुनै, कागमारा क्षेत्र, बेनीदेखि डोल्पोको पैदल यात्रा पनि तपाईंका लागि अविस्मरणीय बन्नसक्छ। हुम्लाबाट शुरु हुने कैलाश पर्वतको यात्राको पनि आफ्नै धार्मिक एवं पर्यटकीय महत्व छ।

धौलागिरि हिमालपारिको कर्णाली अञ्चलले मनोरम दृश्यको वरदान त पाएकै छ साथै धौलागिरिको छायाँमा हुनाले यहाँ कम वर्षा हुन्छ। यसैकारण यहाँ वर्षामा पनि जुका र हिलोको वास्ता नगरी घुम्न सकिन्छ। अर्किड, एडलवाइज, गुलाब र अरू जङ्गली फूलको संसारमा हराउँदै पदयात्राको मजा लिन सकिन्छ। बसन्तदेखि शरद ऋतुसम्म यो क्षेत्र भ्रमण निम्ति उत्तम मानिन्छ। कर्णाली क्षेत्रमा लोकप्रिय एउटा देउडा छ-
तँ घुम्या मेरो मन घुम्छ,
न घुम्या कर्णाली!
जाने होइन त, कर्णाली घुम्न?

——————————————————————————–

रहस्यमयी सुन्दरता

नेपाली टाइम्स
फोक्सुन्डो ताल

मुगुको प्रमुख गन्तव्यस्थल रारा हो भने, डोल्पाको से-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जहाँ छन् फोक्सुन्डो ताल र से गुम्बा। उपल्लो डोल्पोमा पर्ने से गुम्बा विश्वका प्रमुख बाह्र बौद्ध गुम्बामध्येको एक मानिन्छ। यस्तै, तल्लो डोल्पोमा रहेको फोक्सुन्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हुनुका साथै यो जीवविहीन तालका रूपमा पनि प्रसिद्ध छ।

१९६ प्रजातिका चरा, ३२ प्रजातिका स्तनधारी जन्तु र ४०७ प्रजातिका जडिबुटीले सम्पन्न ३५५५ वर्ग किलोमिटरमा फैलिएको से-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज नेपालकै सबैभन्दा ठूलो निकुञ्ज हो।

कसरी पुग्ने?
यी दुवै ठाउँ पुग्ने मुख्य चल्तीको नाका जुफाल विमानस्थल हो। यहाँबाट तीन घण्टाको हिँडाइमा डोल्पाको सदरमुकाम दुनै पुगिन्छ, जहाँबाट वास्तविक पदयात्राको आनन्दसहितको से-फोक्सुन्डो यात्रा शुरु हुन्छ।

शुलीगाड दोभानबाट पूर्वतिरको बाटो समाएपछि पहिलो दिनको बास बस्ने ठाउँ छेक्पा पुगिन्छ। यहाँबाट रिङ्मो हुँदै २०० मिटर लामो चित्ताकर्षक फोक्सुन्डो झ्रना पुगिन्छ। यो झ्रनाबाट फोक्सुन्डो ताल क्षेत्र शुरु हुन्छ। पश्चिमतिर काञ्जेरल्वा र दक्षिण पूर्वतर्फ सोनाम काङ्ग हिमाल रहेको फोक्सुन्डो उत्तरको फोक्सुन्डो खोला र पूर्वको सगरखोलाको सङ्गमले बनेको छ। ४.८ किलोमिटर लाम्चो, १.८ किलोमिटर चौडा यो ताल ६५० मिटर गहिरो छ। जीवविहीन यो ताललाई हरियो र नीलो रङको अनुपम मिश्रणले मुगाको रङ्गमा रङ्गाएको छ। आकाशमा सूर्यको स्थानसँगै रङ्ग फेर्ने फोक्सुन्डोको कञ्चन पानीलाई नाङ्गा हिमालहरूले पहरा दिएका छन्। एउटा प्रचलित किम्वदन्तीअनुसार यो तालभित्र प्राचीन गाउँको अवशेष अझै देखिन्छ।

