‘गान्धीजी मौलिक विचारक हुनुहुन्थ्यो’

‘गान्धीजी मौलिक विचारक हुनुहुन्थ्यो’
२०६६ आश्विन १८ – यो अन्तर्वार्ता नेहरू स्मारक पुस्तकालय तथा सङ्ग्रहालयको मौखिक इतिहास विभागका लागि डा. हरिदेव शर्माले बीपीसाग १९७६ फेब्रुवरी २६ र २७ मा लिएका हुन् । उक्त पुस्तकालयबाट पदमबहादुर थापाले प्राप्त गरेको उक्त अन्तर्वार्ता कांग्रेस नेता प्रदीप गिरीले अनुवाद गरेका हुन् । अन्तर्राष्ट्रिय अहिंसा दिवस एवं १ सय ४० औं गान्धी जयन्तीको अवसरमा उक्त अप्रकाशित अन्तर्वार्ताको एक अंश प्रस्तुत गरिएको छ ।

तपाईंको प्रारम्भिक राजनीतिक संलग्नता के थियो ?
सन् १९२१ मा धेरै सानो थिएँ । म सात वर्षको थिएँ होला । तर, त्यस समयका दुईवटा ठूला घटनाको मलाई सम्झना छ । एउटा, बनारसमा बेलायती राजकुमारको भ्रमणको अवज्ञा भएको घटना थियो । त्यहाँ पूरै हडताल भएको थियो । कांग्रेसले त्यो हडतालको आह्वान गरेको थियो । तसर्थ, त्यस दिन पूरै सहर मरेजस्तै सुनसान थियो । अनि, अत्यन्त कौतूहल लागेर मैले झ्याल खोलेर बाहिर हेर्न खोजें । तर मलाई रोकियो । हडताललाई भावनाबाटै हेर्नुपर्छ भनियो । झ्यालहरू बन्द थिए । त्यस दिन बनारस सहर पूरै सुनसान थियो ।
हरेक साँझ नगरको सभागृहअगाडि विदेशी लुगा जलाइँदा अर्को छाप परेको थियो । उनीहरू अङ्ग्रेज मान्छेजस्तो देखिने छत्रेटोपी लगाएको पुत्ला बनाउँथे र विदेशी कपडा निकालेर त्यसैका साथमा जलाउँथे । हाम्रो परिवारका महिला सदस्यहरू आफ्ना राम्रा लुगाहरू त्यहाँ लगेर जलाउन इच्छुक थिएनन् । त्यसैले यस सम्बन्धमा घरमा बहस
चल्थ्यो । तर अन्त्यमा त्यसका लागि सबैजना सहमत भएका थिए ।
गान्धीजीले एक करोड रुपैयाँको कोष जुटाउन आह्वान गर्नुभएको थियो । मलाई सम्झना छ, हाम्रो घरमा आमा र मेरा नातागोतासँग थोरै मात्र गहना थिए । तर उहाँहरू कोष जम्मा गर्दै सडकमा आएका मानिसतर्फ आफ्ना गहना फ्याँक्दै हुनुहुन्थ्यो । कोष जम्मा गर्न एउटा फराकिलो खास्टो सडकमा फैलाइएको थियो । अनि, मानिसहरू आफूसँग जे-जे छ, पैसा, गहना त्यसमाथि फ्याँक्थे । यो मेरो सम्झनामा रहेको अर्को घटना हो ।
अनि, जतासुकै खुला सभा हुने गर्थे । त्यस समय नगरको सभागृहमा माइक थिएन । स्पिकरबाट धेरै चर्को आवाज आउँथ्यो । म गान्धीजीको प्रवचन पनि अझै सम्झन्छु । उहाँ धेरै बिस्तारो तर प्रभावकारी रूपमा बोल्नुहुन्थ्यो । मानिसहरूले उहाँको भनाइ धेरै टाढाबाट राम्ररी सुन्न सक्थे । शिवप्रसाद गुप्ता ठूलो आवाजका साथ गर्जन्थे । मलाई याद छैन, सायद शौकत अली र महम्मद अली पनि त्यसरी नै गर्जन्थे होला ।
तपाईं नेपालको भएर पनि भारतको स्वतन्त्रताका लागि लड्न किन इच्छुक हुनुभयो ?
त्यसका दुई कारण थिए । पहिलो, हामी नेपालबाट निष्कासित भएका थियौं । हाम्रा लागि नेपालमा बस्न अप्ठ्यारो भएपछि भारत आउनुपर्‍यो । भारतको बनारस र बिहारमा रहँदा क्रान्तिकारी आन्दोलनका मानिसको सम्पर्कमा आयौं । हाम्रो सुरुवात यसरी भयो । अनि, जबसम्म भारतले स्वतन्त्रता प्राप्त गर्दैन, तबसम्म नेपाली प्रणालीको प्रजातान्त्रिकीकरण सम्भव छैन भन्ने निष्कर्षमा पुग्यौं । मैले सन् १९४४ मा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना गर्दा पनि एउटा नारा ‘भारतको स्वतन्त्रता प्राप्त नगरी नेपालमा प्रजातान्त्रिक आन्दोलन सम्भव छैन’ भनेको नै थिएँ ।
त्यस समय नेपालको सत्तामा सुधार गर्न, सत्तालाई नरम र प्रजातान्त्रिकीकरण गर्नबाट रोकिराखेको त्यही शक्तिले भारतलाई पनि आफ्नो अधीनमा राखेको थियो । तसर्थ, हाम्रो दृष्टिमा नेपालको प्रजातन्त्रको लडाइँ र भारतको स्वतन्त्रताको लडाइँ एउटा सिक्काका दुई पाटा थिए । आजसम्म यस सम्बन्धमा हाम्रो पार्टीमा छलफल हुने गर्छ । हामीले सन् १९४७ मा पार्टी खोल्दा मैले त्यसो भनेको थिएँ र अहिलेसम्म पनि मेरो निष्कर्ष त्यही छ । तिनताका भारतीय स्वतन्त्रतालाई हाम्रो आन्दोलनको पूर्वसर्तको रूपमा हामीले लिएका थियौं ।
तपाईं युवा विद्यार्थी हुँदा कम्युनिस्टको प्रभावमा पर्नुभयो । अनि, किन कम्युनिस्ट पार्टीमा चाहिँ प्रवेश गर्नुभएन त ?
उनीहरू तुरुन्तै सदस्यता दिँदैनथे । कम्युनिस्टले परीक्षणकालमा राखेर मात्र सदस्यता दिन्छन् । यो तीसको दशकको सुरुको कुरो हो । त्यससमय कहिले म परिवारका साथमा रहन्थेँ, कहिले बाहिर रहन्थेँ । भारतमा स्वतन्त्रताका लागि ठूलो आन्दोलन चलिरहेको थियो । कम्युनिस्ट आन्दोलन बेसुरको थियो । मेरो परिवार कांग्रेसमा रहेकाले भावनात्मक रूपमा कम्युनिस्टसँग तालमेल मिलाउन पनि म सक्दिनथेँ । हामी गान्धीजीको भूमिकाका बारे छलफल गथ्र्यौं । मेरा पिताले गया सम्मेलनमा भाग लिइसक्नुभएको थियो । त्यहाँ यथास्थितिवादी, परिवर्तनका हिमायतीलगायतका विषयमा छलफल भएको थियो । त्यस सम्बन्धमा त देशबाहिर र भित्र होइन, स्कुल र कलेजमा समेत छलफल भएको
थियो । तसर्थ, म पनि राष्ट्रिय सरोकारको सामान्य चासोबाट मुक्त रहन सकिनँ । त्यो कम्युनिस्ट आन्दोलनमा चाख राख्न थालेपछिको कुरो हो । मेरो राजनीतिक चिन्तनलाई स्टालिन र ट्राटस्कीको लडाइँले प्रभावित बनायो । म स्टालिनभन्दा धेरै बढी ट्राटस्कीतर्फ आकषिर्त भएँ । कम्युनिस्ट आन्दोलनमा मलाई आकृष्ट गर्ने व्यक्तिको नाम लिनुपर्‍यो भने म ट्राटस्कीकै नाम लिन सक्छु । उनी लेखाइ र व्यक्तित्वमा अभूतपूर्व व्यक्ति थिए । उनीभन्दा पछि लेनिन आउँछन् तर स्टालिन होइन । सन् १९२९ को सत्ताको लडाइँबाट स्टालिन उच्च तहमा पुगेपछि त्यहाँ हत्या भएका समाचार आउँदा मलाई ठूलो चोट पुग्यो । तसर्थ, मैले त्यो कम्युनिस्ट पार्टी नै त्यागें । मैले पार्टी छोड्नुका दुई स्थानीय कारण पनि थिए । पहिलो, उनीहरूले आफूलाई राष्ट्रिय भावना वा आन्दोलनमा अनुकूल बनाउन सकेका थिएनन् । भारत स्वतन्त्र भएपछिको कम्युनिस्ट आन्दोलनमा आलोचनात्मक कुरा पच्न सक्तछ तर त्यसबेला त्यसो गर्नु असम्भव थियो ।
तपाईंले कांग्रेस समाजवादी पार्टीमा लागेपछि वैचारिक सन्तुष्टि पाउनुभयो ?
हो, पाएँ । त्यसपछि नै मैले समाजवादी सिद्धान्तको ज्ञान पाएँ । र, त्यस पार्टीमा लाग्दा हाम्रो राष्ट्रिय स्वतन्त्रताको आन्दोलनमा भूमिका खेल्नबाट मैले वञ्चित हुनुपरेन । मलाई लाग्छ, मेरा लागि र धेरै व्यक्तिका लागि यही नै मुख्य आकर्षण थियो । हामीहरू राष्ट्रिय तरङ्गबाट अलग भएका थिएनौं । तसर्थ, यही कारणले म कांग्रेस समाजवादी पार्टीप्रति आकषिर्त थिएँ । यो एक त राष्ट्रिय आन्दोलनकै एउटा अङ्ग थियो । यो, त्यही समय माक्र्सवादी समाजवादी आन्दोलन नामको एउटा ठूलो अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको अङ्ग पनि थियो । तसर्थ, यसले हामीलाई दोहोरो सन्तुष्टि प्रदान गर्‍यो । कम्युनिस्ट आन्दोलनबाट त्यो सम्भव थिएन । त्यसका दुई कारण थिए । पहिलो, त्यसले आफूलाई राष्ट्रिय भावनाबाट अलग्याएको थियो । दोस्रो, ट्राटस्की र स्टालिनको शक्तिको नाङ्गो लडाइँबाट यसको सिद्धान्तविहीनता उदाङ्गो भइसकेको थियो ।
तपाईं समाजवादी कांग्रेस पार्टीको ँसैद्धान्तिक धङधङी’ माक्र्सवाद नै थियो भन्न सक्नुहुन्छ ?
मेरो हकमा थिएन । समाजवादी आन्दोलनमा लागेका हामी अधिकांशमध्ये जयप्रकाश नारायण भने बढी माक्र्सवादी हुनुहुन्थ्यो भन्ने मलाई लाग्छ ।
त्यसबेला त्यो पार्टी माक्र्सवादी-लेनिनवादी थियो ?
माक्र्सवादी-लेनिनवादी भनेको के हो ? पछिल्लो कालमा त्यतातर्फ केही झुकाव बढ्दै गएका कारण उनीहरूले यसलाई माक्र्सवादी-लेनिनवादी भन्न थालेका थिए । तर त्यससमय यो पार्टी माक्र्सवादी मात्र थियो । उनीहरू यसलाई लेनिनवादी भन्दैनथे । मलाई लाग्छ, माक्र्सवादी-लेनिनवादी भन्ने विशेषण भर्खरै उत्पन्न भएको हो, तिनताक यो विशेषण प्रचलनमा आइसकेको थिएन ।
तपाईंलाई अहिले वर्षौंपछि जीवनको समग्र दृष्टिकोणमा माक्र्सवादको छाप परेको छजस्तो लाग्छ ?
हो, केही हदसम्म छ । कसैले पनि समग्र सत्य बुझेको भने हुँदैन भन्ने मेरो धारणा छ । ठूला-ठूला विचारकले समेत सत्यको एउटा अंश मात्र देखेका छन् । ममाथि माक्र्सबाट ठूलो प्रभाव परेको छ । उनको तरिकाबाट आज पनि म प्रभावित छु । उनले आफ्नो निष्कर्षमा भनेजस्तो भने सधैं हुँदैन, तर उनी त्यस निष्कर्षमा कसरी पुग्छन् भन्ने प्रक्रिया महत्त्वपूर्ण कुरो हो । समाजको बन्दोबस्त र मनोविज्ञानमा आर्थिक अवस्थाले कसरी ठूलो असर पार्छ, क्रान्ति कसरी हुन्छ र समाजमा रहेका शक्तिहरू कसरी क्रान्तिमा एक हुन्छन् भन्ने उहाँको धारणा महत्त्वपूर्ण छ । इतिहासको आर्थिक प्रस्तुतीकरण मौलिक विचार थियो । इतिहास समग्र रूपमा आर्थिक विकासमा मात्र निर्भर रहन्छ भन्ने मलाई लाग्दैन । त्यस्तो भएको छैन । तर हामीले आर्थिक पक्षको मूल्याङ्कन गर्नैपर्छ ।
तर, मलाई लाग्छ, त्यो नै उहाँको एउटा मुख्य विश्वासमध्ये थियो ?
हो, त्यो सत्य हो । उहाँ हरेक वस्तुलाई मूलतः आर्थिक दृष्टिबाट हेर्नुहुन्थ्यो । निश्चय पनि अर्थतन्त्र इतिहासको उत्प्रेरक शक्ति हो । तर, कुनै एउटा कारणलाई औंल्याएर त्यसले मात्र इतिहासलाई अघि बढाउँछ भन्न तपाईं सक्नुहुन्न । यसअघि यस कारणलाई महत्त्व दिइएको थिएन । यसैले यो उहाँको मौलिक योगदान थियो । अनि, समाज एक रूपबाट अर्को रूपमा कसरी रूपान्तरण हुन्छ भन्ने सम्बन्धमा उहाँको क्रान्तिको विवेचना महत्त्वपूर्ण थियो । मलाई लाग्छ, सबै महान् विचारकमध्ये उहाँले मात्र समाजको गतिशीलताको महत्त्वलाई गहिरोसँग बुझ्नुभएको थियो । समाज गतिहीन हुँदैन, समाजभित्र निरन्तर रूपमा परिवर्तन आइरहेको हुन्छ । र, अन्ततः उसको परिमाणात्मक परिवर्तन गुणात्मक परिवर्तनमा रूपान्तरित हुन्छ । मलाई लाग्छ, उहाँले यो कुरो धेरै प्रस्टसँग बताउनुका अरू दुई कारण थिए । त्यस सम्बन्धमा मैले पनि लेखेको छु । उहाँले क्रान्तिमा भाग लिएर आफ्नो अवधारणालाई वास्तविक राजनीतिमा समेत प्रयोग गर्न खोज्नुभयो । । तसर्थ, उहाँको लेखनमा धेरै स्पष्टता र प्रभावकारिता छ ।
गान्धीले कुन प्रकारबाट तपाईंलाई प्रभावित बनाउनुभएको थियो ?
म कार्लमाक्र्ससँग गान्धीको तुलना गर्दिनँ । माक्र्स आफैंमा एउटा विशिष्ट कोटिमा हुनुहुन्थ्यो । त्यस्तै, गान्धी पनि एउटा अर्को विशिष्ट कोटिमा हुनुहुन्थ्यो । तर, बीसौं शताब्दीका राजनीतिक विचारकमध्ये गान्धीजी नै सबैभन्दा बढी मौलिक विचारक हुनुहुन्थ्यो । मलाई लाग्छ, यसबेला माक्र्सभन्दा पनि बढी सान्दर्भिक गान्धी हुनुहुन्छ । गान्धीवाद कसरी असफल भयो भन्ने सन्दर्भमा केही वर्षपहिले मैले एउटा प्रवचन दिएको थिएँ । मैले त्यसमा गान्धीवादको आलोचना गरेको थिएँ । तर मैले क्रमशः गान्धीसँग एउटा नितान्त नौलो सोच रहेछ भन्ने बोध गर्दै गएँ । उहाँको सोच लेनिनको भन्दा पनि महान् थियो । अरू कुनै क्रान्तिकारीको भन्दा महान् सोच थियो, त्यो । मैले माओका सन्दर्भमा धेरै पढेको छैन । म उनलाई पनि उच्च्ाकोटिमा राख्छु । तर, मलाई थाहा नभएकाले उनको मूल्याङ्कनचाहिँ गर्न सक्तिनँ । गान्धीजीको धेरै आलोचना भए । प्रारम्भका ती आलोचकमध्येका जयप्रकाश आफैं पनि प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो । अब, गान्धीको मृत्युपश्चात्चाहिँ उहाँले दिनुभएको विचार र त्यसलाई व्यवहारमा प्रयोग गर्नुभएको प्रक्रियालाई जयप्रकाशजस्ता आलोचकहरूले पछ्याइरहेका छन् ।
अब, तपाईंको आफ्नै सन्दर्भमा माक्र्सवादबाट गान्धीवादमा परिवर्तन हुन कसरी सम्भव भयो ?
त्यसो होइन । मैले आज पनि माक्र्सवादलाई पूरा त त्यागेकै छैन । माक्र्सवादमा मेरो विचारका धेरै महत्त्वपूर्ण तत्त्व छन् । म माक्र्सवादलाई पूरै त्याग्न सक्तिनँ ।
तपाईले गान्धीजीलाई भेट्नुभएको थियो । कोसित जानुभयो भेट्न ?
हाम्रो आन्दोलनप्रति गान्धीजीको पनि चाख रहेको कुरा त्यतिखेर लोहियाजीले थाहा पाउानुभएको रहेछ । अनि सन् १९४८ जनवरी २८ का दिन अर्थात् गान्धीजीको हत्या हुनुभन्दा दुई दिनअघि म उहाँको साथ लागेर गान्धीजीलाई भेट्न गएको थिएँ । उहाँले गान्धीजीसित मेरो परिचय गराउनुभयो । मैले त्यो दिन उहाँसँगै बिताएँ ।
उहाँले के भन्नुभएको थियो ?
गान्धीजीले भन्नुभएको थियो, ‘म तपाईंलाई सहयोग गर्न सक्दिनँ ।, जब आफ्नै मानिसले भारतमा मेरो कुरा सुन्दैनन् भने राणाले सुन्लान् भन्ने आशा कसरी गरौं, म कुनै सहयोग गर्न सक्तिनँ’- उहाँका शब्दहरू यस्ता थिए । उहाँ धेरै निराश अवस्थामा हुनुहुन्थ्यो । अनि, मैले उहाँलाई भनको थिएँ, ‘म तपाईंकहाँ कुनै ठूलो सहयोगको आशा लिएर आएको होइन, म त तपाईंको नैतिक समर्थन र आशीर्वाद चाहन्छु ।’ अनि, उहाँले भन्नुभएको थियो, ‘तपाईंलाई मेरो आशीर्वाद छ । जब मानिसहरूले आफ्नो अधिकारका लागि वा शोषण र दमनका विरुद्ध लड्छन्, म उनीहरूको साथमा हुन्छु ।’ म दिनभरि नै त्यहाँ बसें । उहाँले कस्तो भोजन, कसरी गर्नुहुन्थ्यो भन्ने देखें । उहाँ दिउँसोको खाना खानासाथ त्यही ठाउँमा केहीबेर झकाउनुभएको थियो । उहाँ एउटा सानो तन्ना ओछ्याएर त्यही ठाउँमा सुत्नुभएको थियो । उहाँ उठ्नुहुँदा केही विदेशी पत्रकारहरू आइपुगेका थिए ।