खप्तड क्षेत्र

रामेश्वर बोहरा
पर्यटकीय गन्तव्य सम्बन्धी सामग्री तयार गर्न आयोजित परामर्श बैठकमा उपस्थित पर्यटन व्यवसायी, फोटोग्राफर, नेपाली भूगोलका जानकार सबैको एउटै धारणा थियो, “नेपालमा पाइलैपिच्छे घुम्ने ठाउँ छन्।”

उसो भए १५ गन्तव्य मात्र किन? तर यो शीर्षक चयन गरेर नेपालका घुमघाम गर्ने ठाउँहरूलाई सीमित पार्न खोजिएको होइन। बरु, नेपालका चर्चित केही गन्तव्यहरूका अतिरिक्त पनि घुमघाम गर्न सकिने कैयन् ठाउँहरू छन् भन्ने दर्शाउन खोजिएको हो। घुमघामका दृष्टिले नेपाल साँच्चै विशाल छ। हिमाल, पहाड, तराई नेपाल जहाँ पनि सुन्दर, मनमोहक र दर्शनीय छ। खप्तड क्षेत्र।

संसारभरका मानिस भन्छन्, प्राकृतिक सौन्दर्य अवलोकनका निम्ति नेपाल उल्लेखनीय गन्तव्य हो। तर गन्तव्य छनौटका सम्बन्धमा नेपाली र विदेशीहरूको रुचिमा केही न केही अन्तर देखिँदै आएको छ। हिमाल ले भने गन्तव्यहरूको छनौट मूलतः आन्तरिक पर्यटनका सम्भावनालाई ध्यानमा राखेर गरेको छ।

नेपालका कतिपय पर्यटकीय स्थलहरू कठिन छन् भने कैयन् गन्तव्यमा गाडी चढेर सहजै पुग्न सकिन्छ। संस्कृति, इतिहास र प्राकृतिक सौन्दर्यको सङ्गम बनेका कठिन र सुगम दुवै प्रकारका गन्तव्यलाई हिमाल ले समेट्न खोजेको छ।
१५ गन्तव्य छनौटका क्रममा महत्वपूर्ण परामर्श दिएकोमा डा. तीर्थबहादुर श्रेष्ठ, दीपेन्द्रपुरुष ढकाल, योगी कायस्थ, जगदीश तिवारी, कृष्ण अर्याल, बसन्त थापा, सुनिल शर्मा, विक्रम पाण्डे र रविजङ्ग पाण्डेप्रति हिमाल खबरपत्रिका आभारी छ।

१. खप्तड क्षेत्र

भू-स्वर्ग

हिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ।

रामेश्वर बोहरा

रामेश्वर बोहरा
हिउँले ढपक्कै ढाकिएका खप्तडका डाँडाकाँडा र जङ्गल।

टाढा-टाढासम्म फैलिएका घाँसे मैदानका पाटन। कसैले मिलाएर काटेको जस्तो तह मिलेको हरियो दुबो। त्यसमाथि वरिपरि रङ्गीविरङ्गी फूल, मानौं आउनेको स्वागतमा कुनै छिर्केमिर्के कार्पेट ‘च्छ्याइएको होस्! एकै छिनमा चर्को घाम, एकैछिनमा धमिलो बादल र सिमसिम पानी। अझ्ै कात्तिकदेखि फागुनको समय पर्‍यो भने त जतासुकै हिँउ, स्निग्ध पहाड। सेतै डाँडा, सेतै जङ्गल, फूल पनि सेतै, मैदान पनि सेतै।

हिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ। सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन्।

समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक। खप्तड राष्ट्रिय निकुञ्जले वरिपरिबाट घेरा हालेको खप्तड क्षेत्रले बाजुरा, डोटी, बझाङ र अछाम गरी चार जिल्लालाई छुन्छ। नेपालका सबै डाँडामा कुनै न कुनै देवताको थान भेटिन्छ, खप्तडमा पनि नहुने कुरै भएन! जम्मु कश्मीरबाट ५३ वर्षअघि शिवनाथ डोग्रेको नाम लिएर खप्तड आएका फकिर खप्तड बाबाको नामले प्रसिद्ध मात्र भएनन्, खप्तडलाई पनि प्रसिद्ध बनाए। यहाँ वरपरका त्रिवेणीघाट, सहस्रलिङ्ग, बाबाकुटी, फिन्टेढुङ्गोलगायतका स्थानलाई धार्मिक महत्वका मानिन्छ। सामाजिक हिसाबले खप्तड क्षेत्रलाई नेपाली सभ्यताको विकास भएको स्थानका रूपमा पनि लिइन्छ।

पुग्ने कसरी?

खप्तड पुग्ने धेरै बाटो भएपनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा रहेको छ। ५/७ दिनको सिलगढी- खप्तड यात्रामा सामान्यतया रु.५,००० खर्च लाग्छ। सिलगढी पुग्नका लागि पूर्व-पश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ। अत्तरियाबाट सिलगढीको एकतर्फी बस भाडा ५५० पर्छ भने, नेपालगञ्जबाट १,००० पर्छ। अथवा नेपालगञ्जबाट हवाईजहाजबाट डोटी उत्रिन पनि सकिन्छ। तपाई हेलिकोप्टरको व्यवस्था गर्न सक्नुहुन्छ भने सोझै खप्तड अवतरण गर्न पनि सकिन्छ। सिलगढी- साँफेबगर सडकखण्डको शान्तिनगरबाट खप्तड क्षेत्र जोड्ने सडक निर्माण शुरु भएकाले केही वर्षमा खप्तडको बाहिरी क्षेत्रसम्म गाडी पुग्ने आशा गरिएको छ।

प्रवेशः सिलगढी (डोटी)
यातायातः गाडी/पैदल/हवाईजहाज
बासः निकुञ्ज गेष्ट हाउस, होटल, क्याम्प
अवधिः ५―७ दिन
आकर्षणः प्राकृतिक सौन्दर्य, हिउँको वर्षा
उपयुक्त मौसमः जेठ-साउन र असोज-मङ्सिर
खर्चः रु.६०००-रु.८००० (हवाईभाडा बाहेक)
उचाइः ३५०० मिटर
सिलगढीबाट शुरु हुन्छ, पैदल यात्रा। पहिलो दिन बगलेकमा दिउँसोको खाना, झिग्रानामा बास। दोस्रो दिन विसपानीमा खाना खाएर हिँडियो भने खप्तड राष्ट्रिय निकुञ्जको गेष्टहाउसमा बास बस्न पुग्न सकिन्छ। तेस्रो दिनबाट शुरु हुन्छ खप्तड घुमाइ। खप्तड बाबाको कुटी, घोडादौड पाटन, नागढुङ्गा क्षेत्र, बल्दजोडी (भ्युटावर), सहस्रलिङ्ग, गणेश पाटन, त्रिवेणी, भीमघट्ट, भीमलौरी, सीतापाइला, छिन्तेढुङ्गो खप्तडका घुम्ने ठाउँ हुन्। यी ठाउँ तीन दिनमा घुम्न सकिन्छ। तर, हरेक दिन वास बस्न निकुञ्जकै गेष्टहाउस फर्कनुपर्छ। यदि तपाई अझ्ै बढी घुम्न चाहनुहुन्छ भने त्रिवेणी खोलाको तीरैतीर हिँडेर भेलछड्डो (सुन्दर छहरा) पुगेर बास बस्न र त्यहाँबाट साइलहुँदै बसमा दिपायल फर्कन सकिन्छ।

पर्याप्त समय छ भने, खप्तडबाट दुई दिनको हिँडाइमा बझाङको सुरमा सरोवर, सुन्दर ताल, अछामको रामारोशन, बाजुराको बडीमालिका वा डोटीको बडीकेदार पनि पुग्न सकिन्छ। खप्तडको घुमघाम सकेर अछामको साँफेबगर निस्किएर पनि फर्किन सकिन्छ। खप्तडलाई नै लक्षित गरी काठमाडौं-दिपायल-साँफेबगर हवाई उडान शुरु गर्ने योजना रहेको खप्तड क्षेत्र पर्यटन विकास समितिका निर्देशक यमबहादुर बमले बताए।