गान्धीजीको सन्दर्भमा पुनः मूल्याङ्कन गर्न समयको कुन बिन्दुमा पुगेर, कसरी थाल्नुभयो ?
भर्खरै हो । मैले दुई-तीन कारणले गान्धीजीको पुनर्मूल्याङ्कन गर्न थालेको हुँ । पहिलो, भारत स्वतन्त्र भएपछि यसले पारेको नैतिक र आध्यात्मिक प्रभाव हो । तपाईं हामीलाई प्राप्त भएको आजको वातावरण गान्धीजीकै उपहार हो । राजेन्द्रप्रसाद, जवहारलाल नेहरू र अरू सबै, अर्थात् त्यो हराउँदै गएको पुस्ता गान्धीवादको प्रत्यक्ष अनुपालक र समर्थक थियो । तर, विश्वका अरू मुलुकका भन्दा भारतको राजनीति राम्रो छैन । यो अझ खराब छ । तसर्थ, यो गान्धीवादको असफलता हो त ? के, गान्धीवादले भारतीय राजनीतिमा कुनै नैतिक गुण दिएन ? तर, जब हामी विकल्प के थियो त भनेर सोच्न थाल्छौं, समाधान के हुनसक्छ भनेर सोच्न थाल्छौं, तब हामी माक्र्सवादतर्फ हेर्छौं । अनि, त्यसले पनि धेरै कारगर समाधान दिन सकेको पाउँदैनौं ।
दोस्रो, औद्योगिकीकरणले उत्पन्न गरेका समस्याले पनि गान्धीको विचारलाई अति सान्दर्भिक बनाएको छ । हाम्रा लागि र अतिविकसित राष्ट्रका लागि मात्र होइन, उहाँ सबै राष्ट्रका लागि सान्दर्भिक हुनुभएको हो ।
‘समाज कसरी सङ्गठित हुन्छ, यो कसरी विकेन्दि्रत हुन्छ, कसरी आवश्यकता पूरा गर्नुपर्छ, कसरी उद्योगको विकेन्द्रीकरण गर्न सकिन्छ, र सम्पत्ति नै सुख र खुसीको एक मात्र र अन्तिम वस्तु होइन’ भन्ने देखाउन सक्ने अर्को कुनै विचार हामीसँग छैन । अहिले पश्चिमी जगत्ले औद्योगिकीकरणका कारण प्राकृतिक स्रोतको विनाश भएको, पारिस्थितिकी बिग्रेको, प्रदूषणलगायतका समस्या बढेको अनुभव गर्न थालेका छन् । यी समस्याहरू अहिलेसम्म भारतका लागि गम्भीर समस्या नभए पनि समस्या बढ्दै गएका छन् । सम्भवतः ऊर्जा र पेट्रोलियम पदार्थको अभावका कारण हामीले आफ्नो आर्थिक नीतिको पुनर्मूल्याङ्कन गर्न बाध्य हुनुपर्नेछ । हामी कस्तो किसिमको समाज निर्माण गर्न चाहन्छौं ? हामीसँग अमेरिकी नमुना मात्र छ । रूसले पनि अमेरिकी नमुना नै प्रयोग गरिरहेको छ । यसै वर्षभित्र अमेरिकाको स्तरमा पुग्छौं, उनीहरू भन्दै छन् । उनीहरू आफ्नो उत्पादनको स्तरलाई अमेरिकाको उत्पादन स्तरसाग तुलना गर्छन् । तसर्थ, विश्वमा अमेरिकी नमुना मात्र छ र जवहारलालजीले पनि त्यही नमुना अपनाए । के त्यो नै प्रशंसनीय नमुना हो त ? अमेरिकाको विश्वको छ प्रतिशत जनसङ्ख्याले विश्वको साठी प्रतिशत प्राकृतिक स्रोतको उपयोग गरिरहेको छ । हामी त्यसको स्तरमा कहिल्यै उक्लन सक्दैनौं । त्यो सम्भव नै छैन ।
तपाईंले नेपाली कांग्रेसको स्थापना गर्न सहयोग लिनका लागि जयप्रकाश नारायण र राममनोहर लोहियालाई नै किन छान्नुभएको हो ?
म अरू कोसँग जान सक्थें त ? यसको पहिलो कारण, म भारतको राष्ट्रिय आन्दोलनमा आबद्ध भइरहेको थिएँ । तसर्थ, म उहाँहरूसँग एउटै आन्दोलनमा थिएँ । हुन त, त्यतिखेर अरू राष्ट्रवादी नेताहरूसँग मेरो सम्पर्क थियो । तर उहाँहरूका आफ्नै सीमा थिए । उहाँहरू सरकारमा भएको हुँदा हामीलाई प्रत्यक्ष रूपमा सहयोग गर्न सम्भव
थिएन । मैले जवाहरलाल नेहरूसँग आफ्ना समस्या लिएर मेरठ कांग्रेसमा पहिलोपल्ट भेट गर्दा उहाँको मप्रति पूर्ण सहानुभूति थियो । तर उहाँ त्यसबेला भाइसरायको ‘कार्यपरिषद्’ को उप-सभापति हुनुहुन्थ्यो । तसर्थ, उहाँबाट धेरै सहयोग प्राप्त हुने सम्भावना भएन ।
उहाँले त्यसबेला के भन्नुभएको थियो ?
उहाँले भन्नुभएको थियो, ‘मेरो तपाइर्ंलाई पूर्ण सहानुभूति छ, तर सरकारमा भएका नाताले हामीले नेपाल सरकारसँग सरकारकै रूपमा व्यवहार गर्नुपर्छ । तसर्थ, हामी यस अवस्थामा बढी सहयोगी हुन सक्तैनाैं । तपाईंले आफ्नो आन्दोलन उठाएपछि, हामी तपाईंलाई सहयोग गर्न सकौंला ।’ त्यतिखेर जयप्रकाश स्वतन्त्र हुनुहुन्थ्यो । मैले जयप्रकाशलाई लोहियाले पनि मलाई सहयोग गर्दै हुनुहुन्छ भन्ने जानकारी गराउँदा उहाँले भन्नुभयो- ‘ठीक छ, लोहिया अनुभवी हुनुहुन्छ, तपाईंले उहाँको सहयोग लिनु उपयुक्त हुन्छ । मेरो सहयोगको खाँचो पर्दा तपाईं जतिखेर पनि मकहाँ आउन सक्नुहुन्छ ।’
सङ्गठन निर्माणका क्रममा लोहियाले कस्तो भूमिका निर्वाह गर्नुभएको थियो ?
सुरुमा उहाँले हामीलाई ठूलो सहयोग गर्नुभयो । हामी नेपालका अनुभवहीन मानिस थियौं । मैले भारतको आन्दोलनमा भाग लिइसकेका कारण म मात्र केही अनुभवी थिएँ । मलाई वक्तव्य निकाल्ने, जनतामा पुग्नेलगायतका सङ्गठनका तरिका थाहा थियो । तर अरूहरू भने धेरै कच्चा थिए । तसर्थ, लोहियाले हामीलाई के-कस्तो वक्तव्य कुन समय निकाल्नु उपयुक्त हुन्छ र कुन दृष्टिकोणबाट वक्तव्य निकाल्नुपर्छ भन्ने कुरा सिकाउनुभयो । उहाँले हाम्रो आन्दोलनप्रति गान्धीजीको पनि चाख रहेको कुरा त्यतिखेर थाहा पाउनुभएको रहेछ । अनि, सन् १९४८ जनवरी २८ का दिन, अर्थात् गान्धीजीको हत्या हुनुभन्दा दुई दिनअघि म लोहियाको साथमा लागेर गान्धीजीलाई भेट्न गएँ । उहाँले गान्धीजीसँग
मेरो परिचय गराउनुभयो । मैले त्यो दिन उहाँसँगै बिताएँ ।
लोहिया पनि साथसाथै हुनुहुन्थ्यो ?
हो । हामी बिहान नौ बजेतिर बिड्ला भवन पुगेका थियौं र साँझ चार-पाँच बजेतिर मात्र फर्कियौं ।
लोहिया पनि दिनभरि नै त्यहाँ बस्नुभयो ?
लोहिया केहीबेरमा हिँड्नुभयो । मैले गान्धीजीलाई भेट्नुभन्दा अघिल्लो दिन उहाँले मलाई जवाहरलालजीसँग भेट गराउन पनि लैजानुभएको थियो । लोहिया भेट गर्न कहिल्यै पनि समय लिएर जानुहुन्नथ्यो । त्यस दिन पनि गान्धीजीकहाँ जस्तै एकाएक पुगेर उहाँ नेहरूको कोठामा पस्नुभयो । तर, नेहरूलाई हामीले भेट्न सकेनौं । उहाँ कार्यालयमा हुनुहुन्थ्यो, इन्दिराजीचाहिँ घरमै हुनुहुन्थ्यो । त्यतिखेर उहाँ तीनमूर्ति भवनमा सरिसक्नुभएको थिएन ।
उहाँ मोतीलाल नेहरूमार्गमा बस्नुहुन्थ्यो ?
होइन । त्यो मोतीलाल नेहरूमार्ग थिएन । त्यसको अर्को कुनै नाम थियो । हामी त्यहाँ पुग्दा दिउँसोको खाना खाने समय भएको थियो । खाना पनि तयार थियो । तर, जवाहरलालजीले आफ्नी छोरीसँग हाम्रो विषयमा फोनमा कुरा गर्नुभयो र आफू खाना खान नआउने बताउनुभयो । तसर्थ, मैले उहाँलाई
भेट्न पाइनँ । लोहिया हाम्रो साथमा निरन्तर रूपमा रहनुहुन्थ्यो र हामीलाई प्रेरणा दिनुहुन्थ्यो । म र हाम्रो आन्दोलनका अरू नेतालाई मात्र होइन, सर्वसाधारणलाई पनि उहाँ पे्ररणा दिनुहुन्थ्यो । उहाँमा मानिसलाई आकषिर्त गर्ने अभूतपूर्व क्षमता थियो । तसर्थ, सुरुका दिनमा उहाँ हाम्रा लागि ठूलो सहयोगी हुनुभयो । त्यसपछि आन्दोलन सुरु भयो र म पक्राउ परें । यस सम्बन्धमा जवाहरजीलाई पनि सूचित गर्नुपर्छ भन्ने मेरा मानिसलाई लाग्यो ।
पक्कै पनि त्यसबेला लोहियाले नेहरूसँग मतभेद राख्न थालिसक्नुभएको थियो । विशेषगरी, जवाहरलालसँग लोहिया र अरू केही समाजवादीहरू टाढिनुभएको थियो ।
त्यो कुन सालतिरको कुरो हो ?
त्यो सन् १९४९-५० तिरको कुरो हो । म सन् १९४८ मा पक्राउ परें । जवाहरलालसँग सुषुप्त रूपमा भए पनि उहाँको ठूलै मतभेद थियो । मेरा अर्कै समस्या थिए । जवाहरलालजी पनि राष्ट्रिय आन्दोलनका हाम्रै नेता हुनुहुन्थ्यो । अझ, उहाँ त त्यसबेला प्रधानमन्त्रीसमेत बन्नुभएको थियो । तसर्थ, नेपालमा हुने कुनै पनि ठूलो आन्दोलनले भारतीय प्रधानमन्त्रीको सहयोग पाउन सक्नुपथ्र्यो । हामी जवाहरलालजीको पनि सहयोग चाहन्थ्यौं । त्यसका लागि जयप्रकाश नारायणलाई हामीले उपयोग गर्‍यौं । म नेपालमा भोकहडतालमा थिएँ । म मृत्युशय्यामा थिएँ । तसर्थ, मेरा आफन्तहरू जयप्रकाशजीकहाँ गए । मलाई मुक्त गर्न र मेरा माग पूरा गराउन नेपालका राणा प्रधानमन्त्रीलाई दबाब नदिने हो भने म मर्नेछु भन्ने उनीहरूलाई लागेको थियो । त्यसबेला जयप्रकाशजी गम्भीर दुर्घटनामा परेर अस्पतालमा उपचार गराउँदै हुनुहुन्थ्यो । उहाँको हड्डी भाँच्चिएको थियो र ब्यान्डेज लगाएर अस्पतालमै बस्नुभएको थियो । तसर्थ, मेरी श्रीमती र केही साथीहरू जयप्रकाशजीलाई भेट्न पटनाको त्यही अस्पतालमा पुगे । उहाँले अस्पतालबाटै नेहरूलाई फोन गर्नुभयो । अनि, नेहरूले राणा प्रधानमन्त्रीलाई मेरा सम्बन्धमा टेलिग्राम पठाउनुभयोे । हाम्रा लागि त्यो घटना ठूलो नैतिक प्रोत्साहन थियो भने राणाहरूका लागि अपमान थियो । हामीमध्ये कसैलाई मार्न सक्दा आन्दोलनलाई दमन गर्न सकिनेछ भन्ने उनीहरूले सोचेका थिए । हाम्रो आन्दोलनप्रति चासो राख्नुहुँदा जवाहरलाल नेहरू अन्तर्राष्ट्रिय प्रतिष्ठाको शिखरमा हुनुहुन्थ्यो । उहाँ ती दिनमा विशेषगरी दोस्रो विश्वमा अत्यन्त प्रतिष्ठित हुनुहुन्थ्यो । लोहियालाई भने नेहरूसँगको राम्रो सम्पर्क मन परेको थिएन । मेरो रिहाइपछि त्यही विषयलाई उहाँले कलकत्तामा एउटा मुद्दा बनाउनुभयो । त्यसबेला मैले लोहियाजीलाई भनेको थिएँ- ‘तपाईं गल्ती गर्दै हुनुहुन्छ । उहाँ प्रधानमन्त्री हुनुहुन्छ । हामीले उहाँलाई जतिसुकै घृणा गरे पनि वा जतिसुकै मन नपराए पनि उहाँ प्रधानमन्त्री हुनुहुन्छ र हामीले उहाँबाट आफ्नो काम लिनुपर्ने हुन्छ ।’ अनि उहाँले भन्नुभयो- ‘हेर्नुहोस्, तपाईं उनको सहयोग लिन चाहनुहुन्छ भने तपाईंले मलाई दुरुपयोग गर्न थाल्नुपर्छ, लोहियाको दुरुपयोग गर्न थाल्नुपर्छ ।’ मैले सोधें- ‘किन ?’ उहाँको जवाफ थियो- ‘त्यसो गर्नुभयो भने मात्र उनी खुसी हुनेछन् । र, तपाईंलाई सहयोग गर्न उनी खुसीसाथ तयार हुनेछन् । जबसम्म तपाईं मसँग रहनुहुन्छ वा म तपाईंको आन्दोलनको पक्षमा हुन्छु, उनले सहयोग गर्नेछैनन् ।’ मैले भनें- ‘यो त अति भयो । जे भए पनि हाम्रो आन्दोलन स्वतन्त्र आन्दोलन हो । तपाईंहरूबीच भारतीय राजनीतिमा जस्तोसुकै मतभेद भए पनि म तपाईं र जवाहरजी दुवैको सहयोग चाहन्छु । म तपाईंलाई छोड्नुपर्ने सर्तमा जवाहरजीको सहयोग कदापि पनि लिन्नँ ।’
यसबेला पनि अर्थात् आजको हिन्दुस्तानमा (१९७६ इसं) जयप्रकाश नारायणलाई लिएर त्यस्तै समस्या छ । जयप्रकाश नारायण र यहाँको संस्थापन पक्षबीच मतभेद छ भन्दैमा म त्यो मित्रतालाई कसरी त्याग्न सक्छु ? यसरी मसँग २००७ सालमा भने लोहियाको सन्दर्भमा केही समस्या उठे । अनि मैले भनें- ‘लोहियाजी, तपाईं कति तल्लो स्तरबाट बोल्दै हुनुहुन्छ भन्ने तपाईंले बुझ्नु नै भएको छैन ।’
म मन्त्री बनेपछि ममाथि लोहियाजी जमेरै खनिन थाल्नुभयो । सार्वजनिक सभामा समेत उहाँले ममाथि झूटो आक्षेप लगाउनुभयो । यसरी अन्ततः हामी एक-अर्काबाट टाढियौं । अनि, एउटा त्यस्तो बेला पनि आयो, हामीबीच बोलचालसमेत बन्द भयो ।
मैले गृहमन्त्री हुँदा एकपल्ट दिल्लीको औपचारिक भ्रमण गरेको थिएँ । त्यतिबेला मैले ठानेको थिएँ- जे भयो भइगयो, अब उहाँसँग सम्बन्ध सुधार्नुपर्छ । उहाँ त्यसबेला बाह्रखम्बारोडमा आफ्ना साथीहरूका साथ बस्नुहुन्थ्यो । तसर्थ, म कुनै सूचना नदिई उहाँकहाँ पुगें । म गृहमन्त्री थिएँ । तर, उहाँले मलाई सद्भाव देखाउनुभएन । उहाँ आउनुभयो र मेरो साथमा रहेका व्यक्तिलाई भेट्नुभयो । तर मलाई बस्समेत भन्नुभएन । उहाँले मलाई कुनै ऐरे-गैरेजस्तो व्यवहार गर्नुभयो । त्यसपछि म उहाँकहाँ कहिल्यै गइनँ, उहाँलाई कहिल्यै भेटिनँ । तर जब उहाँ पटना वा बनारस आउनुहुन्थ्यो, त्यतिखेर मेरी श्रीमतीलाई बोलाउनुहुन्थ्यो, उनलाई कफी बनाउन र बाहिरफेर जान आग्रह गर्नुहुन्थ्यो । कलकत्तामा पनि मेरी श्रीमती वा परिवारका कुनै सदस्य त्यहीँ छन् भन्ने उहाँलाई जानकारी भयो भने उनीहरूलाई भेट्नुहुन्थ्यो ।
तर, तपाईंलाई चाहिँ होइन ?
वास्तवमा उहाँले मलाई चिन्नै छाड्नुभएको थियो । तर त्यस घटनाको केही समयपछि उहाँले मसँग भेट्ने एउटा प्रयत्न गर्नुभयो । तपाईं भोला चटर्जीलाई त चिन्नु नै हुन्छ । उनी उहाँकै चेला थिए । तसर्थ, जयप्रकाश र लोहियाको विवादमा उनी लोहियाको पक्षमा थिए । उनले मकहाँ आएर भने- ‘लोहिया तपाईंसँग सम्बन्ध सुधार्न चाहनुहुन्छ, यस्तै-यस्तै ।’ मैले भनें- ‘बहुत राम्रो, म सम्बन्ध सुधार्न तयार छु । तर यसपटक उहाँ नै मेरोमा आउनुपर्छ, म उहाँकोमा जान्नँ । किनभने, मसँग तीतो अनुभव छ । यदि उहाँ मकहाँ आउनुहुन्न भने म पनि उहाँकहाँ जान्नँ ।’ यो स्कुले केटाकेटीको झगडाजस्तो सानो कुरा थियो । उहाँ मकहाँ आउनुभएन र म पनि उहाँकहाँ गइनँ । उहाँ मार्बलहाउसमा बस्नुहुन्थ्यो । म भने जनरल सुवर्णशमशेरको साथमा बसेको थिएँ । पछि सन् १९६० मा म पक्राउ परे । उहाँले त्यतिबेला पनि मप्रति सहानुभूति राख्नुभएन । मैले सात वर्ष जेलमा बिताएपछि भने उहाँले एकाएक गल्ती स्वीकार गर्नुभयो रे । उहाँले आफ्ना कार्यकर्ता कर्पुरी ठाकुरलाई र अरूलाई भन्नुभएको थियो- ‘हामीले गलत बुझेछौं । हामी उहाँलाई गलत बुझ्दै रहेछौं । ऊ लर्तरो मान्छे होइन रहेछ । उहाँ सात वर्षसम्म जेलमा बस्नुभयो र पनि विचलित हुनुभएको छैन । ऊ सानो मान्छे होइन । हामीले उहाँलाई सहयोग गर्नुपर्छ आदि ।’ उहाँले समाजवादी पार्टीमा सर्कुलर जारी गरेर हामीलाई सहयोग गर्न र हाम्रा कामको प्रचार गर्न निर्देशन दिनुभयो । तर, म जेलमुक्त हुनुअगाडि नै उहाँ दिवंगत भइसक्नुभएको थियो ।