गन्तव्यस्थलका रूपमा खप्तड चर्चित भए पनि यो निकै अप्ठ्यारो गन्तव्य मानिन्छ। ०४३ देखि ०६४ सम्ममा खप्तड पुग्ने विदेशी पर्यटकको सङ्ख्या २५२ थियो। यसैबाट खप्तड मेहनती र जाँगरिलाको गन्तव्य हो भन्ने थाहा हुन्छ। खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ। साथै, चाउचाउलगायतका ड्राइफुड पनि बोक्नु राम्रो। हिउँको जङ्गलको सफरमा निक्लिँदा बाक्ला लुगा, पञ्जा चाहिन्छ भनेर त सम्झाउन नपर्ला!

प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

Vedprakash Timilsaiana president Of Fnj achham branch

My Frends Chandta Thapa

भुवा पर्व

भुवा पर्व
बाजुरा, बझाङ्ग, दार्चुला, कुमाउ-गढवाललगायतका क्षेत्रको धार्मिक एवं सांस्कृतिक पर्व ‘भुवा’ हरेक वर्ष पुस महिनामा मनाइन्छ । महाभारतको युद्धकालदेखि यो पर्व आरम्भ भएको विश्वास गरिन्छ । त्यो बेला भएको धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुशियाली स्वरूप विजययात्राका रूपमा यो पर्व मनाइने प्रचलन रहेको किंबदन्ती छ । यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो । हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजासहित खेलिने यो नाचका सहभागीहरू यो पर्व मनाउने क्रममा घर/घरमा गई ‘भोस्को’ समेत खेल्ने गर्छन् । ‘भोस्को’ खेलका माध्यमबाट समाजका विकृति/विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने विश्वास गरिन्छ । यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढने जनविश्वास छ । भुवा खेल्ने स्थानमा देवीलाई पूजा-आजा गरी बलीसमेत चढाई सकेपछि भुवा पर्वको विसर्जन गरिन्छ ।

गौरापर्व

गौरापर्व
सुदूरपश्चिमाञ्चलको धार्मिक एवं साँस्कृतिक पर्व हो, ‘गौरा’ । ‘गौरा’ पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरू मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछि सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ ।

विसौं पर्व

विसौं पर्व
परापूर्व कालदेखि सूदुरपश्चिमवासीले ‘विसौं पर्व’ नयाँ वर्षको १ देखि २ गतेसम्म मनाउँछन् । नयाँ वर्षको १ गते राति स्थानीयवासीहरू आफ्नो गाउँको कुनै एक घरमा रातभर जाग्राम बसी डेउडा खेल्ने र त्यसको भोलिपल्ट दिउँसो १ बजेदेखि गाउँघरबाट हातहातमा सिस्नो बोकी एकले अर्कोलाई लगाई रमाइलो गर्ने चलन छ । पर्वका दिन सिस्नु लगाएपछि वर्षभरिमा रोगव्याधी र गाउँमा अनिष्ट, अनिकाल सबै नष्ट हुने किम्वदन्ती छ । जसले बढीलाई सिस्नु लगाउन सक्यो, उसलाई त्यति नै फाइदा हुने बताइन्छ । पर्वको दिनमा सिस्नु लगाउने चलन सालीले भिनाजुलाई बढी लगाउने चलन छ र भनिन्छ ‘सालीलाई खोजीखोजी, भिनाजुलाई रोजीरोजी ।’ यसरी दिउँसो सिस्नु लगाएर विर्सौपर्व खेली बेलुकी गाउँका मुख्यको घरमा सबै जना जम्मा भई देउता, धामी कमाउँदै आ-आफ्नो घरमा पाकेको नयाँ नौलो रोटी, सेल, पुरी तथा अन्य प्रकारका रोटी खाएर रमाइलो गर्दै आगामी सालको विसौंपर्वका लागि विश्राम गर्छन् ।