अछामको एक गाउँका बासिन्दाले खानेपानी अभाव भएपछि कुवामा ताला लगाएका छन्

वेदप्रकाश तिमिल्सेना
अछाम: अछामको एक गाउँका बासिन्दाले खानेपानी अभाव भएपछि कुवामा ताला लगाएका छन् ।

खडेरीका कारण गाउँका पानीका मुहान सुकेपछि जिल्लाको रिडकोट गाविसका बासिन्दाले खानेपानी वितरणमा कोटा प्रणाली लगाउन ताला लगाएका हुन् । रिडिकोटको १, २ र ३ वडाका बासिन्दाको अधिकांश पानीका मुहान सुकेका छन् । पानीका धारा र नाउला -कुवा० सुक्न थालेपछि गाउँमा झगडा हुन थाल्यो । व्यवस्थित तरिकाले खानेपानी वितरण गर्न कुवामा ताला लगाइएका हौँ, रिडिकोट २ का इन्द्र कडायतले भने । रिडिकोटका तीन वडाका ६२ घरधुरीमध्ये हरेकलाई प्रत्येक दिन बिहान २० लिटर र साँझ २० लिटर पानी दिने नियम बनायका छन् । एक परिवारले दैनिक ४० लिटर पानीले पुर्याउनुपर्छ, स्थानीय रवि स्वाँरले भने । पानीको कोटा प्रणालीलाई व्यवस्थित गर्न गाउँलेहरूले स्थानीय युवा क्लबलाई जिम्मेवारी दिएका छन् । युवा क्लबका स्वयंसेवकले बिहान ७ देखि ९ बजेसम्म र साँझ ७ देखि ९ बजेसम्म मात्र कुवा खुल्ला गर्ने गरेका छन् । रिडिकोटका तीन वडाका बासिन्दा नुहाउन र घरमा पालेका चौपायालाई पानी खुवाउन टाढाको बुढीगंगा र छिपेखोला धाउने गरेको स्वाँरले बताए । यसैगरी अछाममा खडेरीका कारण खानेपानीका अधिकांश मुहान सुकेपछि जिल्लामा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको सदरमुकाम मंगलसेन, जैगड, बयलपाटा, विनायक, ठुलासैन, गैटाण, तुर्माखाँद, ढकारीलगायत ४० गाविसमा निकै समस्या रहेको सरसफाइ तथा सबडिभिजन कार्यालय अछामले जनाएको छ । अछाममा खानेपानीको हाहाकार भएको छ, जिल्ला सरसफाइ तथा सबडिभिजन कार्यालयका प्रमुख विनोद विश्वकर्माले भने, मुहानै सुकेपछि के गर्ने ? अछामका ग्रामीण बजारका अधिकांश होटल पानीको अभावमा बन्द भएका छन् ।

कठिनमय सुदूरपश्चिमको पत्रकारिता

कठिनमय सुदूरपश्चिमको पत्रकारिता
दिपायल – डिलबहादुर सिंह (०८ जनवरी २००७ १०:१९ बजे

सात दिन भयो राष्ट्रिय समाचार समितिका स्थानीय समाचारदाता चक्र कठायतले दुई पानाको एउटा समाचार लेखेको । दिनहुँ लेखेको समाचार हातमा लिएर उनी पिसिओ अगाडि कुरिरहेका हुन्छन । बिगत एक महिनादेखि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा टेलिफोन लाईन नियमित नहुँदा उनी मात्र होइन विभिन्न साचार माध्यमका लागि काम गर्ने सुदुरपश्चिमका पहाडी जिल्लाका पत्रकारहरुले यस्तै पीडा भोग्नु परेको छ ।

द्वन्द्वका क्रममा समेत सहज रुपमा साचालन भएका डोटी डडेल्धुरा र बैतडी सदरमुकामका फोनहरु हाल आएर दिनहुँ अवरुद्ध हुन थालेपछि यहाँ कार्यरत सञ्चारकर्मीहरूले सास्ती झेल्नु परेको छ ।

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पत्रकारिता गर्न निकै कठिन छ । एकातर्पु भौगोलिक विकटताका कारण पत्रकारहरुले समस्या भोग्नुपरेको छ भने अर्कोतर्फ साचार सुविधासमेत छैन भन्दा हुन्छ । कठायत भन्छन्- ूटेलिफोन लाइन आउने र जाने कुनै समय हुँदैन त्यसैले समाचार तयार पार्ने भन्दा पनि कसरी आफू कार्यरत साचारमाध्यमसम्म पुर्‍याउने भन्ने समस्या बढी छ ।ू

कठायतकै जस्तो पीडा अछामका बिनोद थापाको पनि छ । थापा रेडियो नेपालका लागि अछामबाट कार्यरत छन् । २०५८ सालमा ध्वस्त भएको टेलिफोन हालसम्म पनि सुचारु नहुँदा एक पाना समाचार फ्याक्स गर्न तीन घण्टासम्म पिसिओमा लाइन लाग्नु परेको दुखेसॊे उनी पोख्छन् ।

थापा भन्छन्- ूद्वन्द्वका क्रममा अवरुद्ध भएको टेलीफोन हालसम्म पनि सुचारु हुन सकेको छैन । साचारका साधनको अभावमा यस क्षेत्रका समाचारसमेत बाहिरका पत्रकारहरुले लेखि दिनु परेको छ ।

अछाममा कार्यरत पत्रकारहरुले टेलीफोन सेवा सुचारु गर्न एक महिना अगाडि मङ्गलसेनस्थित दूराचार कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । साचार सेवा केही समयभित्रै उपलब्ध गराउने कार्यालयका प्रमुखले आश्वासन दिएपछि ताला खोलिएको अछामस्थित नेपाल पत्रकार महासङ्घका सदस्य वेदप्रकाश तिमिल्सेना बताउँछन् । उनी भन्छन्- उतिबेला साचार सेवा दिने भने थाहा छैन अहिलेसम्म टेलिकमले दिने हो समस्या ज्यँू का त्यँू छ ।

बझाङमा कार्यरत पत्रकार लक्ष्मीराज जोशी साचार माध्यममा काम गरेको आम्दानीभन्दा बढी खर्च फोन र पुयाक्सको बिलमा गएपछि उक्त पेसा नै छोडेर हाल शिक्षण पेसा अँगालेका छन् । रेडियो नेपालका लागि बझाङबाट कार्यरत जोशी पत्रकारिता छोडेर बिगत छ महिनादेखि धनगढीस्थित निजी स्कुलमा अध्यापन गराउँदै आएका छन् ।

साचार सुविधा उपलब्ध भए पुनः पत्रकारितामा लाग्ने ईच्छा रहेको बताउने जोशी सदरमुकाम चैनपुरमा बसेर पत्रकारिता गरेर बाँच्न गाह्रो भएपछि आफूले शिक्षण पेसा अँगालेको बताउँछन् ।

नेपाल पत्रकार महासङ्घ डोटी अछाम शाखाका सभापति उद्धविसंह ढाँट पटक-पटक दूरसाचार कार्यालयसँग आग्रहगर्दा समेत टेलिफोन सेवा सुचारु हुन नसकेको बताउँछन् । सभापति ढाँट भन्छन्- ूदेशका बिगत बाह्र बर्षदेखि चलेको द्वन्द्वका कारण यस क्षेत्रका पत्रकारहरु साचार सुविधाबाट विाचत भएका थिए । हाल आएर पनि साचार सेवा सहज नहुँदा कार्यलाई्र निरन्तरता दिन सकेका छैनन् ।

दूरसाचार कार्यालय राजपुर दिपायलले डडेल्धुराको गाङखेत गाविसमा रहेको टेलिफोनको रिपिटर टावरमा आएको खराबीका कारण टेलिफोन सेवामा समस्या आएको बताएको छ ।

बखत विक

bhkhatBKnullPhoto: Bedprakash Timilsina तस्वीर : वेदप्रकाश तिमिल्सैना )

This picture shows a case of UNICEF abusing an 11 year old Dalit child in Achham District of Nepal, much to a negation to the world body’s own mission on child protection from violence, exploitation and abuse. The child was hired to carry a 30 kg heavy load of UNICEF’s educational aid materials from the district headquarters to his own village school, where other children but he would benefit from the aid materials. This is also an example of how dalit children usually fall pray to many atrocious abuses committed by apathetic Nepali agencies, so much so that even the international agencies like UNICEF would take them for granted forgetting their own mission.

बालअधिकारका लागि राष्ट्रसंघीय निकाय युनिसेफ (UNICEF) ले आफ्नो गाउको विद्यालयका आपनै उमेरका विद्यार्थीलाई दिएको बालमैत्री सिकाइ सामग्री सदरमुकामबाट लैजादै अछाम चाल्सा गाविसका ११ वषीय बखत विक । उनी ३० केजीको भारी बोक्न गाह्रो परेर बाटोमै रोइरहेका थिए । दलित यी बालकका बुवा जवाले विकलाई २०६२ असारमा माओवादीले मुसलले किचेर हत्या गरेको थियो । त्यसपछि वृद्ध हजुरबुवा, आमा र बहिनी पाल्ने जिम्मेवारी उनमै आइलागेको छ । भारी बोकेर परिवार पाल्दै आएका उनलाई स्थानीय साइमल प्राविले उक्त सामान लिन अघिल्लो दिन सदरमुकाम पठाएको थियो । सात घन्टा हिडेर गएका उनले अघिल्लो राति मंगलसेनको होटलमा ३५ रुपैयामा हाप खाना खाएको बताए । सामान पुर्‍याउदा उनले जम्मा १ सय ५० रुपैया ज्याला पाउछन् । जिल्ला शिक्षा कार्यालय र एनजीओ कोअर्डिनेसन कमिटीसग बुझेर उनले लगिरहेको बाकसभित्र स्कुलमा बालबालिकाका खेल्ने र पढ्ने सामान छन् । युनिसेफले चाल्सा गाविसका चारवटै स्कुललाई यस्तो सहयोग गरेको छ । जिल्लाका द्वन्द्वपीडित उनीजस्तै करिब पा“च सय बालबालिकाको दयनीय अवस्था भने हेरिदिने कोही छैन ।

प्रेस स्वतन्त्रताका लागी संसारभरका पत्रकारहरु एकजुट होऔ ! (सन्दर्भ प्रेस स्वतन्त्रतता दिवस )

प्रसंग विश्व प्रेस स्वतन्त्रतता दिवसको हो । कामको चाप र समयको अव्यवस्थापनले समयमै यसबारे चर्चा गर्न नसेकोमा क्षमाप्रार्थी छु । सन २००५ मा मात्रै कामकै सिलसिलामा १५० प्रत्रकार मारीएको यो संगीन घडीमा प्रेस स्वन्त्रता दिवसको औचित्य आफैमा महत्वपुर्ण रहन्छ । यो समयमा पत्रकार एकजुट हुनुपरेको छ किनकी शक्तिका पुजारीहरुबाट पत्रकारहरु दिनदिनै मारीने स्वतन्त्रपुर्वक हिडडुल गर्न र निश्पक्ष रुपमा लेख्नबाट रोक लगाइएका छन् कति त आस्थाका आधारमा मारीएका छन् । कृण्ण सेन इच्छुक देखी लिनु पर्ने नामहरु धेरैछन् । यसै सन्दर्भमा मोफसलको पत्रकारिता बारे २४ मार्च २००६ मा नेपाल पत्रकार महासंघ र इन्टरनेशनल एड्भोकेसी मिसनद्वारा काठमाडौंमा आयोजित नेपालमा प्रेस स्वतन्त्रताको अवस्था विषयक राष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र
स्रोतः बालकृष्ण चापागाई – प्रवासी नेपाली डट कम को सहयोगमा)

२०६१ माघ १९ को शाही कदमयता मुलुकमा प्रेस स्वतन्त्रतामाथि अनेकौं प्रकारले अंकुश लगाउने काम सरकारले गरिरहेको छ । संवैधानिक मूल्य, मान्यता र मर्यादाको चरम रुपमा उल्लङ्घन गरिएको छ । प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वन्त्रतामाथि प्रहार गरेर निरंकुश र स्वेच्छाचारी हुकुमी शासन चलाइएको छ । स्वतन्त्र पत्रकारिता गर्न खोज्ने सञ्चारकर्मीहरूमाथि बन्दूकको कुन्दा तेर्स्याउने, गिरफ्तार गरी हिरासत तथा जेलमा थुन्ने, धम्की, आतंक र त्रासको वातावरण सृजना गरी सत्य तथ्य कुराहरू लेख्न, प्रकाशन तथा प्रशारण गर्नमा अवरुद्ध गर्ने काम सरकारबाट भएको छ । प्रकाशन तथा प्रसारण गृहहरूमा बन्दूकधारी शाही सेनाहरू गएर कार्यालयहरूमा ताला ठोक्ने, समाचारको सेन्सर गरेर प्रकाशन तथा प्रसारण गर्न लगाउने जस्ता कामहरू गरिए । कैयन् पत्रकारहरूलाई शाही घोषणासंगै गिरफ्तार गरेर अनेकौ प्रकारको दुःख दिने काम गरियो ।
एफएमहरूमाथि त झनै चर्को रुपमा सरकार आक्रामक बन्यो । समाचार प्रसारणमै रोक लगाउने, विभिन्न अध्यादेशहरू ल्याएर अंकुश लगाउने धृष्टता सरकारले गर्‍यो र अहिले पनि गरिरहेको छ । सर्वोच्च अदालतको फैसला तथा अन्तराष्ट्रिय जगतबाट नेपालको प्रेस स्वतन्त्रताको आन्दोलनलाई र्समथन र नागरिक समाज एवं राजनीतिक दलहरूको ऐक्यबद्धताबाट उच्च मनोबलकासाथ संचारमाध्यमहरूले समाचार प्रकाशन तथा प्रसारण गरे पनि सरकारी हतकण्डा र अनेकौ प्रकारका हस्तक्षेपबाट स्वतन्त्र रुपमा प्रेसजगतले काम गर्न नपाएको अवस्था विद्यमान रहेको छ । नेपालको संविधान २०४७ को आधारभूत मूल्य र मान्यतालाई उल्लङ्घन गर्दै संविधानको धारा १२७ को प्रयोगको नाममा प्रेस स्वतन्त्रतालाई सुनियोजित ढंगले समाप्त पार्ने उद्देश्यले सञ्चार अध्यादेश २०६२ ल्याउने काम सरकारले गर्‍यो र यसैलाई कानुनी अस्त्रको रुपमा लिदै स्वतन्त्र पत्रकारितालाई कुण्ठित गरी पत्रकारहरूलाई दास बनाउने षडयन्त्र अनुरुप विज्ञापनमा एकद्वार प्रणाली लागू गर्न थालियो । यसबाट स्वाभिमानी, प्रजातन्त्र र प्रेस स्वतन्त्रताका पक्षधर संचारमाध्यम तथा सञ्चारकर्मीहरू निकै अप्ठ्यारोमा परिरहेको कुराप्रति स्वयं हामी भुक्तभोगी छौं । केही समय यता प्रेसजगत केही खुकुलो जस्तो महसुस भएपनि निरंकुश शाही सरकार प्रेस स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारलाई अनेकौं षडयन्त्र गरेर हनन् गरिरहने पक्षमा देखिन्छ । यसको नयाँ उदाहरणको रुपमा सरकारले नयाँ ल्याउन खोजिरहेको तर देशभित्र र बाहिरबाट आइरहेको चर्को बिरोधका कारण र्सार्वजनिक गर्न नसकेको प्रस्तावित प्रसारण ऐन २०६२ लाई लिन सकिन्छ । सरकार मौका हेरेर आक्रमण गर्ने सोंचमा छ । शाही कदमयता मुलुकमा द्वन्द्व झनै चर्किएको छ, उद्योगधन्दा झनै संकटमा पर्दै गएका छन्, बजार साँगुरिदै गएको छ, संघसंस्थाका रचनात्मक गतिविधिहरू पनि संकुचनमा पर्दै गएकाछन्, आर्थिक क्रियाकलापमा पनि क्रमशः मन्दी आएको छ, विदेशी दाताराष्ट्रहरूबाट पनि द्वन्द्व र असुरक्षाका कारण लगानीमा न्यूनीकरण तथा कतिपय लगानीहरू रोकिएको आदि कारणले गर्दा सञ्चार जगत यतिबेला क्रमश संकटग्रस्त अवस्थातर्फधकेलिदै गएको छ । यसले गर्दा सूचना लिने र सम्प्रेषण गर्ने कुरा नै आफैमा चुनौतिपुर्ण बनेको छ । सञ्चारमाध्यमहरू चल्ने आर्थिक आधार भनेको विज्ञापन नै हो, त्यो पनि पाउन कठिन भएको छ । अझ त्यसमा पनि मुलुकमा राजनीतिक द्वन्द्वका कारण महिनै पिच्छे जस्तो हुने नेपाल बन्द आदिले विज्ञापनदाताहरू घटिरहेका छन्, उद्योग नै नचलेपछि विज्ञापन आउने कुरा पनि भएन । सरकार पक्षबाट मात्र नभएर नेपाली प्रेस विद्रोही नेकपा माओवादी पक्षबाट पनि ठूलो समस्याको सामना गर्न बाध्य भएको छ । पत्रकारहरूलाई अपहरण गर्ने, स्थानहद गर्ने, समाचार छापेको निहुँमा धम्की दिने र नृशंस हत्यासमेत गरेका तमाम घटनाहरू हाम्रो सामु रहेका छन् । माघ १९ को शाही कदम पश्चात हालसम्म मोफसलको पत्रकारितामा देखापरेका केही घटनाहरूलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
पत्रकारमाथि दमन क. गिरफ्तारी
-पाँचथरः यस जिल्लामा माघ १९ पछि पत्रकारमाथिको दमन तीब्र परियो । यस क्रममा पत्रकार लवदेव ढुंगानालाई गिरफ्तार गरी केही दिन थुनामा राखी मुक्त गरिएको छ । इलामका पत्रकार धिरेन चेम्जोङ् र धर्म गौतम लगायतका पत्रकारहरूलाई प्रहरी हिरासतमा राखिएको थियो । मोरङः २०६२ कार्तिक ५ गते पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा विराटनगरमा सञ्चार अध्यादेश र कान्तिपुर एफएममाथि भएको सरकारी हस्तक्षेपको विरोध गर्दै अध्यादेशको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरी पत्रकारहरू बन्धु पोखरेल, सुभाष कार्कीलाई पक्राउ गरेको थियो । सुनसरीः ०६२ कार्तिक १३ गतेः सञ्चार अध्यादेशको खारेजीको माग गर्दै ०६२ कार्तिक १३ गते सञ्चारकर्मीहरूले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरी ३० पत्रकारसहित ३७ जनालाई पक्राउ गरेकोे । सप्तरीः यस जिल्लामा माघ १९ पश्चात पत्रकार मनोहर पोखरेललाई ७४ दिन हिरासतमा राखी छोडियो भने अर्जुन साहलाई केही दिन हिरासतमा राखी छोडिएको छ । प्रेस स्वतन्त्रताको पक्षमा लागेको भनी राष्टिूय समाचार समितिका चितवन प्रतिनिधि नारायण अधिकारी र गोरखापत्र दैनिकका तत्कालीन समाचारदाता वसन्त पराजुलीलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरी १७ दिन नजरवन्दमा राखेर रिहा गरेको थियो तनहूमै फागुन २५ गते पत्रकार ऋषिराम पोख्रेल र रविन पौडेललाई प्रहरीले गिरफ्तार गरी ऋषिराम पोख्रेललाई सोही दिन साँझ र रविन पौडेललाई ३ दिन पछि हिरासत मुक्त गरिएको थियो । रविन पौडेललाई भने प्रशासनले तीन महिने पर्र्जी थमाएको थियो । बाग्लु·मा चैत २७ गते प्रेस स्वतन्त्रता विषयक अन्तक्रिर्या कार्यक्रम गर्न लाग्दा नेपाल पत्रकार महासंघ बाग्लुङ शाखा सभापति राजेशचन्द्र राजभण्डारी र सचिव हरिनारायण गौतमलाई प्रहरीले पक्राउ गरी केही समयपछि छोडेको थियो । माघ २३ मा कञ्चनपुरस्थित अभियान दैनिकका सम्पादक खेम भण्डारी सुरक्षाकर्मीद्वारा पक्राउ, फागुन ५ मा पुनः पक्राउ, परिवारका सदस्यसमेतलाई भेटघाट गर्न रोक, प्रशासनको निर्देशन विपरीत राजनीतिक दल र माओवादीलाई सहयोग पुग्ने गरी समाचार प्रकाशन गरेको आरोप, जिल्ला प्रशासन कार्यालयद्वारा ५ हजार जरिवाना र फागुन १३ मा धरौटीमा रिहा । माघ २४ मा शाही सेनाले बीबीसीका नेपालगञ्जस्थित संवाददाता नेत्र केसीलाई पक्राउ, तीन घण्टापछि रिहा । त्यस्तैगरी फागुन ४ मा डडेल्धुराका कान्तिपुर पब्लिकेशनका संवाददाता डीआर पन्त सुरक्षाफौजद्वारा पक्राउ, राजाको माघ १९ को कदमका विरुद्ध पर्चा बाँडेको आरोप । चैत्र १ मा राजनीतिक पार्टर्ीीे विरोध पर््रदर्शन कार्यक्रमको रिपोर्टिङ गर्दै रहेको अवस्थामा च्यानल नेपालका दाङस्थित संवाददाता शरद अधिकारी पक्राउ, चैत २५ मा रिहा । चैत्र २ मा कन्चनपुरबाट प्रकाशित नयाँअभिमत साप्ताहिकका कार्यकारी सम्पादक अर्जुन धानुक पक्राउ, १९ दिनपछि रिहा । चैत्र १६ नेपाल पत्रकार महासंघ सर्ुर्खेत शाखाका केन्द्रीय पार्ष कमलराज रेग्मी पक्राउ, जेठ ३१ बाँकेमा प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरूद्वारा पर््रदर्शन गर्दा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तासहित ३३ जना पत्रकार पक्राउ र २ घण्टा पछि रिहा । साउन ५ मा कैलालीबाट प्रकाशित हुने मालिका साप्ताहिकका सम्पादक नगेन्द्र उपाध्याय सुरक्षाकर्मीद्वारा पक्राउ, माओवादीलाई सहयोग गरेको आरोप, आतंककारी तथा विध्वंसात्मक नियन्त्रण ऐनबमोजिम कैलाली जेल चलान । असोज ४ मा जिल्ला प्रशासन कार्यालय दैलेखद्वारा कान्तिपुर दैनिकका दैलेखस्थित संवाददाता हरिहरसिंह राठौरलाई आतंककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण तथा सजाय अध्यादेश २०६२ बमोजिम माओवादीलाई सहयोग पुर्‍याएको आरोपमा पक्राउ गरी ६ महिने पक्राउ पर्र्जी, असोज ५ मा रिहा । ख. धम्की/चेतावनीः झापाका पत्रकार दिपक अधिकारी र दिपिन र्राईलाई सेनाले बंकरमा राखेर यातना दिएको तथा कृष्ण हुमागाई लगायतका पत्रकारहरू सेनाको धम्कीका कारण अर्ध भूमिगत हुन बाध्य पारिएको । काभ्रेः यस जिल्लामा पनि माघ १९ पछि संचारकर्मीहरूमाथि सरकारी हस्तक्षेप तीब्र रहृयो । पछिल्लो घटना अनुसार कान्तिपुर सम्वाददाता खुमान सिंह तामाङलाई सुरक्षा निकायबाट ज्यान मार्ने धम्की र चेष्टा साप्ताहिकलाई बन्द गर्ने चेतावनी दिईएको थियो । सिन्धुपाल्चोकः यस जिल्लामा माघ १९ पछि सरकारी दमन तीब्र रहृयो । पछिल्लो घटना अनुसार सिन्धुपाल्चोकबाट प्रकाशित अभिलेख साप्ताहिकका प्रबन्ध सम्पादक पवित्रकुमार खड्कालाई शस्त्र प्रहरीद्वारा महिलामाथि कुटपिट’ शीष्कको समाचार छापेको विषयमा प्रहरी नायव उपरीक्षक दीपक थापाद्वारा धम्की र सुरक्षा निकाय सम्बन्धी समाचार नछाप्न चेतावनी -अभिलेख वर्ष४ अंक ४१, २८ फागुन २०६२ अनुसार अंक ४० मा उक्त समाचार छापिएको थियो ) रामेछापः माघ १९ पछि यस जिल्लामा नेपाल पत्रकार महासघं शाखा सभापति हिमाल ढुंगेल र पत्रकार नवराज पथिकलाई शाही सेनाका मेजरले २०६२ जेठ १३ गते ४ घण्टा थुनामा राखी चेतावनी सहित छोडेका थिए भने उता माओवादीका विवेक भन्नेले पटक-पटक फोन गरी भौतिक कार्यवाही गर्ने धम्की दिएका र पछिल्लो पटक २०६२ मंसिर २७ गते धम्की दिएका थिए । सिन्धुलीः माघ १९ पछि यस जिल्लामा महासंघ शाखा सभापति राजकुमार कार्की, पत्रकार द्वारिका काफ्ले, श्याम घिमिरे, कृष्णहरि घिमिरे, मिनकुमार दाहाललाई प्रजिअले सरकारको बिरुद्ध समाचार लेखे ज्यान मार्ने धम्की दिएकाछन् । सुरक्षाको कारण पत्रकार द्वारिका काफ्ले र कृष्णहरि घिमिरे २०६२ पुष महिनादेखि जिल्लाबाट विस्थापित छन् । नेपाल पत्रकार महासंघले उनीहरूलाई जिल्ला र्फकने वातावरण सिर्जना गर्न पहल गरिरहेको छ । त्यस्तै गरी सात राजनीतिक दलहरूले चलाएको आन्दोलनको क्रममा समाचार संकलन गर्न जाँदा मकवानपुरको हेटौडाबाट पत्रकार देवराज रिमाललाई प्रहरीले पक्राउ गरी एक रात थुनामा राखी मुक्त गरेको थियो । चितवनका स्थानीय पत्रिका र केही राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई शाही सेनाको प्रत्यक्ष दवाबमा निर्देशित समाचार लेख्न बाध्य पारियो । भरतपुर नगरपालिका वडा नम्बर १३ को आनन्दपुरमा लेखिएको वेनामी भित्तेलेखनलाई समाचार बनाएर भोलिपल्टका पत्रिकामा महत्वका साथ छाप्न आफू सैनिक मेजर भएको वताउने व्यक्तिले भरतपुर व्यारेकको टेलिफोन नम्बर ५२५०९० बाट चैत १५ गते स्थानीय पत्रिकाका कार्यालय र केही पत्रकारहरूलाई फोन गरेका थिए । समाचार प्रकाशनको विषयलाई लिएर विवाद चलिरहँदा वीरगञ्जबाट प्रकाशित भइरहेका सबै दैनिक पत्रिकाका सम्पादक/प्रकाशकहरूलाई स्थानीय प्रशासनले पटक-पटक धम्की दिंदै आएको छ । माघ १९ मा लागेको संकटकालसँगै आफ्ना समाचारहरू पत्रपत्रिकामा नछापिएपछि माओवादी व्रिरोहीहरूले पनि पत्रकारहरूलाई विभिन्न किसिमका धम्की दिने गरेका छन् । यसबाट यहाँको सिंगो सञ्चारजगत् दोहोरो आतंक सहन वाध्य भएको छ । रेडियो वीरगञ्ज समाचार प्रमुख दीपेन्द्र चौहानलाई समाचारकैकारण पक्रने र मानसिक तनाव दिने काम भएको थियो । रुपन्देहीः पटकपटकको सुरक्षा फौजको निर्देशन र निगरानीका कारण स्वतन्त्र पत्रकारितामा अवरोध आएको छ । फागुन ९ गते हिमाल खबर पत्रिकाका जे.बी.पुन मगरलाई कपिलवस्तुको पकडीबाट साधा पोशाकका सुरक्षाकर्मीले नियन्त्रणमा लिई ११ गते छाडिएको थियो भने माघ १९ पछि शुरुका दिनमा टेलिफोन अवरुद्ध हुँदा समाचार संप्रेषण गर्न भारतको सुनौली जाने क्रममा वी.वी.सीका स्थानीय संवाददाता माधव नेपाललाई पटकपटक सेनाले रोक्ने प्रयास गरेको थियो । माघ १९ को शाही सम्बोधनको लगतैदेखि एफ.एम. स्टेशनहरूमा समाचार र समाचारमूलक कार्यक्रम बन्द गर्ने मौखिक निर्देशन दिइएको थियो भने भोलिपल्ट विहानदेखि गीत र खेलकूदसम्बन्धी कार्यक्रम प्रशारण गर्ने मौखिक अनुमति सुरक्षा निकायबाट प्राप्त भएको थियो । प्रेस स्वतन्त्रताका लागि आन्दोलित पत्रकारहरूलाई राजधानीमा गिरफ्तार गरेको भोलिपल्ट अर्थात जेठ २६ गते विरोध पर््रदर्शनकै क्रममा बुटवलबाट ९ जना पत्रकारलाई गिरफ्तार गरी केही क्षणपछि मुक्त गरिएको थियो । त्यसैगरी नेपाल पत्रकार महासंघका साधारण सदस्य दीपक वि.क. र जनादेश साप्ताहिक संवाददाता होम प्रसाद बस्याललाई सुरक्षानिकायले गिरफ्तार गरी हिरासतमा राखेको छ
नेपाल पत्रकार महासंघ नवलपरासीका निवर्तमान सभापति कृष्णबहादुर काकीलाई केही समय अगाडि नवलपरासीको माओवादी प्रतिकार समितिका व्यक्तिले ज्यान मार्ने धम्की दिएका थिए । मंसिरमा नेकपा एमालेद्वारा बाग्लुङमा आयोजित आमसभामा माओवादीको भेषमा सुनियोजित रुपमा घुसेका शाही सेनाका जवानलाई चिनाएको अभियोगमा पत्रकार हरिनारायण गौतमलाई सेनाले पक्राउ गरी मानसिक यातना र धम्की दिई ३ घण्टापछि छोडेको थियो । २०६१ फागुन ८ मा प्यूठान समाचार पत्रका सह-सम्पादक नुमराज खनाललाई फागुन ४ गतेको अंकमा शाही घोषणा र प्रेस स्वतन्त्रताको प्रश्न भन्ने शर्ीष्ाकको सम्पादकीयप्रति आपत्ति जनाउंदै सेनाद्वारा धम्की । चैत ३ कैलालीको धनगढीबाट प्रकाशित हुने सुदूरसन्देश दैनिकका सम्पादक हेमन्त पौडेललाई मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुलसी गिरीको सम्बन्धमा लेखिएको समाचारलाई आधार बनाई सुरक्षाकर्मीद्वारा धम्की र आगामी दिनमा सरकारको विरोधमा समाचार नलेख्न चेतावनी । त्यस्तैगरी अछामस्थित रेडियो नेपालका संवाददाता विनोद थापालाई प्रशासनद्वारा प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम मात्रै समाचार सम्प्रेषण गर्न आदेश तथा प्रशासनको रवैयापछि थापा अछामबाट विस्थापित हुन बाध्य । अछामस्थित कान्तिपुर दैनिकका सम्वाददाता सुरज कुँवर सुरक्षाकर्मीको पटकपटकको धम्कीका कारण जिल्लाबाट विस्थापित । २०६२ जेठ १ मा समाचार संकलन गर्न लागेको बेलामा राजधानीका सम्वाददाता रामेश्वर बोहरालाई सुरक्षाकर्मीद्वारा दर्ुर्व्यवहार, क्यामरा जफत गर्ने प्रयास । यसैगरी हरिहरसिंह राठौर -कान्तिपुर), कमल न्यौपाने -नेपाल समाचारपत्रका)लाई सुरक्षाकर्मीले दइ पटकसम्म ब्यारेकमा बोलाएर प्रशासनको विरोधमा समाचार नलेख्न धम्की । जेठ १४ मा जुम्लाको रारालिहीमा सेनाद्वारा पक्राउ गरिएका ५ जना माओवादीका सम्बन्धमा समाचार नलेख्न सेनाको १४ नं. बाहिनी जुम्लाका बाहिनीपति राजुप्रताप केसीले स्थानीय पत्रकारहरूलाई धम्की, उक्त समाचार र्सार्वजनिक गर्नेलाई ज्यान मार्नेसम्म धम्की । २०६२ असार १ मा प्यूठानको मल्लरानी मासिकमा प्रकाशित ँनिरंकुशताबिरुद्ध एमाले गाउँमा गाउँमा जानेँ समाचारप्रति आपत्ति जनाउंदै प्रशासनद्वारा सम्पादक बिमला पाण्डेसहित सम्पादन मण्डलका ६ जनासँग बयान र माघ १९ को शाही कदम प्रतिकूल समाचार नछाप्न धम्की । असार ३ मा प्रेस स्वतन्त्रताको माग गर्दै विरोध पर््रदर्शनमा उत्रिएका नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सभापति एवम् कान्तिपुर दैनिकका सम्वाददाता जयबहादुर रोकायलाई सरकारको विरोधमा विरोध पर््रदर्शन नगर्न सुरक्षाकर्मीको धम्की । जाजरकोटका प्रमुख जिल्ला अधिकारीले आफूविरुद्ध समाचार प्रकाशित भएपछि राजधानी दैनिका सम्वाददाता राजेन्द्र कार्कीलाई कार्यालयमै बोलाएर आइन्दा त्यस्ता समाचार नलेख्न धम्की ।
त्यसैगरी सेनाका सम्बन्धमा समाचार छापिएपछि सेनाद्वारा ज्यान मार्ने धम्की । प्रजिअ र सरकारी कार्यालयमा भएका अनियमितताका सम्बन्धमा समाचार प्रकाशित गरेको आरोपमा प्रजिअले जाजरकोट सन्देश साप्ताहिकका सम्पादक महेन्द्र सिंहलाई लिखित चेतावनी । बुलबुले दैनिकका संवाददाता धर्म विष्टलाई सुरक्षाकर्मीद्वारा अभद्र व्यवहार गर्नुका साथै कुटपिट । अछामका प्रमुख जिल्ला अधिकारीले स्थानीय पत्रकार विनोद थापा र सुरज कुँवरलाई माघ १९ को शाही कदमको भावनाविपरीत काम गरे जे पनि हुन सक्ने धम्की दिंदै काम गर्ने तरिका बदल्न चेतावनी । असार २८ मा माओवादीको हुम्ला जिल्ला संयुक्त जनसमितिका प्रमुख छिमी लामाद्वारा एक पत्रमार्फ् कान्तिपुरका हुम्ला समाचारदाता जयबहादुर रोकायलाई जिल्ला अनुगमन समितिमा बसेको र आफ्नो घरमा कार्यालय खोल्न दिएको आरोप लगाउंदै कारवाहीको धम्की । साउन १६ मा दैलेख दुल्लुका बालबालिकालाई सेनाद्वारा प्रयोग शर्ीष्ाकको समाचारप्रति आपत्ति जनाउंदै सेनाद्वारा कान्तिपुरका हरिहर सिंह राठोर, नेपाल समाचार पत्रका कमल न्यौपाने, अन्नपर्ूण्ा पोष्टका पुष्कर थापालाई ँजे पनि गर्ने धम्की’ । साउन १७ मा बाजुराको मार्तडीस्थित उच्च माध्यमिक विद्यालयमा ँसुरक्षाफौजको बेस क्याम्प बसेपछि विद्यालयको पठनपाठन बन्द’ शर्ीष्ाकको समाचारप्रति आपत्ति जनाउंदै सुरक्षाफौजद्वारा कान्तिपुरका समाचारदाता अर्जुन शाहलाई धम्की । असोज ३० मा माओवादी दैलेख जिल्ला कमिटीका सदस्य लसिरामद्वारा नेपाल समाचारपत्र दैनिकका स्थानीय सम्वाददाता कमल न्यौपानेलाई माओवादीविरुद्ध कलम चलाई फाँसीवादी राज्य सत्तासँग मिलेर कार्य गरेको आरोप लगाउंदै तीन हप्ताभित्र पत्रकारिता छोडन आदेश । नछाडे कारवाही गरिने चेतावनी । ग. स्पष्टीकरण/बयान २०६१ चैत २१ गतेको कान्तिपुर दैनिकमा छापिएको एउटा समाचारका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले उक्त पत्रिकाको भरतपुर क्षेत्रीय व्यूरोमा कार्यरत तीन जना सम्बाददाताहरूसँग वयान लिएको थियो । नारायणगढ मुग्लिन सडकको जलवीरेमा चैत १९ गते राति सातवटा मालवाहक टूकमा आगजनी भएको समाचार पत्रिकामा छापिएपछि त्यसको स्रोत खोल्न दवाब दिंदै प्रशासनले चैत २२ गते सोमबार डेढघण्टा र २२ र २३ गते प्रहरीले एकएक घण्टा राखेर कान्तिपुरका सम्बाददाताहरू प्रभाकर घिमिरे, नारायण शर्मा र खुमानसिंह तामाङसँग वयान लिएको थियो । माघ १९ गते नै पहल साप्ताहिकका पत्रकार उत्सव चौलागाईंलाई शाही नेपाली सेनाले सोधपुछका लागि भनी दर्ुइ घण्टासम्म नियन्त्रणमा लिएर छाडिदिएको थियो । सोही पत्रिकाका सम्पादक दीपक आधिकारीलाई शाही घोषणाविपरीत समाचार प्रकाशन गरेको आरोपमा २०६१ फागुन १७ गते सेनाको मध्य पृतना हेटौंडाले वोलाएर स्पष्टीकरण लिएको थियो । आन्दोलनकारीको समाचार र तस्वीर छापेको आरोपमा जेठ २४ गते हेटौडा सन्देश दैनिकका सम्पादक सन्तोष न्यौपानेलाई जिल्ला प्रशासन कार्यालयले मौखिक वयान लियो । त्यसको भोलिपल्ट प्रहरीले पनि सम्पादक न्यौपानेलाई विनापर्ुर्जी जिल्ला प्रहरी कार्यालयमा वोलाई प्रकाशित समाचारका विषयमा लिखित वयान दिन लगायो । आन्दोलनको समाचार तथा तस्वीर नछाप्न उनलाई प्रमुख जिल्ला अधिकारीले पटक-पटक निर्देशन दिंदै आएका छन् । हेटौडा सन्देश दैनिकका सम्पादक सन्तोष न्यौपानेलाई मध्यमाञ्चलका क्षेत्रीय प्रशासक रविन्द्र चक्रवर्तीले ८ घण्टा कब्जामा राखी बयान लिने काम गरे । क्षेत्रीय प्रशासकले आफूलाई आठ घण्टा सम्म अघोषित हिरासतमा लिने, बयान लिने र धम्काउने गरेको घटनालाई लिएर प्रशासक चक्रवर्तीविरुद्ध पुनरावेदन अदालत हेटौडामा अन्तरिम आदेशसहितको निषेधाज्ञा परमादेश जारी गर्राई पाउँ भनी मुद्धा दायर गरेका थिए । अदालतले क्षेत्रीय प्रशासक चक्रवर्तीका नाममा कानुनी आधारविना पत्रकारलाई पक्रने, बयान लिने, यातना वा धम्की दिनेजस्ता कुनै काम नगर्न अन्तरिम आदेश दिएको छ । प्रशासक चक्रवर्तीले हेटौडा सन्देशमा प्रकाशित माओवादी अध्यक्ष प्रचण्डको साभार अन्तर्वार्ता र “दलहरूले जनसागर उतार्ने” शर्ीष्ाक लगायत अन्य पाँच समाचारबारे बयान लिएका थिए । पछि उनलाई बोलाएको समयमा उपस्थित हुने शर्तमा छाडिएको थियो । कान्तिपुर दैनिकमा ँकालिबहादुर गणका दर्ुइ सेना माओवादीद्वारा अपहरित’ भन्ने समाचारकै कारण कान्तिपुर दैनिकका स्थानीय संवाददाता एवं नेपाल पत्रकार महासंघ मकवानपुरका सभापति प्रताप विष्टले सेनाबाट मानसिक तनाव व्यहोर्नु पर्‍यो । हेटौंडाको अर्को साप्ताहिक पत्रिका कुराकानीका सम्पादक देव श्रेष्ठ र कार्यकारी सम्पादक खेम बोलखेलाई पनि सेनाको मध्यपृतना हेड क्वार्टर हेटौंडाले फागुन १६ गते प्रकाशित पत्रिकाको समाचारका बारेमा स्पष्टीकरण माग्यो । तीन घण्टासम्म राखेर सोधपुछ गरेपछि आगामी दिनमा पनि उही प्रकारको समाचार प्रकाशित भए पत्रिकाको दर्ता नै खारेज गरिदिने धम्कीकासाथ सेनाले दुवै पत्रकारलाई छाडेको थियो