Nepal – 2004 Annual Report

Nepal – 2004 Annual Report

By breaking off a cease-fire, the Maoists plunged Nepal back into the cycle of violence. The security forces arrested, detained in undisclosed locations, tortured or threatened about 100 journalists. More journalists were arrested in Nepal in 2003 than in any other country in the world. The Maoists murdered one journalist and threatened dozens of others for allegedly spying for the army. It was a grim year for press freedom
It was reported on 18 July that Bed Prakash Timalsena, a correspondent for the daily Kantipur in Mangalsen (in the far west of Nepal), was receiving threats from Maoists and members of the All Nepal Farmer Association (a peasant grouping) over his articles about the Maoists and their support in the local population. After being given 36 hours to leave the area, Timalsena fled to the southern town of Nepalgunj

अहा बडीमालिका

अहा बडीमालिका
रामबहादुर रावल
सुदूर तथा मध्यपश्चिमको प्रख्यात तर्ीथस्थल बडीमालिकामा भर्खरै मेला सम्पन्न भएको छ । स्थानीय बासिन्दाले बडीमालिकालाई पर्यटकीय क्षेत्र घोषणाको माग गर्दै आएका छन् । बाजुराको मार्तडी, बुढीगंगा र कैलाशमाडौं गाविसको बीचमा रहेको बडीमालिका मन्दिर र त्यस वरिपरिका त्रिवेणी पाटन तथा नाटेश्वरी मन्दिर प्राकृतिक सौर्न्दर्य र सा”स्कृतिक महत्त्वका कारण सुदूरपश्चिमभरि प्रख्यात छ । यसको सौर्न्दर्य र महत्त्वलाई देश-विदेशमा प्रचारप्रसार गरी यसलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा उल्लेख गर्न सके सिंगो मुलुकलाई फाइदा हुने अपेक्षा उनीहरूको छ ।
हरेक वर्षसाउन शुक्ल चतुदर्शीमा बडीमालिका मन्दिरमा मेला लाग्दै आएको छ । मेलाकै अवसर पारेर गएको वर्षजिल्ला विकास समिति र लिस्ट नेपालद्वारा महोत्सव आयोजना गरेको थियो तर यस वर्षकर्मचारीका भरमा चलेको जिल्ला विकास समितिले यस वर्षमहोत्सव आयोजनामा तदारुकता देखाउन सकेन र बाजुराली जनताले त्यस सुन्दर भूमिमा महोत्सव मनाउन पाएनन् । परम्परागत मेला भने यसपालि सधै”झै” भव्य रुपमा सम्पन्न भएको मन्दिरका पुजारी भानुभक्त पाध्यायले बताएका छन् ।

मेलामा बडीमालिका मन्दिर पुग्ने दर्शनार्थीले त्रिवेणीमा स्नान गरेको भोलिपल्ट बडीमालिका माईको दर्शन गरी नाटेश्वरी भएर फर्किने परम्परा छ । जनैपूणिर्माका दिन नाट्येश्वरीमा मेला लाग्ने गर्दछ । हिन्दू धर्मशास्त्रअनुसार मार हान्न र बलि दिन नपाइने पूणिर्माका दिन बलि चढाइने सम्भवतः बाजुराको यो मन्दिर एकमात्र पीठ हो । त्रिवेणी, बडीमालिका र नाटेश्वरी गरी तीनवटा प्रमुख गन्तव्यको यात्रा र धार्मिक कर्मकाण्ड मेलाका आकर्षा हुन् ।

धार्मिक आस्था र प्राकृतिक दृश्यावलोकनका लागि बडीमालिका मेलामा नेपालको सुदूर तथा मध्यपश्चिम, भारतका कुमाउ, गढवाल, दिल्ली, नैनीताल, पिथौरागढलगायत क्षेत्रबाट पर्यटकहरू आउने गर्दछन् । यस वर्षपनि पर्ूर्वी तर्राईको सप्तरीदेखि, काठमाडौं, नेपालगन्ज र भारतीय भूभागदेखि पर्यटकहरू बडीमालिकामा मेला भर्न आएका थिए । मेलामा २० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेको पुजारी पाध्यायको दाबी छ । यद्यपि पर्यटक आवागमनको कुनै व्यवस्थित अभिलेख राख्ने चलन भने बडीमालिकामा छैन ।