सुर्खेतबाट प्रकाशन हुने बुलबुले दैनिकका दैलेखस्थित सम्वाददाता धर्म विष्टलाई अब प्रशासनका विरुद्ध कुनै समाचार लेख्दिन’ भन्ने व्यहोराको कागज गर्न बाध्य गराइयो । साउन १३ मा जुम्लामा आयोजित ँकर्ण्ाालीमा विकासका प्रयास र शान्ति स्थापनाका सवालहरू’ विषयक अन्तर्त्रिmया कार्यक्रममा पत्रकार र मानव अधिकारकर्मीद्वारा व्यक्त धारणाप्रति २४ नं. बाहिनीका प्रमुख सहायक रथि राजुप्रताप के.सी. द्वारा पत्रकार झलक गैरे र मानव अधिकारकर्मी सुरेश गौतमसँग स्पष्टीकरण माग गरिएको थियो । त्यस्तै गरी साउन ११ मा समाचार सम्प्रेषण गरेका विषयमा बाूकेस्थित कालीदल गण र्-इ) गणपति प्रमुख सेनानी कृष्णमुरारी न्यौपानेद्वारा राजधानी दैनिकका नेपालगञ्जस्थित सम्वाददाता रामेश्वर बोहरालाई जिल्ला प्रशासन कार्यालय बाँकेमा बोलाई सोधपुछ गरिएको थियो । घ. अपहरण/बेपत्ता मोरङः २०६२ मंसिर ६ गते ब्लाष्ट टाइम्स दैनिकका विराटनगर सम्वाददाता चन्द्रमणि कट्टेल र धरानका पत्रकार विमल शाक्यलाई मोरङको राजघाटस्थित दर्ुगापुरीमा माओवादीहरूले अपहरण गरी थुनामा राखेको । ताप्लेजुङः २०६२ मंसिर १५ गते ताप्लेजुङको सिकैचा गाविसबाट नेकपा माओवादीहरूले पाँच जना पत्रकारहरूलाई अपहरण गरी पत्रकारहरूको पाँच लाखभन्दा बढीको सामग्रीहरू लुट्नुकासाथै २४ घण्टासम्म नियन्त्रणमा लिएर थुनामा राखेको । इलामः इलामका पत्रकार स्ाोम शर्मालाई माओवादीले अपहरण गरी ५६ दिनसम्म आफ्नो हिरासतमा राखेका थिए । २०६२ जेठ २१ म्ाा दार्चुलास्थित कान्तिपुर दैनिकका सम्वाददाता विक्रम गिरीलाई माओवादीले दार्चुला जिल्लाको छाङग्रु व्यासबाट अपहरण गरी जेठ २८ मा रिहा गरेका थिए । जुम्लाबाट प्रकाशित हुने कर्ण्ााली सन्देश साप्ताहिकका सम्वाददाता कुलबहादुर मल्ल जुन २००३ मा बेपत्ता भएका र अझै सम्म पनि अज्ञात स्थिति रहेको छ । -माओवादीसंग सम्बद्ध रहेको अनुमान) ङ. आक्रमण/ भौतिक क्षति धादिङः यस जिल्लाका पत्रकारहरूले सरकार र ब्रि्रोही माओवादी दुबै पक्षबाट समस्या भोग्नु परेको छ । यस क्रममा पत्रकार राजेन्द्रप्रताप शाहको घर माओवादीले जलाएका छन् भने केशव अधिकारीलाई माओवादीद्वारा ज्यान मार्ने धम्की दिइएको छ । त्यस्तै माओवादी सरकार भिडन्तको समाचार छायांकन गरेको आरोपमा नेपाल वान टेलिभिजनका पत्रकार फणिन्द्र सिलवाललाई ज्यान मार्ने धम्की सुरक्षा निकायबाट दिइएको थियो । बारामा २०६२ जेठ २६ गते प्रहरीले दमन गरी १० जनालाई घाइते बनायो । प्रेस र पत्रकारलाई कुण्ठित गर्न सरकारले तयार पारेको सञ्चार अध्यादेशको विरोध पर््रदर्शनमा अघिल्लो दिन काठमाण्डौका ५३ पत्रकार गिरफ्तार भएपछि त्यसविरुद्ध जुलुशमा उत्रिएका सञ्चारकर्मीहरूमाथि प्रहरी हस्तक्षेप भएको थियो । माओवादीले २०६२ माघ १८ गते राति गरेको पाल्पा आक्रमणका क्रममा पश्मिाञ्चल एफएमको कार्यालयमा सेना प्रवेश गरी युद्धक्षेत्रको रुपमा प्रयोग गरेको, तोडफोडका कारण संचार उपकरणहरूको ठूलो क्षति भएको र त्यसबाट लामो समयसम्म प्रसारण अबरुद्ध रहनुले एफएमका संचालक, कार्यरत संचारकर्मी एवं कर्मचारीहरूले ठूलो समस्या व्यहोर्नु परेको । सात राजनैतिक दलको आन्दोलनको समाचार संकलन गर्न जाँदा पर्वतका पत्रकारहरू दर्ुगा शर्मा र लालप्रसाद शर्मालाई प्रहरीबाट कुटपिट गर्नुका साथै क्यामरा खोसियो । माघ १९ मा स्थानीय प्रशासनद्वारा दैलेखका पत्रकार हरिहरसिंह राठौर, अमर सुनारको कर्डलेस फोन जफत गरिनुका साथै समाचार सम्प्रेषणका लागि प्रयोग गरिंदै आएको र्सार्वजनिक टेलिफोन बुथ समेत बन्द गराइयो । कन्चनपुरको महेन्द्र नगरबाट प्रकाशित अभियान दैनिकका सम्पादक खेमभण्डारीलाई ८ माघ २०६२ को साँझ पत्रिकाको कार्यालयबाट आफ्नो घर तर्फजाँदै गर्दा सेनाद्वारा कुटपिट,आँखामा गम्भीर चोट,सुरक्षाकर्मीमाथि हातपात गर्न खोजेको आरोप लगाउदै झुा मुद्दा लगाउने षडयन्त्र गरिएको । कैलालीको धनगढी बजारमा २०६२ माघ १ गते हाम्रो सेती साप्ताहिकका सम्पादक वीरेन्द्र रावल माथि जिविस मनोनित उपसभापति मदन कुँवरको निर्देशनमा प्रकाश कँुवरको नेतृत्वमा आएको एक जत्थाले समाचारको विषयलाई निहु बनाएर सांघातिक आक्रमण गरेको ।
२०६२ माघ १० गते बुटवलमा आन्दोलनको समाचार संकलनको क्रममा पत्रकार महेन्द्र थापा र बेलप्रसाद गौतममाथि प्रहरीद्वारा कुटपटि गरी घाइते बनाइएको । त्यस्तैगरी २०६२ चैत्र २ गते बुटवलको तिनाउ एफएममा कार्यरत पत्रकार दीपेन्द्र कँुवर र दीपेन्द्र बडुवाललगायतमाथि अकस्मात एक जत्था आई कार्यालय अगाडि नै सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको । बाजुरा जिल्लामा २०६२ कार्तिक ११ गते मार्तर्डी खुलामञ्चमा डेउडा कार्यक्रमको रिर्पोटिङ गरी घर फर्किदै गर्दा जिल्ला प्रशासन कार्यालयअगाडि दृष्िट प्रतिनिधि रामबहादुर रावललाई शाही सेनाले आक्रमण गरी गम्भीर घाइते बनाएको । जाजरकोटमा कार्यरत पत्रकार दृष्टि सम्वाददाता विरबहादुर गिरीलाई २०६२ फागुन २८ गते दिउँसो सेनाले कुटपिट गरी गम्भीर घाइते बनाउनुका साथै एक रात हिरासतमा राखेर छोडेको छ । २०६१ फागुन १४ मा बाूकेको कोहलपुर स्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्रमा माओवादीद्वारा आक्रमण र उपकरणहरूको क्षति । त्यस्तैगरी २०६२ जेठ ६ मा कैलालीको अत्तरियामा संचालित घोडाघोडी एफएम रेडियो स्टेशन माओवादीद्वारा कब्जा, स्टेशनका सम्पर्ूण्ा उपकरण र एउटा मोटर साइकिलसमेत कब्जा गरी लगिएको । चः विस्थापन/स्थानहद इलामका पत्रकार उमेश गुरुङलाई माओवादीले घरमै स्थानहद गरेका थिए । २०६१ माघ २५ सुरक्षा फौजले दैलेखका पत्रकार हरिहरसिंह राठौर -कान्तिपुर) र कमल न्यौपाने – नेपाल समाचारपत्र) लाई सदरमुकाम नछोड्न आदेश । सदरमुकाम भन्दा बाहिर जानु परे सेनाको स्वीकृति लिनुपर्ने आदेश । २०६२ असोज २ मा जिल्ला प्रशासन कार्यालय दैलेखद्वारा कान्तिपुर दैनिकका दैलेखस्थित संवाददाता हरिहरसिंह राठौरलाई दैलेखको सदरमुकामबाट बाहिर जान रोक । २०६२ असोज २ देखि सुरक्षाफौजको धम्कीका कारण जिल्लाबाट विस्थापित हुन पुगेका नेपाल पत्रकार महासंघ दैलेखका सभापति तथा कान्तिपुर समाचारदाता हरिहर सिंह राठौरसहितका १४ जना सञ्चारकर्मीहरू असौज १३ गते नेपाल पत्रकार महासंघ लगायत मानवअधिकावादी संघसस्थाहरूको पहल र आन्दोलनको दवावमा जिल्ला फर्किएकाछन् । प्रशासनले कडा दमन नीति अपनाएपछि कुनैपनि बेला पक्राउ पर्न सकिने त्रासले अछामका पत्रकार विनोद थापा र सुरज कुँवर मंगलसेनबाट विस्थापित भएका र थापा २ महिनापछि फिर्ता भएपनि कुँवर अहिलेसम्म पनि विस्थापित नै छन् । अछामस्थित अभियान दैनिकका संवाददाता शिव ढुंगानाले सेनाको ज्वाला दल गणमा २ महिनासम्म तारेख बोक्न बाध्य भएका थिए । साउन १२ मा दैलेखको दुल्लुका बालबालिकालाई सेनाद्वारा प्रयोग शषिर्कको समाचार प्रकाशित भएपछि कान्तिपुरका सम्बाददाता हरिहरसिंह राठौरलाई सेनाद्वारा तारेक पर्ूर्जी र साउन १३ गते हाजिर हुन आदेश दिइएको थियो । छ. अवकाश/ निष्कासन नजरबन्द मुक्त भएर पेशामा फर्किएका चितवनका पत्रकार वसन्त पराजर्ुर्ली सरकारी मुखपत्र गोरखापत्र दैनिकबाट चैत मसान्तदेखि वर्खास्त भएका छन् । यसैगरी मकवानपुर जिल्लाको ग्रामीण क्षेत्रबाट प्रसारण हुने सामुदायिक रोडियो पालुङ शाही घोषणा पश्चात अहिलेसम्म पनि व्यवस्थित रुपमा चल्न सकेको छैन । एफएमहरूमा समाचार प्रसारण वन्द भएपछि जिल्लाभित्र र वाहिरका विभिन्न एफएममा समाचार सम्प्रेषण गरिरहेका पत्रकारहरू अहिलेसम्मपनि रोजीरोटीको समस्यामा छन् । शाही घोषणासँगै संचार माध्यममाथि गरिएको सरकारी हस्तक्षेपका कारण कतिपय कार्यालयमै रही तलबमा काम गर्ने संचारकर्मी तथा जिल्लाभित्रै वा वाहिरबाट समाचार पठाएर कामका आधारमा पारिश्रमिक पाउने कैयन पत्रकारहरू रोजगारीबाट च्यूत भए । यद्यपि चितवनको कालिका एफएमले वाहिरी जिल्लाबाट समाचार पठाइरहेका वाहेक आफ्नो स्टेशनमा समाचारमा निर्भर पाँच जना पत्रकार रहेकोमा कसैलाई पनि माघ १९ पछि वर्खास्त नगरिएको जनाएको छ । माघ १९ लगत्तै विदा दिइएकामध्ये केही सञ्चारकर्मीहरूलाई पर्ुनर्वहाली गरिएपनि समाचार प्रसारण गर्न सरकारले लगाएको वन्देज नहटेकोले अन्योल नसकिंदा अझै केही पत्रकारहरूलाई छुट्टीमै राख्नुपरेको सिनर्जी एफएमको दावी रहेको छ । चितवनवासी स्रोताको समेत पहुँचमा रहेको विजय समुदायिक रेडियो गैंडाकोट, नवलपरासीमा कार्यरत सञ्चारकर्मीहरूमध्ये वाहिरबाट समाचार पठाउने २२ जनामध्ये अधिकांस विस्थापित भएका र केही पछि पर्ुनर्वहाली भएका छन् । माघ १९ को शाही कदमपछि समाचार प्रशारणमा रोक लगाइएबाट रेडियो वीरगञ्जमा कार्यरत समाचार निर्देशक, सम्पादक, समाचारवाचक र सम्बाददाताहरू समेत २१ जना एकैसाथ निस्काशित हुन पुगेका र केही हाल पर्ुनर्वहाली भएका छन् । आन्दोलनमा भाग लिएको कारण नेपाल पत्रकार महासंघ बाराका सभापति विनोद प्याकुरेललाई गोरखापत्रको समाचारदाताबाट अवकास दिइएको छ भने नेपाल प्रेस युनियनका सत्यप्रसाद श्रेष्ठलाई स्थानिय रासस प्रतिनिधिबाट हटाइएको छ । राष्ट्रिय समाचार समिति रौतहटका स्थानीय संवाददाता नरहरी आचार्यलाई राससबाट अवकास दिइएको छ । उनलाई अवकास दिनु अघि राजावादी कुनै उच्च व्यक्तिको सिफारिस ल्याउन भनियो र सो सिफारिसको अभावमा अवकाश दिइयो । राजाको कदम र्समर्थन नगरेका कारण पत्रकार महासंघ तनहुूका सभापति प्रदीप काफ्लेलाई रेडियो नेपालको प्रतिनिधिबाट हटाइएको छ । २०६२ असार २ मा नेपाल टेलिभिजनसंग बिगत ७ बर्षेखि सम्बद्ध पत्रकार प्रेम केसी -नेपाल पत्रकार महासंघ बाँके शाखाका सभापति) लाई नेपाल टेलिभिजनद्धारा अवकाश दिइयो । भदौ २८ मा डोटीस्थित रेडियो नेपालका संवाददाता शंकर थापालाई रेडियो नेपालद्वारा निष्काशन गरियो । रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सर्ुर्खेतमा कार्यरत ११ जना सञ्चारकर्मीलाई रेडियो प्रशासनद्वारा सेवाबाट अवकास दिइयो । माओवादीले घोडाघोडी एफ.एम.मा आक्रमण गरी उपकरणहरू समेत लुटपाट गरे पछि एफ.एम.को प्रसारण बन्द हुँदा त्यहाँ कार्यरत १२ -बाह्र) जना सञ्चारकर्मीहरू वेरोजगार हुन बाध्य भएका छन् । ज. प्रकाशन/प्रसारणमा अवरोध-जफत,बन्द,टेलिफोन अवरोध) -भरतपुरबाट प्रकाशन हुने गरेका कान्तिपुर पब्लिकेशनका प्रकाशनहरूको मुद्रण कार्य माघ १९ गते पछि पूरै बन्द भएको छ । २०६१ फागुन १४ मा नेपाल टेलिभिजनको बाँकेको कोहलपुरस्थित क्षेत्रीय प्रसारण केन्द्र माओवादी आक्रमण पश्चात हालसम्म बन्द रहेको छ । २०६२ जेठ ५ मा कैलालीको घोडाघोडी एफएममा माओवादी हस्तक्षेप पश्चात हाल सम्म प्रसारण बन्द रहेको छ । प्रतिकूल परिस्थितिका कारण माघ १९ पछि सुसेली दैनिक सर्ुर्खेत, नेशनल भ्वाइस साप्ताहिक, नेपालगञ्ज, कर्ण्ााली पोष्ट साप्ताहिक, अछामबाट प्रकाशित हुँदै आएको न्यू अछाम सन्देश साप्ताहिक, डोल्पाबाट प्रकाशित हुँदै आएको हिमाली सुस्केरा पाक्षिक, कञ्चनपुरबाट प्रकाशित चुरे दैनिक हालसम्म बन्द रहेका छन् । प्रजिअ विरुद्ध समाचार प्रकाशित गरेपछि प्रजिअले जाजरकोट सन्देशलाई कुनैपनि सरकारी विज्ञापन नदिन सरकारी कार्यालयलाई निर्देशन दिएका छन् । आर्थिक स्रोतको अभावमा जिल्लाबाट प्रकाशित हुँदै आएको एकमात्र समाचारमूलक पत्रिका जाजरकोट सन्देश पनि बन्द हुन पुगेको छ । पुस ७ देखि प्यूठान जिल्लाको एक मात्र समाचारमूलक पत्रिका प्यूठान साप्ताहिक पनि बन्द रहेको छ । पत्रिका प्रकाशन गर्दै आएको र्स्वर्गद्वारी प्रकाशन प्रा.लि. ले शाही घोषणा पश्चात उत्पन्न जटिल परिस्थितिका कारण औपचारिकरुपमा नै पत्रिका बन्द गर्ने निर्ण्र्ाागरेको छ । राजाको माघ १९ को शाही कदमपछि रोल्पा र प्यूठान जिल्लाका ग्रामीण क्षेत्रका टेलिफोन सुरक्षाफौजद्वारा अवरुद्ध । टेलिफोन सेवा अवरुद्ध हुँदा समाचार संकलनमा मात्रै नभई जनताको सूचनाको पहुँचमा समेतमा बाधा । झ. आर्थिक नाकाबन्दीः नेपाल पत्रकार महासंघ कास्की शाखालाई यस अघिको न.पा. बोर्डले भवन निर्माणका लागि उपलब्ध गराएको जग्गा अहिलेको नयाँ बोर्डले नदिने निर्ण्र्ाागरी शाही सत्ताको चरम पराकाष्ठाको रुपमा नयाँ उदाहरण प्रस्तुत गरेको छ । सर्ुर्खेतबाट प्रकाशित हुने दैनिक तथा साप्ताहिक पत्रपत्रिकाले विजयादशमी र दीपावलीको अवसरमा सर्ुर्खेत तथा दैलेखका सरकारी कार्यालयबाट अनुमति लिई प्रकाशित गरेका शुभकामना विज्ञापनको रकम भुक्तानीमा समेत प्रशासनको आदेश बमोजिम रोक भएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी र्सर्ूयप्रसाद भण्डारीले स्थानीय हिमाली सुस्केरा पाक्षिकलाई सरकारी विज्ञापन नदिन सबै कार्यालय प्रमुखलाई निर्देशन । ६. हत्या/कारागार भित्रै मृत्यु झापाका देवकुमार आचार्य -डि.कौैडिन्य) को हत्या -माओवादी गतिविधिमा संलग्न भएको भनी सेनाबाट हत्या गरिएको ) सुन्सरीका पत्रकार खगेन्द्र श्रेष्ठको हत्या – सुराकीको आरोपमा माओवादीबाट हत्या) सरकारद्वारा गिरफ्तार कास्की कारागारमा बन्दी जीवन बिताइरहेका पत्रकार महेश्वर पहारीको असोज २१ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शसस्त्र प्रहरीको पहरा भित्रै निधन भएको छ रेडियो नेपालको सर्ुर्खेतस्थित क्षेत्रीय प्रशारण केन्द्रबाट मगर खाम भाषाका समाचार वाचक धनबहादुर रोकाको माओवादीद्वारा हत्याकोे घोषणा गरिएको छ । माओवादीद्वारा १६ साउन २०५९ मा अपहरण गरिएका रोकाको १६ माघ २०५९ मा हत्या गरेको माओवादीले उनीकी श्रीमती दिलकुमारी रोका मगरलाई चैत्रमा जानकारी दिएका थिए । ३. निष्कर्ष १९ माघमा मुलुकको शासनभार राजा आफैले ग्रहण गरेपछि शुरु भएको नेपाली प्रेसमाथि शाही सत्ताको कठोर प्रहार अभ}mै कायमै छ । भौतिक आक्रमण, कानुनी हतकण्डा, कारवाही र धम्कीलगायतका क्रियाकलापद्वारा प्रेसमाथि नियन्त्रण गर्ने सरकारी प्रयत्न जारी छ । मुलुकमा विद्यमान निरंकुश शासन प्रणालीको ठूलो मार प्रकाशन तथा प्रसारण गृहका लगानीकर्ताहरू एवं विभिन्न उद्योग व्यवसायहरूमा पनि प्रत्यक्ष परेको छ । यतिबेला निजी क्षेत्रका कतिपय सञ्चारमाध्यमहरू बाध्यतावस बन्दहुन पुगेको अवस्था एकातिर छ भने अर्कोतिर कतिपय सञ्चार माध्यमहरूले कार्यरत पत्रकारहरूलाई आर्थिक बोझ थाम्न नसकेको भन्दै अवकास दिई पेशाबाट हात धुनुपर्ने स्थितिसमेत सिर्जना गरेका छन् । रोजगारीमा रहेका कतिपय पत्रकारहरूले प्रकाशन तथा प्रसारण गृहहरूबाट लामो समयदेखि पारिश्रमिक नपाएका कारण पीडा भोग्नु परेको छ । समग्रमा शाही कदम पश्चात प्रेस स्वतन्त्रताको हनन् र प्रजातान्त्रिक अधिकारको अपहरण गरिएको छ । मुलुकमा नागरिक शासन नभएर राजाको हुकुमी निरंकुश शासन चलेको छ । सञ्चारजगतमाथि भौतिक हस्तक्षेप र संविधानविपरितका विभिन्न अध्यादेशहरू ल्याउदै दमन गर्ने सुनियोजित षड्यन्त्र जारी छ । अनेकौं तरिकाबाट स्वतन्त्र प्रेसका पक्षधर सञ्चारकर्मीहरूमाथि मनोवैज्ञानिक त्रासको स्थिति सिर्जना, आर्थिक नाकाबन्दी, जीवन तथा लगानीको असुरक्षा, रोजगारीबाट विमुख हुने स्थिति सिर्जना गरिनु आदि निरंकुश शाही सत्ताका उपहार भएका छन् । यसका बाबजुद पनि नेपाली प्रेस यतिबेला सरकारद्वारा सिर्जना गरिएका अनेकौ वाधा अड्चनसँग जुध्दै आफ्नो अस्तित्व बचाउने र नेपाली नागरिकलार्इर्र्सुसूचित गर्ने दिशामा संयमित र साहसिक हुँदै अगाडि बढिरहेको छ । जबसम्म मुलुकमा प्रजातान्त्रिक स्थिर राजनीतिक प्रणाली कायम हुन सक्दैन तबसम्म उल्लेखित समस्याहरूको समाधान हुने सम्भावना पनि रहँदैन । यस्तै निरंकुश शासन प्रणाली र हिंसाजन्य द्वन्द्वको स्थिति मुलुकमा अझै पनि कायम रहने हो भने मुलुक त टाट पल्टिन्छ पल्टिन्छ यो संगै नेपाली उद्यमीहरू पनि धरासायी हुने कुरामा कुने संदेह छैन । त्यसैले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको आन्दोलन स्वतन्त्र र स्वाभिमानी नेपालीको साझा आन्दोलन हो । आन्दोलनको सफलतासंग नेपालीको भविष्य जोडिएको छ । यो संकटबाट मुक्ति पाउँन पत्रकारबीचको बृहत एकता र सक्रिय सहभागिताका साथै राजनैतिक दलहरूको लोकतान्त्रिक आन्दोलनको ताप, नागरिक समाज र अन्तर्रर्ााटूय संघ संस्थाहरूको सहयोग तथा साझेदारी आवश्यक छ । प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित र्सार्वभौम जनताको विधिसम्मत शासन प्रणालीमा मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित हुनेहुँदा प्रेस स्वतन्त्रताको आन्दोलन र राजनीतिक स्वतन्त्रताको आन्दोलन यतिबेला एक सिक्काको दुइ पाटाको रुपमा रहेकाछन् । अतः पर्ूण्ा प्रेसस्वतन्त्रताका लागि लोकतन्त्रको बहाली अहिलेको नेपाली पत्रकारहरूको व्यवसायिक गन्तव्य भएको छ । पत्रकारितासंग सम्बन्धित विश्वका अभिव्यक्ति स्वतन्त्रताका लागि क्रियाशील अन्तर्रर्ााटूय ख्याति प्राप्त संघ संस्थाका प्रतिनिधिहरूको मिसनले गत जुलाइमा नेपालका विभिन्न जिल्लाहरूको भ्रमण गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था बारे जानकारी हाँसिल गर्नुका साथै संचारकर्मीहरूले सञ्चालन गरेको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेकाकारण नेपाली सञ्चारकर्मीहरूको उत्साह थपिएको र पुनः उक्त मिसन २००६, १९ मार्च देखि २६ सम्म नेपाल भ्रमणमा आएकोले नेपाली संचारकर्मीहरूलाई ठूलो हौसला मिलेको छ ।
अध्यक्ष, प्रेस चौतारी नेपाल तथा प्रधान सम्पादक दैनिक जनसंर्घष बुटवल

एफएमले देउडाको जग हाल्दैछ

एफएमले देउडाको जग हाल्दैछ
नरेन्द्र रौले
भेरीको उर्लंदो भेल छाल हान्ने बबैलाई
देउडा भाका बासा फेर स्वागत छ सबैलाई ।
मार्तडी बजारबाट केही मिनेट हिँडेर अलि माथि डाँडामा पुगेपछि रेडियोमा यो
गीत गुन्जियो । त्यस दिन देउडा भाकाका यस्ता गीतहरू बजिरहेका थिए ।
प्रस्तोताको लवज पनि स्थानीय थियो । लाग्यो, यो पक्कै रेडियो नेपाल होइन,
यतैको कुनै एफएम हुनुपर्छ । नभन्दै एफएमको एन्टेना देखियो । यो त रेडियो
बाजुरा पो रहेछ । गाउँले पारामा मिसिएर देउडा गीत घन्किरहेको थियो ः
सम्झीसम्झी जीउ झुरन्छ
सुदूरपश्चिम स्वर्ग सरी
घर आईझा परदेशी कठै
नटुटौ पिरेमको डोरीरईझाऊ जनमभरी …। डाँडा-पाखालाई सङ्गीतको रसमा
चुर्लुम्म पारेर बज्ने यस्ता गीतहरू कान थापेर सुनिरहेका भेटिन्थे
स्थानीयहरू । जता गए पनि, जहाँ गए पनि प्रायःका हातहातमा सानो रेडियो
भेटिन्थ्यो । छ वर्षअघि भारतको अल्मोडामा रहँदा भारी बोक्नु, गाईभैँसी
चराउनु, खेतबारीमा काम गर्नु दिनचर्या बनेको थियो- आँटीचौर-४, बाजुराका
शेरबहादुर खड्का, २८, को । कामको खोजी गर्न र द्वन्द्वको प्रभावले ज्यान
जोगाउन उनी भारत पसेका थिए । विदेशी भूमिमा दिनरात नभनी पसिना बगाउने
तिनै शेरबहादुर अहिले एफएममा कार्यक्रम चलाउँछन् । गत वर्षको चैत
महिनादेखि रेडियो बाजुरामा उनले काम पाएका हुन् । हरेक दिन देउडा गीतहरू
समेटिएको ‘हाम्रो भाका’ कार्यक्रम बिहान-बेलुका आधा घन्टा प्रसारण हुने
गर्छ । यहाँका रनवन, मेलापात, पानी, पँधेरो र धारामा बज्ने गीतहरूलाई
आफ्नो कार्यक्रममा ठाउँ दिन्छन् । त्यसैले अरूभन्दा लोकपि्रय छ उनको
कार्यक्रम । “नसोचेको ठाउँमा पुगेँ । रेडियो स्टेसन देखेकै थिइनँ ।
कार्यक्रम चलाउन पाउँदा एकदम खुसी लागिरहेको छ,” उत्साहित मुद्रामा उनले
भने । अचेल त उनलाई नचिन्ने कोही पनि छैनन्, सबैको प्यारो बनेका छन् ।
कार्यक्रमका लागि सातामा सयौँ पत्रहरू आउँछन् । अब सञ्चार क्षेत्रमै
लाग्ने उनको सोच छ । परदेशबाट घर फर्किंदाको क्षण सम्भझदै खड्काले भने,
“विदेशीको गुलामी गर्नुभन्दा आफ्नै देशमा भारी बोक्नु उचित लाग्यो
।”रेडियो बाजुरामा समाचार पढ्ने एक्ली महिला हुन्, रमा खड्का, १८ ।
मालिका उमाविमा दस जोड दुईमा अध्ययनरत रमा विगत पाँच महिनादेखि
समाचारमूलक ‘हालखबर’, ‘महिला आवाज’, ‘तपाईंको पत्र हाम्रो गीत’जस्ता
कार्यक्रम चलाउँछिन् । एफएममा बोल्दाको अनुभूति सुनाउँदै भन्छिन्,
“सुरुसुरुमा डर लाग्थ्यो । सक्तिनँ कि जस्तो लाग्थ्यो तर अहिले सामान्य
लाग्छ ।” उनका नाममा हरेक साता अछाम, बझाङ र बाजुराका विभिन्न ठाउँबाट
प्रशंसा र सुझाव लेखिएका ६०/७० वटा पत्र आउँछन् । रेडियो बाजुरामा
उद्घघोषण र प्राविधिक दुइटै काम सम्हाल्नेहरू पनि छन् । आँटीचौरका कृष्ण
वली समाचार पढ्नुका साथै गीतिकथा कार्यक्रम पनि सञ्चालन गर्छन् । त्यस्तै
मार्तडी, माझगाउँका वसन्त विक, २१, ले एकातिर ‘फोन इन’ र ‘सिर्जनात्मक
गीत तरङ्ग’ कार्यक्रम चलाउँछन् भने अर्कोतिर प्राविधिकको काम पनि गर्छन्
। आर्थिक समस्याले पढ्न सहर जान नसकेका विक नजिकै सदरमुकामको बाजुरा
क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छन् । त्यस ठाउँमा महिला र
बालबालिकाका हकहितका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था ‘पिसवीन’ले
एफएम ल्याउन पहल गरेको हो । यसमा पिसवीनको एकल स्वामित्व छ । एफएम
सञ्चालनमा ल्याउन जम्मा १५ लाख ५८ हजार रुपियाँ खर्च लागेको बताउँछन्,
संस्थाका अध्यक्ष लालबहादुर वली । राजधानीबाहिरबाट इक्वेल एक्सेसले
उत्पादन गरेका ‘देश-परदेश’ र ‘खेल्दै सिक्दै’बाहेक अन्य कार्यक्रमहरू यतै
उत्पादन हुन्छन् । सञ्चारमा पहुँच नभएका बाजुरेलीहरूले आफ्ना आवाजहरू
अचेल यही एफएममार्फत व्यक्त गर्छन् ।
देउडाका लागि चर्चित छ यो ठाउँ । प्रायःजसोले यस्तै गीतहरू लेखेर बढी
मात्रामा पठाउँछन् । तर, श्रोताले लेख्ने विषयवस्तुहरू भने फेरिएका छन् ।
मायापिरतीका गीतहरूबाट फड्केर बहुविवाह, अनमेल विवाह, वन विनाश, अनिकाल,
बाढीपहिरो, राजनीतिक चेतनाजस्ता विषयमा गीतहरू बढी लेख्ने गरेको पाइन्छ ।
विभिन्न पार्टीका सभासद्हरू, अग्रणी महिला, बाल प्रतिभा, सामाजिक
कार्यकर्ताहरूलाई हरेक साता स्टुडियोमा निम्त्याएर अन्तरक्रिया गरिन्छ ।
कात्तिकको पहिलो साता स्थानीय राजनीतिकर्मी रुक्मिणी शाहले एफएममा बोल्ने
अवसर पाइन् । “क्या भन्याँ, भन्याँ । पहिलोचुटी एफएम आयाँ,” संविधानसभामा
जिल्लाबाट महिलाको प्रतिनिधित्व गर्ने कोही नहुँदा दुःखेसो पोख्दै
बाजुरेली भाषामा उनले भनिन्, “नेताहरूले हामीलाई फुर्काए, फुल्याए तर
नीतिनिर्माण तहसम्म कसैले पुर्‍याएनन् । यहाँको विकास निर्माण र महिलाका
हकहितका पक्षमा कसले बोलिदिने ?”एफएममा कार्यक्रम चलाउन स्थानीय बाल
क्लबले ठूलो सहयोग गरेको पाइयो । यतातिर अभिरुचि राख्ने स्थानीयहरू
क्लबमा रहँदा वक्तृत्वकला, वादविवाद, नाचगान, कविता लेखन, सडकनाटक
प्रदर्शनजस्ता अतिरत्तिm क्रियाकलापमा संलग्न भइरहन्थे । तीन वर्षअघि
सिर्जनशील बालसमूहमा रहँदा यस्तै क्रियाकलापमा संलग्न थिइन्, मार्तडी-५,
बाजुराकी उन्नति रावल, १९ । जो अहिले ‘फोन इन’ र ‘बाल कार्यक्रम’
चलाउँछिन् । स्कुलमा छँदा कविता लेखन, वक्तृत्वकला, वादविवाद
प्रतियोगितामा भाग लिनु, नाच्नु, गाउनु उनको ठूलो सोख थियो । जिल्ला
बालअधिकार मञ्चमा दुई वर्ष कोषाध्यक्ष भएर काम गरेकी उन्नति अहिले शान्ति
र विकासका लागि युवा सञ्जालकी उपाध्यक्ष छिन् । उनी आफ्नो कार्यक्रममा
बालबालिकाको अधिकार, हकहित र समस्याका मुद्दाहरू उठाउँछिन् ।जता जाऊँ,
जहाँ जाऊँ सबैसँग एउटा रेडियो हुन्छ अचेल । घाँस काट्दा, वस्तु चराउँदा,
भारी बोक्दा हरेकको काँधमा रेडियो झुन्डिएको हुन्छ । बिहानीको झुल्के
घाममा खेतमा काम गर्दै गरेका भेटिए, ताँप्राका मदन नेपाली । नजिकै सानो
रेडियोमा ‘बाडुली’ कार्यक्रम बजिरहेको थियो । उनलाई रामारोशन एफएम सुन्न
मन पर्दोरहेछ । यस एफएमबाट देउडा भाकामा आधारति कार्यक्रमहरू बढी बज्ने र
समाचार पनि स्थानीय भाषामा सुन्न पाइने भएकाले सबैको मनोरञ्जन गराउने
माध्यम हुन पुगेको रहेछ यो एफएम । मानिसलाई नयाँ जानकारी, सूचना,
मनोरञ्जनका लागि पनि रेडियो सुन्नुपर्दोरहेछ भन्ने चेत खुल्न थालेको छ ।
“मनोरञ्जनका साधनसँगै दुःखसुख बिसाउने ठाउँ बनेको छ एफएम,” जुगाडा-८,
बाजुराका केशव खड्का गीतमा लेख्छन् ः
कैका घर आगो बाल्नु कैका घर ताप्नु
सुवाले छोडेर जाँदा कोइ भएन आप्नु
जीउला धान बयाली खेल्दा असौजका मैना
नत लाई बाडुल्या खुट्को न त धेकाई सैना । आफ्नी मायालुले छोडेर जाँदा
एक्लो भएको पीर पोखे उनले । सपनामा आफ्नै मायालु देख्न नपाउँदा र बाडुली
नलाग्दा नियास्रो मानिरहेका छन् उनी । मायापिरतीसँगै राजनीतिका गीत पनि
आइरहन्छन् । ब्रह्मतोला कुँडीका पदम उखेडा लेख्छन् ः
गणतन्त्र लागू भयो शोषण दमन तोड्न
अन्याय र अत्याचारको केही सुधार गर्न
दलित पीडित जनतालाई शोषकले खायो
२०६५ सालमा गणतन्त्र आयो । श्रोताले पठाएका देउडा गीतले रेडियो बाजुरामा
बोराहरू भरिएका छन् । यी चिट्ठीलाई पुस्तकाकार दिने सोचमा छन्, स्टेसन
म्यानेजर तुलाराम जैसी । एफएमका कारण आफ्नै उद्गमस्थलबाट विलीन हुन
लागेको देउडाको संरक्षणमा सहायक हुन्थ्यो कि ? भन्ने आशा पलाएको छ उनका
मनमा ।