चार हजार ५० मिटर उचाइको चुलीमा रहेको बडीमालिका मन्दिर र त्यस वरपरको सुन्दर घा”से मैदानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यातायात, सञ्चार तथा अन्य आवश्यक पर्ूवाधारहरू निर्माण गर्नु आवश्यक छ । यस क्षेत्रमा रहेको सम्पदा र सौर्न्दर्यको व्यापक प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके बाजुराली जनताको जीवनस्तर माथि उकास्न धेरै सजिलो पर्ने जिल्ला विकास समितिका पर्ूवसभापति लालबहादुर थापा बताउ”छन् । थापाले बडीमालिकालाई राज्यले प्रमुख पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्नुपर्नेमा जोड दि”दै सुदूरपश्चिममा पर्ूवाधार विकासमा लगानी बढाउन मागसमेत गरेका छन् । मेलामा भेट भएका अधिकांश वक्ताहरूको जोड पनि यही थियो । डेउडा गायकदेखि अन्य कलाकारहरूले आफ्ना सा”स्कृतिक प्रस्तुतिहरूमार्फ पनि बडीमालिकालाई प्रमुख पर्यटीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका थिए । जिल्लास्थित सबैजसो राजनीतिक दलका नेताको प्रतिबद्धता नै रहेको छ, पर्यटकीय क्षेत्र घोषणा गराउन पहल गर्ने । बडीमालिका क्षेत्रको प्राकृतिक सौर्न्दर्य र सम्पदा, सांस्कृतिक महत्त्व जोगाइराख्न बाजुरा र कालिकोटबासी मिलेर साझा संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता पनि स्थानीयले महसुस गरेका छन् । बाजुरामा प्रचलित डेउडा, अनन्ते, मागल, भुवाचाली, जिउनापुरी, भोटे सेलो, नृत्यलगायत थुप्रै लोक सांस्कृतिक झा”कीहरूले यहा”को सांस्कृतिक पर्यटनको सम्भावनालाई अझ बढाएको छ ।
गिफ्ट बाजुराका अध्यक्ष जनकबहादुर रोकायाका अनुसार बडीमालिका मेलामा यसअघि कहिल्यै बडीमालिका टेक्न नपाएको दलित समुदायको पनि उल्लेख्य उपस्थिति रह्यो । बाजुरा दलित समाज कल्याण संघका संयोजक गजेन्द्र सार्कीका भनाइमा एक हजारको संख्यामा दलित यस वर्षबडीमालिका पुगे । यसअघि ‘तागाधारी’ ले मात्र पूजापाठ गर्ने बडीमालिकामा यस वर्षभोटे-जनजातिले पनि आफ्नो सांस्कृतिक सहभागिता जनाउनु अर्को उल्लेख्य पक्ष हो ।

विविध भौगोलिक, जातीय र सांस्कृतिक सहभागिताले बडीमालिकालाई एक ‘समावेशी सांस्कृतिक सम्मिलनको केन्द्र’ बनाएको टिप्पणी गर्दैै थिए गिफ्ट अध्यक्ष रोकाया । ‘यो दलितको पनि हो । भोटे जनजातिको पनि हो । यो सहभागिताले समावेशी राज्यको सम्पर्ूण्ा नमुना प्रस्तुत गर्दछ,’ पर्ूवसभापति थापाले त्रिवेणी नुहाएर बडीमालिका मन्दिरतिर सय मिटर उकालो काटेपछिको बसाइ”मा भने, ‘प्राकृतिक सौर्न्दर्य र सांस्कृतिक सम्मिलनको यस पुण्यभूमिलाई अब राष्ट्रिय सम्पत्तिको रुपमा विश्वमा चिनाउन आवश्यक छ ।’ बडीमालिका क्षेत्र धार्मिक आस्था र सांस्कृतिक सम्मिलनका कारण मात्र नभई हरिया बाईस पाटन -घा”से मैदान), रंगीचंगी फूल, बहुमूल्य जडीबुटीका कारण पनि महत्वपर्ूण्ा मानिन्छ ।भाङग्राका कोट, टोपी, झोला, ऊनी राडीपाखी, हाते कागज, चोया र भोजपत्रद्वारा निर्मित पाल्ता, जडीबुटी, स्याउलगायतका फलफूल र कृषि उपज, माड्या, तल्यारोटालगायतका स्थानीय मौलिक खानेकुरा, स्थानीय पहिरन र औद्योगिक सामग्रीको व्यावसायिक उत्पादन र वितरण गर्न सकिए बाजुरालीको मुहारै फर्ेन पर्यटन नै पर्याप्त हुने आ