अछाम ?

यज्ञ कुमार विक

विकट पहाडी जिल्लाको भोगोलिक अवस्था संगसगै यहाँका मानिसहरुको सानै उमेरमा बम्बई जाने र पैशा कमाउने लामो सम्बन्धले जरा गाडेको छ । यहाँको अधिकाशं मानिसहरुमा बम्बैई नगएको छेारै होईन भन्ने भनाई पनि रहेको छ । त्यसै अनुरुप बम्बई जाने पैशा कमाउने भएका कारण सानो उमेरमा विवाह बन्धनमा बाधिन्छन र परिवार पाल्नको लागी पैशा कमाउन भारत जान बाध्य हुन्छन । अछाम जिल्लाको २५९९६४। कुल जनसंख्याको ३५ ५ प्रर्तिशत जनसंख्या प्रर्तिवर्ष बम्बई जान्छन । त्यसमा ६५ ५ प्रर्तिशत दलित समुदाय जसमा भुल सार्की दमाई सुनार ताम्राकारहरु बढि मात्रामा बम्बई जाने कमाईकाज बढि हुन्छ भन्ने विस्वास राख्छन । बम्बईमा बस्दा घर चलाउने पैशा मात्र नभई संक्रमणीय विभिन्न रोगहरु पनि आई आफू लगाएत आपनो परिवारको जिवन बर्दाद भई भविश्यका कलीला बालबालिहरु पनि त्यसको शिकार भई विस्तापित अवस्थामा बाचिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र हस्ती एड्को तथ्यांक अनुसार अछाम जिल्लामा ८९४८ जना व्यक्तिहरुको विभिन्न स्थानहरुमा रगत परिक्षण गर्दा एच आई भि÷एड्स पोजेटिभ भएका व्यक्तिहरुको संख्या ६३९ जना रहेका छन् जसमा ४५१ महिला र १८८ जना पुरुष पोजेटिभ रहेका छन् । र यसको बृद्धि दर प्रर्ति बर्षे ०।२५का दरले बढिरहेको छ र यसको निकारणको लागी ति बेरोगारी दलित एवं पछाडिएका वर्गहरुलाई जब सम्म राज्य एवं गैरराज्यबाट स्वारोजगारमुलक व्यावसाय उद्योगहरुमा प्रयोग एवं परिचालन गर्न सकिदैन तब सम्म एकछाक खान र एक सरो लगाउनको लागी आपनो देशलाई छोडेर भारत वा अन्य पश्मिली मुलुकहरुमा रोजगारको लागी भौतारिनुका साथै विभिन्न संक्रमित रोगहरुसंग आमना सामना भईरहने परिश्थिती सिर्जना हुने र त्यसबाट विडित व्यक्तिहरुले रामो औषधी उपचार भपाई मृत्यूको सामाना गरिरहनेछन् । र तिनका सन्ततीहरु दिनदिनै समाजबाट गरिबी तिरस्कार बाट विस्तापित बन्दै गईरहेका छन् र नेपालमा एच। आई भि। एड्सको बढदो प्रभावलाई कमगर्न र संक्रमित तथा प्रभावितहरुको अधिकारको सम्मान गर्न यु एन उड्स विश्व स्वास्थ्य संगठन युरोपियन युनियन नर्वे नर्मनी स्वीजरल्याण्ड संयुक्त राज्य अमेरीका जस्ता थुपै दातृ राष्ट र राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैर सरकारी संघ संस्थाहरुले नेपाल सरकारलाई सहयोग गर्ने काम गरिरहेका छन् । तर पनि पूर्ण रुपमा प्रभावित व्यक्तिहरुलाई समेट नसकिरहेका अवस्था ज्वालन्त रुपमा उद्धाहरण बनेको छ अछाम जिल्ला जाल्पादेवी गाविस वाड नं। ९ लोली दलित समुदायका ३ जना दलित बालबालिकहरुको अवस्थालाई मध्यनजर गर्दा ।

समान्य जिवन निवार्ह गर्न जाल्पादेवी गाविस वाड नं। ९ लोली दलित टोलमा बस्ने ३५ वर्षिय कपुरे दमाई बेरोजगारीका कारण पारिवारिक सुधार गर्न बम्बई उनको जिवन निवार्ह गर्ने थलो बनिरहेको थियो । विवशतावश धन आर्जन मात्र नभई साथिहरुको लहलहैमा महामारी प्राणघातक एच आई भि। एड्स ल्याई आफू लगाएत परिवारलाई समेत संक्रमित बनाई ३५ वर्षको कलिलो उमेरमा उनको अकालमै मृत्यू भयो । उक्त महामारी रोगले उनीकी ३० वर्षिय श्रीमती रम्बा दमाई गरिबीको कारण सामान्य उपचार खर्च नपाई श्रीमान मरेको ३ वर्ष पछि उनको पनि मृत्यू भयो । त्यसपछि उनका ३ सन्तान ११ वर्षिय गिता दमाई ८ वर्षिय शिव दमाई र ६ वर्षिय रोजन दमाई बाल्य अस्थामा आमाबुवा र समाजबाट सदाका लागी विस्तापित बनेका छन् ।

समाजमा अन्धविस्वासका कारण जब व्यक्ति पिडित संक्रमित वन्छ त्यसपछि उसलाई सेवा सहयोग र केहि आवश्यक सल्लाह दिने कोहि हुदैनन बरु उसको कमजोरी असाहयलाई देखेर फाईदा उठाउछन् । त्यस्तै ति अबोध बालबालिका माथि पनि आफूले गदै नगरेको छापद्धारा पिडित बनेर गरिबीलाई सम्बोधन गदै समाजका बुजुवा व्यक्तिहरु संग दिन प्रर्तिदिन मौनभएर बस्नु परयो गाउले हरुको घर नजिक माग्नको लागी जान्थे तर सहयोगको त कुरै छाडो नजिक आउदा पनि रोग सर्छ भन्ने मनसायले घरको आगनमा समेत आउन दिदैथ्यो गरिब कमाउने कोहिपनि नभएका कारण खाना कहाँबाट आउँछ कति खेर खान्थे या खादैन्थे त्यो पनि कसैले सोध्दैनथ्यो र हामी ३ जना भाई बहिनीहरुले एक अर्को हेरर खाली पेट भएपनि दिन अनि रातहरु विताईरहेका रहदयौ रुदै भन्छिन गिता दमाई र उनले स्थानिय भाषामा हामीलाई एच। आई। भि। एड्स भनेको के हो थाहा छैन तर हामी पढन लेख्न चाहन्छौ र एउटा सभ्य मानिस भएर म लगाएत मेरा भाईबहिनीहरु मिलेर बाच्न चाहन्छौ ।

समयको गति संगसगै केहि स्थानिय संघ/संस्थाबाट जनजागरण तथा सशक्तिकरणमुलक कायक्रम संचालन भए र ति कार्यक्रमबाट स्थानिय अन्धविस्वासबाट ग्रसित मानिसहरुमा विभिन्न विषयहरु जस्तै एचआईभि/एड्स छाउपडी प्रथा दलित महिला र जनजातीका हक अधिकार बारेमा सामान्य साक्षरता एवं जनचेतना पश्यात २०६५/६६ को जाल्पादेवी गाउँ विकास समितीबाट ति टुहुरा बालबालिकाहरुको गास बासको लागी १५०००। रुपैया छुट्टाउन लगाईएको छ भने अहिले गाउँका मानिसहरुले टुहुरा बालबालिका भनेर केहि चामल कपडाहरु सहयोग गरिरहेका छन् साथै उनीहरुलाई शैक्षित बनाउको लागी निशुल्क बिद्यलयमा भर्ना गरि अहिले गिता ४ कक्षा र शिब २ र रोजन बालविकास केन्द्रमा परिरहेका छन् । तरपनि उनीहरुलाई अझ पनि संरक्षण एवं व्यवस्थापन गर्ने कुनैपनि प्रभावकारी निकायहरुले नभेटिएको हुदाँ दोधारमा बाचिरहेका छन् ।

यो समस्या अछाम जिल्लाको एउटा जाल्पादेवी गाविसको मात्र नभई कम्तीमा १५ देखि २० वटा गाविसहरुका एचआईभि एड्स पिडित बाललिका र महिलाले भोगीरहेको समस्या हो । नचाहे रै भएपनि रोगको शिकार बन्नु पर्छ त्यसपछि मानसिक आर्थिक र अन्धविस्वासी समाजबाट बच्नको लागी रोगलाई लुकाई थोरै समयमा अकालमा मृत्यू शिकार हुनुपरिरहेको छ । तरपनि समाज वा देशलाई संक्रमित रहीत मुक्त क्षेत्र बनाउने देशव्यापी नाराहरु विभिन्न सरकारी तथा दार्त निकायहरुले राखेपनि त्यसको प्रभावकारी उपयोगीता भने न्यून रहेको छ जसमा चरम गरिबीले सतायका दलित अबोध टुहुरा बालबालिकाहरुको उद्धारविना सेलाएर जान्छ कसको न सरकारकै बजेटले समेटेर लैजान सक्छ न दार्त निकायको बजेदले नै अहिले पनि जिल्लाका धेरै बालिबालिहरु कलिलो बाल्यकाल र बालअधिकारलाई संरक्षण गर्न नपाउदै मृत्यूको शिकार थाप्न बाध्य छन्

रंगीन रारा

रंगीन रारा
छिनछिनमा रंग बदल्ने रारा जति मोहक छ, जैविक विविधताले भरिपूर्ण यो क्षेत्रको यात्रा पनि उत्तिकै रोमाञ्चक हुन्छ।
शैली बस्नेत
रारा ताल
संसारमा सबैभन्दा नीलो पानी कहाँ छ भनेर कसैले सोध्यो भने रारा पुगेको जोसुकैले उत्तर दिन्छ- रारा तालमा। रारा नेपालको सबैभन्दा ठूलो तालमात्र होइन, सबैभन्दा बढी कविता लेखिएको ताल पनि हो। भनिन्छ, यहाँ पुगेपछि ढुङ्गाको मन भएकालाई पनि कविता फुर्छ। राराको पानी सधैँ नीलो हुँदैन, पानीले घरीघरी रंग फेरिरहन्छ। आजसम्म कसैलाई पनि थाहा छैन, ताल भित्र बसेर पानीमा थरीथरीका रंग घोल्ने काम कसले गरिरहेको छ? अर्को अचम्म त के छ भने, तालको पृष्ठभूमि पनि सधैँ एउटै देखिँदैन, बदलिइरहन्छ, सिनेमाको फ्रेम बदलिए जस्तो।

दश हजार फिटको उचाइमा दश वर्गकिलोमिटरमा फैलिएको यो ताल हेर्दा पानीको निकास देखिँदैन। तालको पश्चिमी सतहको तुलनामा पूर्वी किनारा होचो छ, तर पश्चिमतिरकै अग्लो किनाराबाट पानी बाहिर निस्किन्छ। पहिलो पटक रारा दहमा पुग्दा कुनै दैवी लोकमा आए झै लागेको थियो पर्यटन व्यवसायी कर्ण शाक्यलाई। रारा पुगेपछि सास पनि रोकेर प्रकृतिमै हराइरहौं जस्तो हुन्छ, सास फेर्दा पनि हल्ला भएजस्तो लाग्छ शाक्यले राराको वर्णन गर्छन्। विषय विविध पुस्तकमा उल्लेख भएअनुसार, डा. हर्क गुरुङलाई घुर्चीलेकबाट रारा हेर्दा बिहानीपख अनन्त आकाश ‘र्लने, एउटा ठूलो ऐना जस्तो लागेको थियो।

मुगुको ताल्चा विमानस्थल।
ताल वरिपरि फन्को लगाउनका लागि गोरेटो पनि छ। स्नो ट्राउट माछा देखिने राराको कञ्चन पानीमा हाँस, जलेवा, कर्‍याङकुरुङ जस्ता चराहरू जलक्रीडामा मग्न हुन्छन्। यात्राको थकाइ मेट्न र बिहानदेखि बेलुकीसम्म राराले फेर्ने विभिन्न रुपको रस लिन एक दिन रारा ताल छेउ विताउनै पर्ने हुन्छ। तालबाहेक निकुञ्ज क्षेत्र पनि घुम्नका लागि राम्रो गन्तव्य हो। यहाँ गुराँस, ब्ल्याक जुनिपर, हिमालयन स्प्रुस, ‘क, हिमालयन साइप्रस जस्ता फूलमात्र होइन, कस्तुरी मृग, हिउँ चितुवा, थार, वन भेडा जस्ता दुर्लभ जनावर र स्नो कक, कोग्मु डाँफे, च्याँर, लरुवा, प्युरा जस्ता पन्छीको पनि दर्शन पाइन्छ।

कसरी पुग्ने?
रारा ताल पुग्ने सबैभन्दा सजिलो बाटो मुगुको ताल्चा विमानस्थल हो। नेपालगञ्जबाट जहाजमा ताल्चा ‘र्लिन सकिन्छ। यहाँबाट जम्मा तीन घण्टाको हिँडाइमा रारा पुगिन्छ। तर, राराका साथमा प्रकृतिका अरू छटा र जीवनलाई पनि नजिकबाट नियाल्ने हो भने जुम्लाबाट रारातर्फ पैदल यात्रा गर्नु बेस हुन्छ। नेपालगञ्जबाट जुम्लाको बाटो जाने हो भने लगभग पाचौं दिनमा रारा पुग्न सकिन्छ।

जुम्लाबाट हिँड्नेहरूका लागि डाँफे लाङ्गनामा पहिलो बास उपयुक्त हुन्छ। घुमर्ती हुँदै सिस्नामुलको बाटो लागेेपछि पहिलो दिन नै जङ्गलको रमाइलो लिन सकिन्छ। दोस्रो दिनको गन्तव्य चौथा हो। थारमारा, सिंजा खोलाको किनार हुदै न्याउरेका आलु र गहुँको खेत हेर्दै कभ्रा पुगिन्छ। कभ्रामा एउटा ठूलो ढुङ्गाबाट ढुङ्गाको पसिना भनिने औषधीय गुण भएको शिलाजित निक्लेको समेत देख्न सकिन्छ। गहुँको खेतको बीचमा रहेको तिब्बती गाउँ भरा हुँदै चौथा पुगिन्छ।

प्रवेशः नेपालगञ्ज
यातायातः हवाईजहाज
बासः होटेल, क्याम्प
अवधिः ५ देखि १२ दिन
आकर्षणः जैविक विविधता
उचित समय: वैशाखदेखि असोज
खर्चः लगभग रु.१२,०००
उचाइः २,९८० मि.
तेस्रो दिनको यात्रा धोतु पुगेर टुङ्गिन्छ। यहाँबाट भुलभुले पुगेपछि रारा निकुञ्ज शुरु हुन्छ, तीन घण्टाको हिँडाइ। ताल वरपरको क्षेत्रमा सुरक्षा क्याम्पमात्र छैन, पन्ध्रजनासम्म बस्न मिल्ने होटल पनि छ। होटल पाइएन भने पनि चिन्ता नलिनुस्, पाल टाँगेर रात बिताउनका लागि यो निकै उत्तम ठाउँ मानिन्छ।

एक दिनको विश्रामपछि राराबाट जुम्ला आएकै बाटो फर्कन पनि सकिन्छ तर राष्ट्रिय निकुञ्जको आनन्द लिँदै फर्कने हो भने तालको पश्चिमतर्फबाट खट्यार खोला भएर मजगठ्ठा हुँदै गोरोसिंहा, मल्ल वंशको राजधानी सिंजा र अन्त्यमा जल्जला चौरमा एक-एक रात बिताउँदै जुम्ला पुग्न सकिन्छ। यो यात्रामा कम्तीमा पाँच जनाको समूह भएमा रमाइलो र सुरक्षित हुने पर्यटन व्यवसायी शिवराम बस्नेत बताउँछन्। स्वास्थ्य सेवा, पर्याप्त खाद्यान्न, बास बस्ने ठाउँ, उद्धार सेवा र यातायातको कमीका कारण यो क्षेत्रको भ्रमण अलि महँगो छ। आवतजावत गर्ने खर्चबाहेक प्रति दिन लगभग हजारदेखि पन्ध्र सय रुपैयाँ जति खर्च हुने हुनाले यसै अनुसार तयारी गर्नु आवश्यक हुन्छ।

राराबाट हिँड्दै सिमिकोट निक्लिएर नेपालगञ्ज पुग्न पनि सकिन्छ। रारा पुग्न र फर्कन सुर्खेतस्थित विमानस्थल पनि प्रयोग गर्न सकिन्छ।

२. सा-कर्णाली

गन्तव्य
२. सा-कर्णाली
एउटा रारा, जहाँको पानीमा माछाको चलखेल नाङ्गो आँखाले देखिन्छ। अर्को से-फोक्सुन्डो, जहाँ कुनै जीवको अस्तित्व सम्भव छैन। तर, दुवै एउटै कर्णालीमा!

कुन्द दीक्षित
हुम्लाको सदरमुकाम सिमीकोट
देशको सबैभन्दा ठूलो अञ्चल कर्णाली, सबैभन्दा ठूलो जिल्ला डोल्पा, सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा गहिरो ताल फोक्सुन्डो, सबैभन्दा विकट जिल्ला कालीकोट, सबैभन्दा कम औसत आयु भएको जिल्ला हुम्ला, सबैभन्दा लामो नदी कर्णाली! कर्णालीमा यस्ता धेरै चिज छन्, जसका अघिल्तिर सबैभन्दा झुण्ड्याउन सकिन्छ। एकातिर रारा, अर्कोतिर से-फोक्सुन्डो, बीचमा कर्णाली। एउटा रारा, जहाँको पानीमा माछाको चलखेल नाङ्गो आँखाले देखिन्छ। अर्को से-फोक्सुन्डो, जहाँ कुनै जीवको अस्तित्व सम्भव छैन। तर, दुवै एउटै कर्णालीमा!
दैलेखको राकम कर्णाली काटेर अहिले मोटर कालीकोट, जुम्ला पुगिसकेको छ। हिजोसम्म कर्णाली पुग्ने जम्मा दुई वटा बाटा थिए, कि पैदल, कि चील गाडी। चल्न त अढाई सय किलोमिटर लामो कर्णाली राजमार्गमा बस र जीप पनि चल्छन्, तर यो राजमार्गमा राज्य चाहिँ ट्याक्टरको चल्छ। ६ पाङ्ग्रे नै सही, कर्णालीमा अहिले गाडी चल्छ। तपाईं सडक, जहाज वा पैदल, बाटो रोजेर कर्णाली पुग्न सक्नुहुन्छ।

कर्णालीमा जुम्लाको स्याउ छ, दार्चुलाको यार्सागुम्बा, विकट पहाडी जीवन छ। नागबेली पारेर सजाइएको नीलो डोरीजस्तो कर्णाली छ। साँच्चिकै नेपाल चिन्ने हो भने एकपटक कर्णाली पुग्नै पर्छ। यो नेपाली भाषा र सभ्यताको उद्गमस्थल। काठमाडौंकै घनत्वमा वस्ती बसाउने हो भने एउटै डोल्पा जिल्लामा पूरै नेपाली अटाउन सक्छन्। तर, शहर अझ्ै कर्णाली छिर्न भ्याएको छैन।

प्राकृतिक सम्पदा र ग्रामीण जीवनको सुवासले कर्णाली मगमग छ। तर, निकै थोरै मानिसमात्र कर्णाली पुग्छन्। यसैले कर्णाली चिनाउन फ्रान्सबाट एरिक भ्याली आउनुपर्छ। कर्णालीका सयौं हिमचुली, नदीनाला, ताल र जङ्गलमा हिम चितुवादेखि डाँफेको वास छ। लालीगुराँसले त कर्णालीसँग मीत लगाएको छ, हरेक डाँडामा फुलिरहेको देखिन्छ। स्याउलेदेखि चिसापानीसम्म कर्णाली नदीमा विश्वस्तरको र्‍याफ्िटङको स्वाद लिन सकिन्छ।

दुर्गम र विकटको संज्ञा पाएको कर्णाली पुग्ने सबैभन्दा सजिलो बाटो चाहिँ आकाशे बाटो हो। नेपालगञ्जदेखि जुम्ला, डोल्पाको जुफाल, हुम्लाको सिमीकोट र मुगुको ताल्चामा जहाज ‘र्लिन्छन्। कर्णालीमा दुई वटा राष्ट्रिय निकुञ्ज छन्- रारा र से-फोक्सुन्डो (यसलाई से-फोक्सुम्डोे पनि भन्ने गरिएको छ)। यसका साथै जुम्लादेखि दुनै, कागमारा क्षेत्र, बेनीदेखि डोल्पोको पैदल यात्रा पनि तपाईंका लागि अविस्मरणीय बन्नसक्छ। हुम्लाबाट शुरु हुने कैलाश पर्वतको यात्राको पनि आफ्नै धार्मिक एवं पर्यटकीय महत्व छ।

धौलागिरि हिमालपारिको कर्णाली अञ्चलले मनोरम दृश्यको वरदान त पाएकै छ साथै धौलागिरिको छायाँमा हुनाले यहाँ कम वर्षा हुन्छ। यसैकारण यहाँ वर्षामा पनि जुका र हिलोको वास्ता नगरी घुम्न सकिन्छ। अर्किड, एडलवाइज, गुलाब र अरू जङ्गली फूलको संसारमा हराउँदै पदयात्राको मजा लिन सकिन्छ। बसन्तदेखि शरद ऋतुसम्म यो क्षेत्र भ्रमण निम्ति उत्तम मानिन्छ। कर्णाली क्षेत्रमा लोकप्रिय एउटा देउडा छ-
तँ घुम्या मेरो मन घुम्छ,
न घुम्या कर्णाली!
जाने होइन त, कर्णाली घुम्न?

——————————————————————————–

रहस्यमयी सुन्दरता

नेपाली टाइम्स
फोक्सुन्डो ताल

मुगुको प्रमुख गन्तव्यस्थल रारा हो भने, डोल्पाको से-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जहाँ छन् फोक्सुन्डो ताल र से गुम्बा। उपल्लो डोल्पोमा पर्ने से गुम्बा विश्वका प्रमुख बाह्र बौद्ध गुम्बामध्येको एक मानिन्छ। यस्तै, तल्लो डोल्पोमा रहेको फोक्सुन्डो ताल नेपालको सबैभन्दा गहिरो ताल हुनुका साथै यो जीवविहीन तालका रूपमा पनि प्रसिद्ध छ।

१९६ प्रजातिका चरा, ३२ प्रजातिका स्तनधारी जन्तु र ४०७ प्रजातिका जडिबुटीले सम्पन्न ३५५५ वर्ग किलोमिटरमा फैलिएको से-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज नेपालकै सबैभन्दा ठूलो निकुञ्ज हो।

कसरी पुग्ने?
यी दुवै ठाउँ पुग्ने मुख्य चल्तीको नाका जुफाल विमानस्थल हो। यहाँबाट तीन घण्टाको हिँडाइमा डोल्पाको सदरमुकाम दुनै पुगिन्छ, जहाँबाट वास्तविक पदयात्राको आनन्दसहितको से-फोक्सुन्डो यात्रा शुरु हुन्छ।

शुलीगाड दोभानबाट पूर्वतिरको बाटो समाएपछि पहिलो दिनको बास बस्ने ठाउँ छेक्पा पुगिन्छ। यहाँबाट रिङ्मो हुँदै २०० मिटर लामो चित्ताकर्षक फोक्सुन्डो झ्रना पुगिन्छ। यो झ्रनाबाट फोक्सुन्डो ताल क्षेत्र शुरु हुन्छ। पश्चिमतिर काञ्जेरल्वा र दक्षिण पूर्वतर्फ सोनाम काङ्ग हिमाल रहेको फोक्सुन्डो उत्तरको फोक्सुन्डो खोला र पूर्वको सगरखोलाको सङ्गमले बनेको छ। ४.८ किलोमिटर लाम्चो, १.८ किलोमिटर चौडा यो ताल ६५० मिटर गहिरो छ। जीवविहीन यो ताललाई हरियो र नीलो रङको अनुपम मिश्रणले मुगाको रङ्गमा रङ्गाएको छ। आकाशमा सूर्यको स्थानसँगै रङ्ग फेर्ने फोक्सुन्डोको कञ्चन पानीलाई नाङ्गा हिमालहरूले पहरा दिएका छन्। एउटा प्रचलित किम्वदन्तीअनुसार यो तालभित्र प्राचीन गाउँको अवशेष अझै देखिन्छ।

खप्तड क्षेत्र

रामेश्वर बोहरा
पर्यटकीय गन्तव्य सम्बन्धी सामग्री तयार गर्न आयोजित परामर्श बैठकमा उपस्थित पर्यटन व्यवसायी, फोटोग्राफर, नेपाली भूगोलका जानकार सबैको एउटै धारणा थियो, “नेपालमा पाइलैपिच्छे घुम्ने ठाउँ छन्।”

उसो भए १५ गन्तव्य मात्र किन? तर यो शीर्षक चयन गरेर नेपालका घुमघाम गर्ने ठाउँहरूलाई सीमित पार्न खोजिएको होइन। बरु, नेपालका चर्चित केही गन्तव्यहरूका अतिरिक्त पनि घुमघाम गर्न सकिने कैयन् ठाउँहरू छन् भन्ने दर्शाउन खोजिएको हो। घुमघामका दृष्टिले नेपाल साँच्चै विशाल छ। हिमाल, पहाड, तराई नेपाल जहाँ पनि सुन्दर, मनमोहक र दर्शनीय छ। खप्तड क्षेत्र।

संसारभरका मानिस भन्छन्, प्राकृतिक सौन्दर्य अवलोकनका निम्ति नेपाल उल्लेखनीय गन्तव्य हो। तर गन्तव्य छनौटका सम्बन्धमा नेपाली र विदेशीहरूको रुचिमा केही न केही अन्तर देखिँदै आएको छ। हिमाल ले भने गन्तव्यहरूको छनौट मूलतः आन्तरिक पर्यटनका सम्भावनालाई ध्यानमा राखेर गरेको छ।

नेपालका कतिपय पर्यटकीय स्थलहरू कठिन छन् भने कैयन् गन्तव्यमा गाडी चढेर सहजै पुग्न सकिन्छ। संस्कृति, इतिहास र प्राकृतिक सौन्दर्यको सङ्गम बनेका कठिन र सुगम दुवै प्रकारका गन्तव्यलाई हिमाल ले समेट्न खोजेको छ।
१५ गन्तव्य छनौटका क्रममा महत्वपूर्ण परामर्श दिएकोमा डा. तीर्थबहादुर श्रेष्ठ, दीपेन्द्रपुरुष ढकाल, योगी कायस्थ, जगदीश तिवारी, कृष्ण अर्याल, बसन्त थापा, सुनिल शर्मा, विक्रम पाण्डे र रविजङ्ग पाण्डेप्रति हिमाल खबरपत्रिका आभारी छ।

१. खप्तड क्षेत्र

भू-स्वर्ग

हिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ।

रामेश्वर बोहरा

रामेश्वर बोहरा
हिउँले ढपक्कै ढाकिएका खप्तडका डाँडाकाँडा र जङ्गल।

टाढा-टाढासम्म फैलिएका घाँसे मैदानका पाटन। कसैले मिलाएर काटेको जस्तो तह मिलेको हरियो दुबो। त्यसमाथि वरिपरि रङ्गीविरङ्गी फूल, मानौं आउनेको स्वागतमा कुनै छिर्केमिर्के कार्पेट ‘च्छ्याइएको होस्! एकै छिनमा चर्को घाम, एकैछिनमा धमिलो बादल र सिमसिम पानी। अझ्ै कात्तिकदेखि फागुनको समय पर्‍यो भने त जतासुकै हिँउ, स्निग्ध पहाड। सेतै डाँडा, सेतै जङ्गल, फूल पनि सेतै, मैदान पनि सेतै।

हिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ। सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ। किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन्।

समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक। खप्तड राष्ट्रिय निकुञ्जले वरिपरिबाट घेरा हालेको खप्तड क्षेत्रले बाजुरा, डोटी, बझाङ र अछाम गरी चार जिल्लालाई छुन्छ। नेपालका सबै डाँडामा कुनै न कुनै देवताको थान भेटिन्छ, खप्तडमा पनि नहुने कुरै भएन! जम्मु कश्मीरबाट ५३ वर्षअघि शिवनाथ डोग्रेको नाम लिएर खप्तड आएका फकिर खप्तड बाबाको नामले प्रसिद्ध मात्र भएनन्, खप्तडलाई पनि प्रसिद्ध बनाए। यहाँ वरपरका त्रिवेणीघाट, सहस्रलिङ्ग, बाबाकुटी, फिन्टेढुङ्गोलगायतका स्थानलाई धार्मिक महत्वका मानिन्छ। सामाजिक हिसाबले खप्तड क्षेत्रलाई नेपाली सभ्यताको विकास भएको स्थानका रूपमा पनि लिइन्छ।

पुग्ने कसरी?

खप्तड पुग्ने धेरै बाटो भएपनि डोटीको सिलगढीबाट जाने बाटो धेरै चल्तीमा रहेको छ। ५/७ दिनको सिलगढी- खप्तड यात्रामा सामान्यतया रु.५,००० खर्च लाग्छ। सिलगढी पुग्नका लागि पूर्व-पश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घण्टाको बस यात्रा गर्नुपर्छ। अत्तरियाबाट सिलगढीको एकतर्फी बस भाडा ५५० पर्छ भने, नेपालगञ्जबाट १,००० पर्छ। अथवा नेपालगञ्जबाट हवाईजहाजबाट डोटी उत्रिन पनि सकिन्छ। तपाई हेलिकोप्टरको व्यवस्था गर्न सक्नुहुन्छ भने सोझै खप्तड अवतरण गर्न पनि सकिन्छ। सिलगढी- साँफेबगर सडकखण्डको शान्तिनगरबाट खप्तड क्षेत्र जोड्ने सडक निर्माण शुरु भएकाले केही वर्षमा खप्तडको बाहिरी क्षेत्रसम्म गाडी पुग्ने आशा गरिएको छ।

प्रवेशः सिलगढी (डोटी)
यातायातः गाडी/पैदल/हवाईजहाज
बासः निकुञ्ज गेष्ट हाउस, होटल, क्याम्प
अवधिः ५―७ दिन
आकर्षणः प्राकृतिक सौन्दर्य, हिउँको वर्षा
उपयुक्त मौसमः जेठ-साउन र असोज-मङ्सिर
खर्चः रु.६०००-रु.८००० (हवाईभाडा बाहेक)
उचाइः ३५०० मिटर
सिलगढीबाट शुरु हुन्छ, पैदल यात्रा। पहिलो दिन बगलेकमा दिउँसोको खाना, झिग्रानामा बास। दोस्रो दिन विसपानीमा खाना खाएर हिँडियो भने खप्तड राष्ट्रिय निकुञ्जको गेष्टहाउसमा बास बस्न पुग्न सकिन्छ। तेस्रो दिनबाट शुरु हुन्छ खप्तड घुमाइ। खप्तड बाबाको कुटी, घोडादौड पाटन, नागढुङ्गा क्षेत्र, बल्दजोडी (भ्युटावर), सहस्रलिङ्ग, गणेश पाटन, त्रिवेणी, भीमघट्ट, भीमलौरी, सीतापाइला, छिन्तेढुङ्गो खप्तडका घुम्ने ठाउँ हुन्। यी ठाउँ तीन दिनमा घुम्न सकिन्छ। तर, हरेक दिन वास बस्न निकुञ्जकै गेष्टहाउस फर्कनुपर्छ। यदि तपाई अझ्ै बढी घुम्न चाहनुहुन्छ भने त्रिवेणी खोलाको तीरैतीर हिँडेर भेलछड्डो (सुन्दर छहरा) पुगेर बास बस्न र त्यहाँबाट साइलहुँदै बसमा दिपायल फर्कन सकिन्छ।

पर्याप्त समय छ भने, खप्तडबाट दुई दिनको हिँडाइमा बझाङको सुरमा सरोवर, सुन्दर ताल, अछामको रामारोशन, बाजुराको बडीमालिका वा डोटीको बडीकेदार पनि पुग्न सकिन्छ। खप्तडको घुमघाम सकेर अछामको साँफेबगर निस्किएर पनि फर्किन सकिन्छ। खप्तडलाई नै लक्षित गरी काठमाडौं-दिपायल-साँफेबगर हवाई उडान शुरु गर्ने योजना रहेको खप्तड क्षेत्र पर्यटन विकास समितिका निर्देशक यमबहादुर बमले बताए।

गन्तव्यस्थलका रूपमा खप्तड चर्चित भए पनि यो निकै अप्ठ्यारो गन्तव्य मानिन्छ। ०४३ देखि ०६४ सम्ममा खप्तड पुग्ने विदेशी पर्यटकको सङ्ख्या २५२ थियो। यसैबाट खप्तड मेहनती र जाँगरिलाको गन्तव्य हो भन्ने थाहा हुन्छ। खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ। साथै, चाउचाउलगायतका ड्राइफुड पनि बोक्नु राम्रो। हिउँको जङ्गलको सफरमा निक्लिँदा बाक्ला लुगा, पञ्जा चाहिन्छ भनेर त सम्झाउन नपर्ला!

प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।