“कलन यहा”का विकासेहरूको भनाइ छ । बाजुरा, कालिकोट र डोटी जिल्लाका सरकारी कार्यालय प्रमुख, राजनीतिक दल र नागरिक समाजका अगुवाहरू प्रायः नछुटाइकन वर्षा एकपल्ट टेक्ने बडीमालिकालाई स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि नियमित गन्तव्य बनाउने हो भने सजिलो बाटो, आरामदायी वासस्थान र स्थानीयको सहयोगी, हार्दिक एवम् व्यावसायिक व्यवहार निर्माणमा जोड दिनु पनि अर्को आवश्यकता छ । धार्मिक आस्था र प्राकृतिक सौर्न्दर्यको अवलोकन गर्न पुगेका हजारौं दर्शकहरूमा त्यहा” प्रस्तुत सांस्कृतिक झा”की र नृत्यहरूले बाइसपाटन रौनकमय बनेको थियो ।
त्रिवेणीको रहस्यका रुपमा रहेको खेतीबेती क्षेत्र हर्ेर्नेहरू रमाईरमाई फोटो खिचाइरहेका थिए । त्रिवेणीमा स्नान र धार्मिक कर्मकाण्डपछि बडीमालिका उक्लिएका यात्रुहरूको लर्को लागेको थियो । बडीमालिकाको जय-जयकारले सिंगो पाटन गुन्जायमान थियो । रंगीचंगी पाल र देशविदेशका पर्यटकको घुइ”चोले बडीमालिका चुली सिंगारिएकी बेहुली जस्तो देखिन्थ्यो ।हिन्दू मिथकअनुसार भगवान महादेवले सतीदेवीको मृत शरीर बोकेर भौंतारि

“दा मल्लिका गिरीमा महादेवका हातमा बा”की रहेको अन्तिम अङ्गका रुपमा बाया” हात पतन भएकाले त्यहा” पीठको रुपमा उत्पत्ति भई देवीको पूजाआजा गर्न थालिएको भन्ने विश्वास गरिन्छ । त्यहा” जाने धार्मिक श्रद्धालुहरूले बडीमालिका माईसित मागेको वर पूरा हुने विश्वास छ । चतर्ुदशीको बिहान बडीमालिकामा पूजा र मन्दिरको दर्शनपछि यात्रुहरू नाट्टेश्वरी ओर्लिए । बडीमालिका माइले अप्सराहरूको नाच हर्ेर्ने थलो मानिने नाट्टेश्वरी घना जंगलबीचको चौरमा अवस्थित छ । नाट्टेश्वरी माईको दर्शनपछि दर्शनार्थीहरू आ-आफ्नो घर फर्किए ।
हरेक वर्षलाग्ने बडीमालिका मेला एक सांस्कृतिक पर्व वा उत्सवका रुपमा सीमित राखि”दै आएको पाइन्छ । सुदूरपश्चिमका पहाडी चार जिल्लाको बीचमा रहेको खप्तडभन्दा धेरै उचाइ र फराकिला घा”से मैदानहरू रहेको बडीमालिका तिब्बतको मानसरोवर, मुगुको राराताल अनि बाजुराकै बुढीनन्दा र जगन्नाथ मन्दिरलाई लक्षित गरी व्यवस्थित पदयात्रा मार्ग बनाउन सके भारत र युरोपका पर्यटक सुदूरपश्चिमका पहाडमा घुमाउन सकिने प्रशस्त सम्भावना देखिन्छ । सुदूरपश्चिमको समग्र पर्यटन विकासको जिम्मा लिएको खप्तड क्षेत्र पर्यटन विकास बोर्डले बडीमालिकालाई कसरी समेट्छ, हर्ेन बा”की नै छ ।